त्रासको यात्रा : चतरा-बराह क्षेत्र
३० असोज २०७३
•
८ मिनेट पाठ
त्रासको यात्रा : चतरा-बराह क्षेत्र
इटहरी- हिन्दू धर्मका प्रमुख चार धाममध्ये एक सुनसरी बराहक्षेत्र पुग्ने मार्ग जोखिमपूर्ण छ। यो वर्ष अधिक पानी परेर सुनसरीकै चतरादेखि बराहक्षेत्र मार्गका बीचबीचमा पहिरो जानुका साथै पानीले ठूल्ठूला खाल्डाखुल्डी हुँदा उच्च जोखिममा रहेको हो। दसैंताका पहिरोको अवरोध हटाए पनि यो मार्ग सप्तकोसीको किनारैकिनार हुँदै बराहक्षेत्र पुग्ने भएकाले चाँडो मर्मत नगरे ठूला दुर्घटनाबाट अछुतो नरहला। त्यसमाथि पनि यो मार्गमा सवारी साधनले क्षमताभन्दा बढी यात्रु ओर्साने गरेका छन्। 

‘अहिलेसम्म बराह भगवानले गर्दा ठूला दुर्घटना भएका छैनन्,’ चतरा-बराहक्षेत्र मार्गमा को१ज ६५१ नम्बरको ल्याण्डलोभर चालक सन्तोष सुवेदी भन्छन, ‘अहिले बाटोमा गाडी हाक्दा जतिबेला पनि सप्तकोसीतिर हुइकिन सक्छ।’ उनका अनुसार बाटोको अवस्थाले गर्दा गाडी एकातिर मर्काए, अर्कैतिर मोडिन्छ। चतराबाट बराहक्षेत्र पुग्नका लागि ११ किलोमिटर पर्छ। 

चतराबाट चार किलोमिटर उत्तरबाट सप्तकोसीमा पुलसमेत निर्माण गरेर वैकल्पिक राजमार्गको रुपमा राजधानी काठमाडौंलाई मध्यपहाडका जिल्लासँग जोड्ने मार्ग पनि बिस्तार हुँदैछ। जसले गर्दा उदयपुरको रामपुर ठोक्सिला हुँदै सप्तकोसी पुल पार गरेर पनि बराहक्षेत्र आउजाउ गरिन्छ। रामपुर ठोक्सिलाबाट कोसी पूर्व आउजाउ गर्न पनि पूरै जोखिमपूर्ण यात्रा गर्नुपर्छ। 

बराहक्षेत्रसम्म पुग्ने साना तथा ठूला सवारी साधनले कोचाकोच त ओसार्छन् नै छतमा समेत यात्रु राखेर ओसार्ने गरेका छन्। अझ दसैंको बेला त ट्रयाक्टरमा समेत यात्रु ओसारेको पाइयो। क्षमताभन्दा बढी यात्रु अनि खराब सडक हुँदा सार्वजनिक यातायातमा त्रासको यात्रा गर्न सर्वसाधारण बाध्य छन्। सरकारी नियमनकारी निकाय क्षमताभन्दा बढी र छतमा यात्रु ओर्सादा आँखा चम्किएको छ। 

‘जहिले त्रासको यात्रा गर्नुपरेको छ। सुविधासँगले बराहक्षेत्र र चतरासम्म पुग्ने दिन कहिले नआउने भो,’ उदयपुरको रामपुर ठोक्सिलाका दुर्गा थापाले नागरिकन्युजसँग भने, ‘बिग्रिएको बाटो मर्मत गर्न सरकारी पक्षले चासो देखाउनुपर्छ।’ उनका अनुसार यो वर्षको दसैंताका पानी पर्दा जुन ट्रयाकमा गाडी हिँडायो, त्यही ठूल्ठूला खाल्डा हुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्यो। 

चतराबाट बराहक्षेत्र पुग्न र उदयपुरको रामपुर ठोक्सिला हुँदै चतराबाट धरानसम्म ल्याण्डलोभर, भ्यानसँगै केही सीमित बस पनि चल्ने गर्छन्। बाटोले गर्दा विग्रिएको अवस्थामा भेटिएको ना४ख ३७१७ नम्बरको बसका चालक राम खड्काले चतरासम्म आउजाउ गर्नका लागि उकालो र उरालोमा गाडी गुडाउँदा इन्जिन तातेर जतिबेला गनि गडबढी हुने गर्छ। अनि त्यसमाथि क्षमताभन्दा बढी यात्रु ओसार्दा त गाडी ‘कन्ट्रोल’ हुन नै समस्या  हुने गर्छ। 

चतरा-बराह क्षेत्र मार्गमा १३ वटा साना ल्याण्डलोभर र ५ वटा पीकअप भ्यान सञ्चालनमा छन्। चतरा-रामपुर ठोक्सिला ११ वटा भ्यान र ३ वटा वस सञ्चालनमा रहेको यातायात व्यवसायी लवराज फुयालले बताए। 

बराहक्षेत्रको सप्तकोसीमा पुल नबन्दा डुगामार्फत उदयपुरको रामपुर ठोक्सिलाबाट आउजाउ गर्थे। ‘डुंगाबाट मुक्ति पाए पनि गाडीमा जोखिमपूर्ण यात्रा गर्नबाट कहिले मुक्ति पाउँने टुंगो छैन,’ उदयपुरको मैनामैनीका टिलबहादुर राईले भने। 

बराहक्षेत्रमा भारत र नेपालका हजारौ तीर्थयात्री दैनिक रुपमा दर्शनको लागि आउने गर्छन्। चतरा-बराह क्षेत्रसम्म सवारी साधनमा यात्रु त त्रासको यात्रा गर्छन नै पैदल हिँड्नसमेत सकस छ। ‘गाडीमा आउन नसकेर पैदल आएको साह्रै समस्या भयो,’ भोजपुरको डेवानटारबाट भरौल घर आउने क्रममा भेटएकी तारा राउतले भनिन्। 

बाटोले गर्दा चतराबाट उदयपुरको रामपुर ठोक्सिला हुँदै पहाडी जिल्ला आउजाउ गर्ने र धनकुटाको आहाले, छिन्ताङ तथा भोजपुरको दक्षिणी भेगका वासिन्दालाई समस्या परेको छ। दसै‌को बेला चतराबाट रामपुर ठोक्सिला हुँदै अन्यत्र जानेको संख्या दैनिक ४ हजारभन्दा बढी हुने गरेको ट्राफिक प्रहरीका असई भोजकुमार कट्टेलले बताए। उनका अनुसार बराहक्षेत्र हुँदै पहाडी जिल्ला आउँजाउँ गर्नेको संख्या पनि दसैको बेला एक हजारभन्दा बढी थियो। यी क्षेत्रका बासिन्दालाई दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने तथा विरामी हुँदा उपचारको लागि अस्पताल जाने अर्को वैकल्पिक सडक छैन। 

चतरा-बराह क्षेत्र र चतरा-रामपुर ठोक्सिला आउजाउ गर्ने चाडपर्वका बेला मात्र नभएर अरु बेला पनि ठूलै संख्यामा आउजाउ गर्छन्। असई कट्टेलले भने, ‘चतराबाट बराहक्षेत्र र उदयपुरके रामपुर जाने यात्रुको जहिल्यै चाप हुने गर्छ। बाटो पूरै खराब हुँदाहुँदै पनि सवारी साधनका चालकलाई होसियारीपूर्वक पुर्याउन आग्रह गर्ने गर्छौं।’ उनले उदयपुरबाट बेला बेलामा ट्रयाक्टरमा यात्रु आउने गरे पनि ल्याण्डलोभर र बसमा भने छतमा यात्रु चढ्न रोक लगाएको जिकिर गरे। 

सडक निर्माणका लागि कालिका कन्ट्रक्सनले ठेक्का लिइ सकेकाले गर्दा बीचमा खाल्डाखुल्डी भएको बाटो सम्याउनुपर्ने को१ख २४६४ नम्बरको ल्याण्डलोभरका चालक हरि लम्सालले बताए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस