अञ्जनाको घरमा यसरी भएको थियो सिलिण्डर विस्फोट
०९ फागुन २०७९
•
३ मिनेट पाठ
अञ्जनाको घरमा यसरी भएको थियो सिलिण्डर विस्फोट
घर नजिकैको डिपोट स्कुलबाट शिक्षिका अञ्जना राई (४२) अरु दिनभन्दा सोमबार छिट्टै घर गएकी थिइन्।  




स्कुलका सहकर्मीहरुका अनुसार घरको ग्याँस सिलिण्डर बनाउन मान्छे बोलाएको भन्दै उनी हतारमा घरतिर लागिन्। केही घण्टा पछि नै डिपोटका सहकर्मी शिक्षक, शिक्षिकाहरुले ग्याँस सिलिण्डर विस्फोटमा घाइते भएको दुःखद खबर सुन्नुपर्‍याे। सोमबार राती वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्ष बाहिर भेटिएका एक शिक्षकले भने,‘अरु बेला स्कुल बिदा भएपछि केहीबेर कुराकानी हुन्थ्यो, आज चाहिँ सिलिण्डर बनाउने मान्छे बोलाएको छु भन्दै छिट्टै घर जानुभएको थियो।’

शिक्षिका अञ्जना स्कुल नजिकै धरान १७ आर्दश चोकस्थित एक घरमा डेरा सरेको एक साता पनि भएको थिएन। उनको ग्याँस सिलिण्डर जाम भएजस्तो भएर चुल्हो बलेको थिएन। आइतबार नै डिलरलाई खबर गरेपनि सोमबार मात्र डिलरबाट ग्याँस सिलिण्डर बनाउन मान्छे आएका थिए। डिलरबाट ग्याँस डुलाउदै हिँड्ने गाडीको चालक र अर्का एक कर्मचारीले किचनमा ग्याँस सिलिण्डर मर्मत गर्दै थिए। एक्कासी ठूलो आवाजले पड्कियो।

विष्फोट कति शक्तिशाली भएको थियो भने घरमा आल्मुनियमको झ्यालको शिशा मात्र फुटेन, आल्मुनियमको फ्रेम पनि उछिट्टीयो भने ग्रिलसमेत बांगिएको छ। विष्फोटसँगैको आगोले शिक्षिका अञ्जना, उनको १० बर्षीया छोरी सोनिहाङ, ८ बर्षीय छोरा साङकेन र आमा ६६ बर्षीया राजकुमारी राई घाइते भए। यस्तै, सिलिण्डर मर्मत गरिरहेका कोशी ग्याँस डिलरको गाडी चालक अनिष कार्की र अर्का कर्मचारी वासुदेव खड्का पनि घाइते छन्। घरधनी २७ बर्षीया सविता राई, उनकी बहिनी २२ बर्षीया सोनिका राई पनि घाइते छिन्। उनीहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। सविता र सोनिकाको अवस्था गम्भीर भएकोले थप उपचारको लागी एयर एम्बुलेन्सबाट काठमाण्डौं लैजान चिकित्सकले सुझाव दिएको छ।

यो घटनामा अचम्म के छ भने घरको माथिल्लो तलाको झ्यालको शिशाहरुसमेत क्षति पुग्ने गरि विष्फोट हुँदा सिलिण्डरमा भने कुनै क्षति वा केही पनि भएको छैन। ग्याँस लिक भएको र झ्याल, ढोका थुनिएको कारण भरिएर विष्फोट भएको अनुमान गरिएको छ। एक आफन्तका अनुसार ग्याँस सिलिण्डर बनाउन आएका कर्मचारीले रेगुलेटर खोल्नेबित्तिकै ग्याँस निस्किएको थियो। रेगुलेटरले बन्द गर्न र सिलिण्डर बाहिर लैजान भन्दाभन्दै पनि केही हुँदैन भन्दै डिलरका कर्मचारीले मर्मत गरिरहँदा एक्कासी विष्फोट भएको घाइतेका आफन्तजनको भनाई छ।  

घाइतेहरुलाई भेट्न तथा स्वास्थ्य स्थितिबारे जानकारी लिन सोमबार राती नै प्रदेशसभा सदस्यद्धय रमेश बस्नेत, विजयकुमार राई, उपमेयर अइन्द्रबिक्रम बेघा, वडा १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज), वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण), ईलाका प्रशासन कार्यालय धरानका प्रमुख चुडामणी भट्टराईल लगायत पुगेका थिए। उनीहरुले प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा.सञ्जिव शर्मासमेतलाई भेट गरेर घाइतेको अवस्थाबारे जानकारी लिएका थिए।

सांसद बस्नेतका अनुसार प्रतिष्ठानले त्यहाँ हुने सबै उपचारहरुमा घाइतेहरुलाई निःशुल्क गरिदिने भएको छ भने २ जनाको अवस्था गम्भीर भएकोले एयर एम्बुलेन्सबाट बाहिर उपचारमा लैजान रिफर गरेको छ। ती घाइतेलाई लैजादा आवश्यक पर्ने जनशक्ति, अक्सिजनलगायत पनि प्रतिष्ठानले सहयोग गर्ने वचन दिएको सांसद राईले बताए। उनले सिलिण्डर कति सुरक्षित छ भनेर अनुगमन गर्ने र भान्सामा सुरक्षित रहनेबारे आमजनतालाई पनि सचेतना जगाउन आवश्यक भएको बताए। 

उपमेयर बेघाले घटनाबारे दुःख व्यक्त गर्दै राज्यले मापदण्ड बनाएर ग्याँस सिलिण्डरबारे कडा अनुगमन गर्न आवश्यक भएको बताए। उनले धरानको कार्यपालिका बैठकमा पनि यो बिषय प्रवेश गराउने र ग्याँस डिलरहरुलाई बोलाएर आवश्यक छलफल गर्ने पनि बताए। ईलाका प्रशासन कार्यालय धरानका प्रमुख चुडामणी भट्टराईले सिलिण्डरहरुको अवस्थाबारे विज्ञ टोली बनाएर राष्ट्रियस्तरबाट नै उद्योगहरुमा अनुमगन गर्न आवश्यक भएको बताए। उनले भने,‘कति सिलिण्डरहरु डेटएक्स्पायर भएको हुनसक्छ। त्यो राष्टियस्तरबाट नै विज्ञ टोलीले जाँच गर्नुपर्छ। यो घटनाको बिषयमा माथि पनि रिपोर्टिङ गछौं। यसमा हाम्रो भन्दा पनि राष्ट्रिय क्षमता निर्माण गर्नुपर्छ।

अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
१ घण्टा अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस