रौतहटको मौलापुर नगरपालिकाले गर्दै आएको मधानी महोत्सवमा चर्चित भारतीय कलाकारहरूले ठुम्का लगाएका छन्।
मौलापुर नगरपालिका ५ पतौरास्थित पुरातात्त्विक महादेव मन्दिरमा महाशिवरात्रिको अवसरमा आयोजित मधानी महोत्सव २०७९ मा भारतीय भोजपुरी सिनेमाका चर्चित कलाकारहरू पवन सिंह तथा काजल राघवानी लगायतले गीत तथा नृत्य प्रस्तुत गरेका हुन्।
नेपाल र भारतका लाखौँ दर्शकलाई नचाउँदै लोकप्रिय गायक तथा कलाकार पवन सिंहले मौलापुर महादेवको नाम आफूले धेरै सुनेको र आएर शिवको आँगनमा कला प्रस्तुत गर्न पाउँदा निकै खुसी लागेको बताए।
२०७६ देखि मौलापुर नगरपालिकाले महाशिवरात्रिको अवसरमा मधानी महोत्सवको आयोजना गर्दै आएको छ। पहिलो मधानी महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् भने यस वर्षको महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रवार गरेका हुन्।
मधानी महोत्सवमा भारतबाट पनि लाखौँ दर्शक आउने गरेका छन्। नेपालको पनि विभिन्न जिल्लाबाट लाखौँ दर्शक मधानी महोत्सवमा सिनेमाका चर्चित कलाकारहरूको प्रस्तुति हेर्न पुग्ने गरेका छन्।
कलाकारहरू पवन सिंह र काजल राघवानीले दर्शकहरूको मागको आधारमा आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेका थिए।
नेपालको मुख्य गरी रौतहट र केही मात्रामा बारा तथा सर्लाही जिल्लामा शिवको लोक अनुष्ठान मधानी यज्ञ गर्ने चलन रहेको छ। कुनै पण्डित पुरोहितको आवश्यकता नपर्ने मधानी कामरनाथुहरुले गर्ने गराउने गर्दछन्। नेपालसँग सीमा जोडिएको भारतको केही क्षेत्रमा मात्र मानिने मधानी यज्ञका शिव र पार्वतीको बिहेसँग सम्बन्धित विभिन्न कृत्यहरू गरिन्छन्।
थारु, मधेसी र पहाडी समुदाय सबैले मनाउने मधानी यज्ञलाई रौतहटको मौलिक संस्कृतिको रूपमा लिइएको छ। मुख्य रूपमा थारु र बाजी समुदायको साझा संस्कृतिको रूपमा नेपालको बज्जिकांचलको मौलिक संस्कृति मधानीको अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउने काम मौलापुर नगरपालिकाले गरिरहेको छ।
चौथो मधानी महोत्सवबाट पर्यटनको विकासमा सजिलो हुने नगर प्रमुख रिनाकुमारी साहले बताएकी छिन्।