अझै पाइएन टिकट
१९ असोज २०७३
•
४ मिनेट पाठ
अझै पाइएन टिकट
काठमाडौं-दसैंमा उपत्यका बाहिर जाने यात्रुले बसको टिकट अग्रिम बुकिङ गर्न पाएका छैनन्। असोज ७ गते खुलेको टिकट दुई दिनमै सकिएको अग्रिम बुकिङ यातायात व्यवसायीले सोमबार फेरि खोले पनि यात्रुले टिकट पाएका छैनन्।




अग्रिम टिकट लिन दिनहुँ बुकिङ काउन्टर धाए पनि टिकट छैन मात्र भन्ने गरेको यात्रुले गुनासो गरिरहेका छन्। अधिकांशको गुनासो २०, २१ र २२ गतेको टिकट नपाएको छ।

‘२२ गतेको टिकट खोजेको तर पाइएन,’ राजधानीको गोंगबुस्थित नयाँ बसपार्कमा भेटिएका गुल्मीका निरुपराज अधिकारीले भने, ‘सोमबार टिकट जति पनि पाइन्छ भने पनि हालत उस्तै छ ।’ अधिकारी जस्तै गुनासो गर्ने बसपार्कमा धेरै भेटिए ।

काउन्टर कर्मचारीका अनुसार सबैले १९ देखि २२ गतेका टिकट खोज्नाले टिकटको समस्या भएको छ । काउन्टरका बद्रि चौंलागाइँका अनुसार १९ देखि २२ गतेका लागि सबैभन्दा बढी बुकिङ भएको छ ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले टिकट नपाउने समस्या नरहेको दाबी गरेको छ । ‘एकदुई जनाले आफूले भनेको मितिको र सिट नपाएको हुनसक्ला तर टिकटै नपाउने भन्ने छैन,’ महासंघका महासचिव सरोज सिटौलाले भने, ‘कसैले आफूले रोजेको सिट नपाएको वा मितिमा नपाएकाले टिकट नपाएको गुनासो आएको हुन सक्छ ।’ उनले कुनै पनि यात्रुले टिकट नपाउने समस्या नरहेको दाबी गरे ।

पुरानो बसपार्कस्थित अरनिको यातायात सेवा समितिको काउन्टरमा भेटिएका यात्रुले भने आफूले भनेकै मिति वा सिटको टिकट नपाए पनि अघिपछिको टिकट पाएको बताए । समितिका सदस्य नवराज महतका अनुसार यात्रुको चाप हेरेर बस थप्दै जाने हुँदा यात्रुले भनेकै दिन नपाएको हुन सक्ने स्विकारे । अरनिको समितिले भदौ २७ गते नै अग्रिम टिकट बुकिङ खोलेको र बन्द नगरेको बताउँदै यात्रुले समयमै टिकट बुकिङ गरिदिए गाडीको पालो मिलाउन सहज हुने महतको भनाइ छ । महतका अनुसार २०, २१ र २२ गते समितिका बसमा सबैभन्दा धेरै बुकिङ भएका छन् । २३ गतेका लागि २२ गते मात्र टिकट वितरण गरिने समितीले जनायो ।

यातायात व्यवस्था विभागले भने टिकट नपाएका यात्रुलाई टिकट दिलाउन अनुगमन समिति बुकिङ काउन्टरमा पठाएको बतायो । ‘व्यवसायीले आवश्यक टिकट उपलब्ध गराउँछौ भने पनि टिकट नपाएको गुनासो आएको छ,’ विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले भने, ‘अनुगमन टोलीले टिकट नपाएको फेला पारे व्यवसायीलाई भनेर उपलब्ध गराउने छ।’ उनका अनुसार व्यवसायीले उपलब्ध गराउन नमाने वा नसक्ने भने सरकारले नै वैकल्पिक व्यवस्था मिलाएर यात्रुलाई गन्तव्यमा पुर्‍याउने छ।
अर्को समाचार
दसैंका लागि ८० प्रतिशत हवाई टिकट बुकिङ
१० असोज २०७६
•
६ मिनेट पाठ
दसैंका लागि ८० प्रतिशत हवाई टिकट बुकिङ
काठमाडौं – दसैंमा लामो दुरीको बसको टिकट बुकिङ गर्न नपाएपछि यात्रुमा निराशा छाएको छ। काठमाडौंमा अध्ययनरत डोटीका दिल जोरा दसैंमा घर फर्कन बसको टिकट नपाएपछि बिहीबार गंगबुस्थित बसपार्कबाट खालिहात फर्किए। ‘हिजोसम्म परीक्षाका कारण टिकट लिन आउन भ्याइएन,’ जोराले नागरिकसँग भने ‘अत्तरियासम्मको टिकट पनि पाइएन।’




बसको क्याबिन पनि प्याक भइसकेको जानकारी पाउँदा आफूलाई पत्याउन गाह्रो लागेको भन्दै उनले थपे, ‘अब २५ घन्टासम्म मुुडामा यात्रा गर्नुको विकल्प छैन।

उनी त प्रतिनिधि मात्र हुन्। अधिकांश ठाउँको टिकट बुकिङ भइसकेकाले दसैंमा गाउँ फर्कने यात्रु विकल्प सोच्न बाध्य छन्। बसको विकल्पमा हवाई टिकट लिन खोजे पनि अधिकांश हवाई कम्पनीले दसैंसम्मको टिकट बुक भइसकेको जनाएका छन्। हवाई कम्पनीका अनुसार बिहीबारसम्म अधिकांश गन्तव्यको ८० प्रतिशत टिकट बुकिङ भएर पनि फर्केने टिकटमा पनि चाप देखिन थालिसकेको छ। भद्रपुर, विराटनगर, राजविराज, भैरहवा र नेपालगन्जमा उडान भरिरहेको श्री एयरलाइन्सले ८० प्रतिशतभन्दा बढी टिकट बुकिङ भइसकेको जनाएको छ। ‘श्री एयरले ८० वर्षमाथिका यात्रुलाई पाँच सय रुपैयाँमा र ७५ वर्ष माथिका यात्रुलाई ५० प्रतिशत छुटमा उडानको सुविधा दिएको केही दिनमा नै अत्यधिक चापसहित टिकट बुक भयो,’ कम्पनीका एक अधिकारीले भने। असोज १७ देखि २१ गतेसम्मको उडानमा बढी चाप रहेको जनाउँदै उनले अब फर्कने टिकटमा पनि चाप देखिन थालेको जानकारी गराए। ‘अब महँगो फेयरको टिकट मात्र बुकिङ बाँकी छ। एक–दुई दिनभित्र त्यो पनि सकिन्छ,’ उनले भने, ‘यस्तै चाप रहे कम्पनीले थप उडानको व्यवस्था गर्न सक्छ तर अहिले नै भन्न मिल्दैन।’

यती एयरलाइन्सले पनि ९५ प्रतिशत टिकट बुकिङ भइसकेको जनाएको छ। यतीका प्रवक्ता भिमराज राईका अनुसार दसैंपछिको पनि ५० प्रतिशत टिकट बुकिङ भइसकेको छ। ‘हामीले प्रत्येक यात्रुलाई गन्तव्यसम्मको टिकटमा १० प्रतिशत छुट दिँदै आएका छौं,’ उनले भने, ‘यात्रुको अध्यधिक चाप देखिएको छ। भनेकै दिनमा टिकट पाउन सक्ने अवस्था छैन। हाल यतीले काठमाडौंबाट भद्रपुर, तुम्लिङटार, विराटनगर, भरतपुर, पोखरा र नेपालगन्जमा उडान भर्छ। यसले नेपालगन्जबाट बाजुरा, जुम्ला, सिमिकोट, रारा र डोल्पामा पनि सेवा दिन्छ। पोखराबाट जोमसोम उडानमा पनि यती छ। यी सबै उडानमा यात्रुको उत्तिकै चाप रहेको राईले बताए।

सिम्रिक एयरले पोखरा र भरतपुरको उडान गरिरहेको र ८० प्रतिशतभन्दा बढी टिकट बुक भइसकेको जनाएको छ। कम्पनीका प्रवक्ता प्रज्वल थापाका अनुसार कम्पनीका ७० प्रतिशत रिटर्न टिकट पनि बुक भइसकेका छन्। ‘यसपटक दसै र पर्यटकीय सिजन सँगै परेकाले दोहोरो टिकटमा अत्यधिक चाप देखिएको छ,’ उनले भने।

बुद्ध एयरले पनि बुकिङ ७५ प्रतिशत भइसकेकोे जनाएको छ। अहिलेलाई टिकट पाइरहे पनि अबको एक–दुई दिनमा सबै बुकिङ भइसक्ने उसको अनुमान छ।

कम्पनीका मार्केटिङ म्यानेजर रुपेश जोशीले अहिले नै थप उडानबारे निर्णय नभए पनि फूलपातीसम्म यात्रुको चाप हेरेर निर्णय हुने जानकारी गराए। हाल बुद्धले तुम्लिङटार, सिमरा, भरतपुर, नेपालगन्ज, भद्रपुर, धनगढी र सुर्खेतमा उडान गररहेको छ। बुद्धको पनि रिटर्न टिकटमा यात्रुको चाप बढ्दै गएको छ।

सौर्य एयरलाइन्सले पनि ७० प्रतिशत टिकट बुकिङ भइसकेको जनाएको छ। कम्पनीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणले दिएको निर्देशनअनुरुप १० प्रतिशत छुट दिइरहेको र रिटर्न टिकट प्रशस्त बुकिङ हुन बाँकी रहेको जनाएको छ। हाल कम्पनीले भैरहवा, विराटनगर र भद्रपुरमा उडान गरिरहेको छ। विराटनगर उडानमा यात्रुको सबैभन्दा बढी चाप रहेको सौर्यको भनाइ छ।

नेपाल वायुसेवा निगमको पनि अरुकै हाराहारीमा टिकट बुकिङ भइसकेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस