पोखराको आकाशमा उडान जोखिमपूर्ण
१० फागुन २०७९
•
४ मिनेट पाठ
पोखराको आकाशमा उडान जोखिमपूर्ण
खास नाम ईश्वर केसी तर सामाजिक सञ्जालमा उनलेे ‘इशु ब्रो’राखेका छन्। उनै केसीले सोमबार दिउँसो खिचेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ। जुन भिडियोको सम्बन्ध पोखरामा चराबाट हुने हवाई जोखिमसँग छ।  




गत पुस १७ गते देखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चराको जोखिम रहेको विमानस्थलले नै बारम्बार बताउँदै आएको छ। यसअघि पनि माघ २ गते विमानस्थलमा अवतरणका क्रममा जहाजसँग चरा ठोक्किएको थियो। चराले हवाई उडानमा जोखिम निम्त्याउन सक्ने गुनासो उठिरहेका बेला सोमबार केसीले विमानस्थलमा अवतरणका क्रममा रहेको बुुद्ध एयरको जहाजसँग चरा ठोक्किएको भिडियो संयोगवस कैद गरेका थिए।  

दिउँसो ३ बजेर २४ मिनेटमा खिचिएको उक्त भिडियोमा जहाजसँग चरा ठोक्किएको देखिन्छ। त्यसपछि चरा फनफनी घुम्दै भूँइमा खसेको पनि भिडियोमा देखिन्छ। जहाजमा ठोक्किएको चरा खसेको ठाउँ गल्फकोर्षको ‘ग्रिन’हो। जहाँ गल्फरले प्रशिक्षण लिइरहेका थिए। जहाजसँग चरा ठोक्किएको ती गल्फरले पनि देखेका थिए। जहाजसँग चरा ठोक्किएको जानकारी उनीहरूले सञ्चारकर्मीलाई समेत गराएका थिए।  

केसीले खिचेको भिडियोमा जहाजसँग चरा ठोक्किएपछि भुइँमा खसेको भन्दै एकअर्कासँग कुराकानी पनि गरेको सुनिन्छ। खसेको चरालाई समाउन गल्फकोर्ष क्षेत्रमा रहेका बालकहरू दौडेको देखिन्छ। उनीहरूले समाएको चरा उडाउने प्रयास पनि गरेका थिए। चरा नउडेपछि एक बालकले हातले झुन्ड्याएर लगेको पनि देखिन्छ।  

विमानस्थलवरिपरि हुने चराका गतिविधिका कारण हवाई उडान जोखिमपूर्ण रहेको गुनासो आइरहेका बेला सोमबार यस्तो घटना भएको हो। ‘चराका कारण दिनहुँ समस्या परेको छ। कहिले उड्नेबेला त कहिले अवतरणका समयमा जहाजको नजिकै चरा आउँछन्,’ एक हवाई कम्पनीका पोखरास्थित स्टेसन म्यानेजरले भने, ‘विमानस्थल नजिकै भएर बग्ने खोला र नहरमा जथाभाबी फ्याँकिने सिनोका कारण बढी चरा आएका हुन्। चराका कारण हवाई उडानमा जोखिम थपिएको छ।’

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले सोमबारको भिडियो हेरेपछि पोखरास्थित कार्यालयका स्टेसन म्यानेजरलाई त्यसबारे सोधेको तर जहाजसँग चरा ठोक्किएको विषयमा कुनै जानकारी नभएको भन्ने जवाफ पाएको बताए। ‘जहाजको पखेटा, प्रोपेलरसहित सबैतिर हेर्यौं तर कतै पनि चरासँग ठोक्किएको दाग देखिएन,’ उनले भने, ‘रगतको टाटो, चराको प्वाँख कतै पनि भेटिएन।’ जहाजमा कतै पनि क्षति नभएकाले रिपोर्टिङ नभएको हुनसक्ने उनले बताए। कर्णको अनुमानमा हावाको गति र जहाजको ध्वनिका कारण नजिकै उडिरहेको चरा अत्तालिएर खसेको हुनसक्छ। उनले विमानस्थल नजिकैका नहर र खोलामा जथाभाबी सिनो फ्याँक्दा चराबाट हुने जोखिम बढ्न सक्ने बताए।

पोखरा विमानस्थलका प्रमुख विक्रम गौतम जहाजसँग ठोक्किएको चरा भुइँमा खसेको भन्दै भाइरल बनाइएको भिडियोमा सत्यता नभएको दाबी गर्छन्। ‘मैले पनि यो भिडियो हेरें, त्यसबारे सिरियस हुनैपर्छ। भिडियो हेरेपछि टावर र एयरलाइन्स कम्पनीलाई पनि सोधेको हुँ। तर कतैबाट पनि पुष्टि भएन,’ गौतमले भने, ‘जहाजसँग ठोक्किएको भए चरा सग्लै झर्ने अवस्था रहन्न, छियाछिया हुनुपर्छ।’ जहाजसँग चरा ठोक्किएको नभई जहाजको हावाको प्रेसरले चरालाई हुत्याएको हुनसक्ने उनले बताए। ‘शक्तिशाली इन्जिन भएको जहाजले उडिरहँदा तातो हावा फ्याँक्छ। कहिलेकाहीं त तातो हावाले धावनमार्गको कालोपत्रे पनि उप्काउने र रुखको हाँगा नै भाचिन्छ। चरा ठोक्किएको भए जहाजमा कतै न कतै असर हुन्थ्यो,’ उनले भने। गौतमले पछिल्ला केही दिनयता विमानस्थलमाथिको आकाशमा चराहरूको गतिविधि कम हुँदै गएको बताए।  

गल्फर भुवन गुरुङका अनुसार जहाजसँग चरा ठोक्किएको आकाशको तल गल्फ प्रशिक्षण भइरहेको थियो। त्यही क्रममा आफूले चरा जहाजसँग ठोक्किएको देखेको उनले बताए। अरू गल्फरसमेत प्रत्यक्षदर्शी रहेको गुरुङले बताए। उनका अनुसार जहाजसँग ठोक्किएपछि चराको पखेटा उछिट्टिएको थियो। चराको शरीर तुुरुन्तै र पखेटा अलि ढिलागरी भुइँमा खसेको उनले बताए। ‘खासमा एउटा मात्र चरा ठोक्किएको हो। जहाजसँग चरा ठोक्किँदा आएको आवाज हामीले नै सुनेका हौं,’ गुरुङले भने, ‘चराको शरीर र पखेटा अलगअलग भएर भुइँमा खसे।’ चरा ठोक्किएको देखेपछि आफैंले विमानस्थलका पदाधिकारीलाई जानकारी गराएपछि उनीहरूले पनि चरा खसेको ठाउँमा आएर हेरेको गुरुङले बताए।

‘हवाई सुरक्षा होस् भनेर भिडियो सेयर गरेको हु’

पोखरामा सोमबार जहाजसँग चरा ठोक्किको भिडियो कैद गरेका ईश्वर केसी बिरौटा बस्छन्। पुरानो विमानस्थल सञ्चालन हुँदा आफ्नै घरमाथिबाट जहाज उडेको र अवतरण गरेको उनले देख्थे। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि बिरौटा क्षेत्रको आकाशबाट हवाई उडान भएको छैन। व्यवसायी केसीको केही जग्गा रिट्ठापानी क्षेत्रमा छ। केसी सोमबार पत्नीसहित रिट्ठापानीको जग्गामा गएका थिए। त्यही बेला उनले त्यो भिडियो कैद गरेको बताएका छन्।  

‘नयाँ विमानस्थल सञ्चालनमा आएपछि बिरौटाको आकाश सुनसान बनेको छ। सोमबार दिउँसो रिट्ठेपानी आएको थिएँ, माथि जहाज उडेको देख्दा बिरौटाको झल्को आयो, त्यसपछि मोबाइलले भिडियो खिच्न थालें,’ उनले भने, ‘भिडियो खिच्दाखिच्दै जहाजसँग चरा ठोक्कियो। त्यही भिडियो मैले सामाजिक सञ्जालमा हालेको हुँ।’ उनका अनुसार जहाजसँग ठोक्किएको चरा खसेको देखेपछि खोला किनारमा जाली भर्दै गरेका मजदुरसमेत भागाभाग गरेका थिए। ‘मैले कसैलाई बिगार्न भिडियो खिचेको होइन। संयोग परेको मात्र हो। कम्तीमा पोखराको हवाई उडान सुरक्षित हुनुपर्छ भन्ने लागेर भिडियो सेयर गरेको हुँ,’ उनले भने, ‘म कसैलाई बदनाम गर्न चाहन्नँ। यस्ता घटना लुकाउने नभई बाहिर ल्याएर समस्या समाधानमा लाग्नुपर्छ भन्ने मलाई लाग्छ।’
अर्को समाचार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
८ घण्टा अघि
•
१ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।




पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस