जंगली हात्तीको आक्रमणबाट घाइते भएकी मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेकी वृद्धाको मृत्यु भएको छ।
मसिनेकी ६४ बर्षीया राधा अधिकारीको उपचारको क्रममा चितवनस्थित मेडिकल कलेजमा मृत्यु भएको हो। हात्तीको आक्रमणबाट उनको मेरुदण्डसहित शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको थियो।
सोमबार बिहान करेसाबारीमा काम गरिरहेको अवस्थामा उनलाई जंगली हात्तीले आक्रमण गरेको थियो। हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा थप समस्या भएपछि उनलाई चितवन रिफर गरिएको थियो।
जंगली हात्तीको आक्रमणबाट वृद्धा घाइते भएसँगै आक्रोशित स्थानीयले पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत मनहरी गाउँपालिका ३ लामिटारमा रहेको लामिटार चेकपोष्ट कार्यालयमा तोडफोड तथा आग्जनी गरेका थिए।
हात्तीले वृद्धालाई आक्रमण गरेसँगै आक्रोशित स्थानीयले निकुञ्जका कर्मचारी र नेपाली सेना बस्दै आएको कार्यालय तथा उनीहरुले प्रयोग गर्न मोटरसाइकल तथा गाडी तोडफोड गरेका हुन्।
गाडीसहित कार्यालय र गोलघरमा क्षति पुगेको छ। हात्ती लखेट्न वेवास्ता गरेको भन्दै स्थानीय आक्रोशित बनेका थिए। निकुञ्जले मानिसलाई भन्दा जनावरलाई बढी महत्व दिएको भन्दै आक्रोशित स्थानीयले नाराबाजी गर्दै निकुञ्जबाट हाँडीखोलालाई हटाउन समेत माग गरेका छन्।
मकवानपुरको मनहरी गाउँपालिकाको हाँडीखोला क्षेत्रमा आइतबार साँझबाट जंगली हात्तीले आतंक मच्चाएको थियाे। अघिल्लो बर्षपनि यसै क्षेत्रमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको थियो। पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष सीताराम अर्यालले केही दिन यता हाँडीखोला क्षेत्रमा तीनवटा हात्ती देखा परेको र त्यसले स्थानीयलाई हानी पुर्याइरहेको जानकारी दिए।