भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ८ रातोपाटीमा रहेको पोल्टीफार्म भित्रका कुखुराहरुमा बर्डफ्लु भेटिएको छ।
चाँगुनारायण पोल्टी एण्ड ह्याचरी उद्योग प्रा.लि,अर्जुन गिरी पोल्टी फर्म र आदित्य पोल्टी फर्मका कुखुराहरुमा बर्डफ्लु भेटिएको हाे।
बर्डफ्लु देखिए पछि पशु विभागको चिकित्सक डा.श्रीजा वाग्ले, पशुसेवा विभागका प्राविधिक आत्माराम शर्मा ,चागुनारारयण नगरपालिकाको पशुपन्छी सेवा विकास शाखाको कर्मचारीलगायत उक्त वडाको अध्यक्ष जनक खत्री र प्रभाग सुडालबाट प्र.ब.ना.नि.सुरेश के.सीको टोलीले कुखुरा लगायत सामान समेत नष्ट गरिएको जनाइएको छ।
कुखुरा १० हजार चार सय ८०, चल्ला एक हजार ५०, दाना १ हजारा चार सय ७५ के.जी र अण्डा ४ हजार ५ सय २३ वटा नष्ट गरिएको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जनाए। घटनास्थल जगाती प्रहरी बृतबाट ९ कि.मि पुर्वमा पर्दछ।