धरानको मुख्य बजार क्षेत्र 'वान वे'
०८ फागुन २०७९
•
३ मिनेट पाठ
धरानको मुख्य बजार क्षेत्र 'वान वे'
धरानको मुख्य बजार क्षेत्रमा सोमबारदेखि सवारी आवागमनलाई एकतर्फी (वान वे) गरिएको छ। 




भानुचोकस्थित बसपार्क र बजार क्षेत्रमा सवारी चापको कारण अस्तव्यस्त भएपछि व्यवस्थापन गर्न गठित कार्यदलले दिएको सिफारिसलाई कार्यान्वयन गर्न पहिलो चरणमा 'वान वे' गरिएको हो।

सोमबारदेखि कोसी राजमार्गको भानु चोकदेखि उत्तरतर्फ मात्र सवारीसाधनहरू चल्न दिइएको छ भने उत्तरतर्फ लक्ष्मी चोकदेखि भानु चोकतर्फ आउँदा पृथ्वी चोक, पुरानो बजार, माछा भौडी हुँदै देशीलाइन भएर मात्र आउन पाइने भएको छ।

वान वे लागु गराउन मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, इटहरीस्थित १ नम्बर प्रदेश ट्राफिक प्रहरी प्रमुख श्यामकुमार महतो, वडा नं २ का अध्यक्ष रमेश राई, वडा १ का अध्यक्ष यज्ञमणी आचार्यलगायत पनि खटिएका थिए। 

भानु चोकदेखि लक्ष्मी चोकसम्मको बीचको क्रस हुने सडकहरूमा पनि कुनैमा जाने र कुनैमा आउने गरी मात्र आवागमन गर्न दिइएको छ। तर ती क्रम हुने सडकमा पनि ठुला तथा मझौला गाडीहरू भने क्रस हुन पाउने छैन।

बढ्दो सवारीसाधानहरुको चापले गर्दा धरानको भानु चोकमा रहेको बसपार्क साँघुरिएको छ भने सडक पनि विस्तार हुन नसक्दा बजार क्षेत्र अस्तव्यस्त छ। धरानमा ट्याम्पो र सिटी सफारी अत्यधिक सङ्ख्यामा चलेका छन्। चालकहरूका अनुसार धरानमा चल्ने ट्याम्पोको र सफारीको संख्या ६ हजार भन्दा बढी छन्। सवारीको संख्या बढ्दै गए पनि मुख्य बजार क्षेत्रको सडक विस्तार हुन सकेको छैन भने सडकमै मोटरसाइकल, ट्याम्पो, सफारी पार्किङ गरिदा झन् साँघुरो हुने गरेको छ।  

मुख्य बजार क्षेत्रमा सवारीसाधनको चापले अस्तव्यस्त भएपछि सरोकारवालाहरूलाई समेटेर वडा नं २ को वडा अध्यक्ष रमेश राईको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो। उक्त कार्यदलले वान वे सहित यातायात व्यवस्थापनको लागी सुझावहरू समेटेर प्रतिवेदन बुझाएको थियो। 

सोही प्रतिवेदनमा उल्लेखित सुझावमध्ये पहिलो चरणमा वान वे कार्यान्वयन गर्ने र अन्य सुझावलाई क्रमशः लागु गर्दै जाने निर्णय भएको थियो। 

‘मुख्य गरी बजार क्षेत्रमा भिडभाड नहोस्, दुर्घटना नहोस् भनेर वान वे गरिएको हो। कसैलाई सास्ती दिनको लागी घुमाइराखेको होइन ,’मेयर साम्पाङले भने, ‘भानु चोक र आसपासको बजार क्षेत्रमा सवारीसाधनको अत्यधिक चाप भयो। त्यसैले धनजनको क्षति नहोस् भन्ने उद्देश्य हो। सबैले वान वे पालना गरेर सफल बनाउन आग्रह गर्छु।’
मेयर साम्पाङले भद्रगोल अवस्थालाई सुधार गर्न केही समय लाग्ने र सुरुमा असहज हुने भए पनि बिस्तारै सबै ठिक हुने बताए। सडकमै हुने पार्किङलाई पनि बिस्तारै कम गर्दै लैजाने र दिउँसो सामान लोड अनलोड गर्दा हुने जामलाई पनि मध्यनजर गर्दै क्रमशः व्यवस्थापन गर्दै जाने उनले बताए।

प्रदेश १ ट्राफिक प्रहरी प्रमुख श्यामकुमार महतोका अनुसार भानु चोकमा सबै सवारीसाधन एकत्रित हुँदा अस्तव्यस्त भएकोले सोही क्षेत्रबाट व्यवस्थापन गर्न थालिएको बताए। 

‘भानु चोकलाई बस, सिटी सफारी, ट्याम्पो सबैको केन्द्र बनायौँ। व्यापारको केन्द्र पनि यही छ तर पार्किङ छैन, ’उनले भने, ‘त्यसैले यहीबाट व्यवस्थापन गर्न सुरुमा वान वे गर्ने निष्कर्षमा पुग्यौँ। कार्यदलको प्रतिवेदनलाई एकपछि अर्को कार्यान्वयन गर्दै जानेछौँ।’
अर्को समाचार
धरानको यातायात व्यवस्थापन गर्न कार्यदलले बुझायो प्रतिवेदन, वान वे गर्ने निर्णय
२७ माघ २०७९
•
२ मिनेट पाठ
धरानको यातायात व्यवस्थापन गर्न कार्यदलले बुझायो प्रतिवेदन, वान वे गर्ने निर्णय
धरानको मुख्य बजार क्षेत्र भानु चोक आसपासमा यातायात व्यवस्थापन गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ। 




वडा नं २ का अध्यक्ष रमेश राईको संयोजकत्वमा गठित १८ सदस्यीय कार्यदलले शुक्रबार नगर प्रमुख हर्क साम्पाङलाई प्रतिवेदन बुझाएको छ। प्रतिवेदनप्रति कार्यदलमै सदस्य रहेका केही यातायात व्यवसायीहरूको असन्तुष्टि भएपनि बहुमत सदस्यहरुको सहमति जुटेपछि नगर प्रमुख साम्पाङलाई बुझाइएको हो। पुस २५ गते गठित कार्यदललाई १० दिनको समय दिइए पनि एक महिना पछि प्रतिवेदन बुझाएको हो। कार्यदलले सम्बन्धित व्यवसायी र सरोकारवालाहरुसँग पटक पटक छलफल गरेर नै प्रतिवेदन तयार गरेको वडाअध्यक्ष राईले जानकारी दिए। उनले भने,‘कार्यदलले पटक पटक छलफल गरेकै हो। एक दुई जनाको फरक कुरा रह्यो। तर, यातायातसँगै भानु चोक क्षेत्रको बजार व्यवस्थापन गर्नुपर्छ भन्नेमा सबै एकमत नै छौँ।’

प्रतिवेदन बुझेपछि मेयर साम्पाङसहित कार्यदल तथा सरोकारवालाहरुको बैठकले पहिलो चरणमा वान वे ९एकतर्फी० गर्ने निर्णय गरेको छ भने प्रतिवेदनमा भएका अन्य बिषयहरुलाई क्रमशः कार्यान्वयन गर्दे लैजाने निर्णय गरेको छ। बैठकले तत्काल एकतर्फी गर्न माघ २९ गते सूचना प्रकाशन गर्ने र फागुन ८ गते सोमबारदेखि कार्यान्वयन गर्ने निर्णय गरेको कार्यदलका सदस्य सचिव तथा उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए। उनले भने, ‘प्रतिवेदनमा यातायात व्यवस्थापनको समस्या, समाधानको उपाय र सुझावहरू विस्तृतरुपमा उल्लेख छ। त्यसमध्ये तत्काल पहिलो चरणमा एकतर्फी गर्ने र अन्यलाई क्रमशः कार्यान्वयन गर्दै लैजाने निर्णय भएको छ।’

कार्यदलले भानु चोकदेखि लक्ष्मीचोकसम्मबो मुख्य राजमार्गमा अत्यधिक सवारीको चाप भएकोले वान वे गर्न सुझाव दिएको छ। हालसम्म उक्त सडकमा ठुला तथा मझौला सवारीसाधनहरुलाई मात्र एकतर्फी गरिएको थियो। अब भने सम्पूर्ण सार्वजनिक सवारीसाधानहरुलाई एकतर्फी गर्ने निर्णय भएको हो। लक्ष्मी चोकबाट भान चोक आउने सवारीसाधनहरु पृथ्वी चोक, माछाभौडी हुँदै भानु चोकतर्फ आउनुपर्नेछ। 

यस्तै, घण्टाघर दक्षिणका सिटी सफारीहरुलाई स्थानान्तरण गर्ने र आवश्यक सामग्रीहरू ट्राफिकलाई उपमहानगरपालिकाले उपलब्ध गराउने पनि निर्णय भएको छ। ट्राफिक व्यवस्थापनको लागी १५ लाख बराबरको विभिन्न सामग्रीहरू आवश्यक पर्ने पनि प्रतिवेदनमा उल्लेख छ। मेयर साम्पाङले धरानको मुख्य बजार क्षेत्र र सडक अस्तव्यस्त भएकोले व्यवस्थापन गर्न कार्यदलको सुझावलाई क्रमशः कार्यान्वयन गर्दे लैजाने बताए। 
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस