प्रहरीको सुरक्षामा बैंकबाट रकम लिएर आइरहेका मनी ट्रान्सफरका कर्मचारी हतियारधारी समूहबाट लुटिएका छन्। हतियारधारी समूहले प्रहरीसमेतलाई पेस्तोल देखाएर मनी ट्रान्सफर कर्मचारीसँग ९ लाख रकम लुटेर फरार भएका हुन्।
प्रहरीको सुरक्षामा मिर्चैया स्थित ग्लोबल बैंकबाट ९ लाख रुपैयाँ लिएर कल्याणपुरमा रहेको राजाराम मनि ट्रान्सफर जाँदै गर्दा मिर्चैया–कल्याणपुर सडक खण्डको मिर्चैया नगरपालिका–३ स्थित बतहा पुलमा गौडा थापेर बसेका हतियारधारी समूले पेस्तोल देखाएर रकम लुटेर फरार भएका हुन।
प्रहरीको सुरक्षामा राजाराम मनि ट्रान्सफर कल्याणपुरका कर्मचारी उपेन्द्र साहले ९ लाख रुपैयाँ लिएर ज. ६ प. ८५८१ नम्बरको मोटरसाइकलमा कल्याणपुर बजार आउँदै गर्दा बाटोबाट लुटेराहरूले लुटेर फरार भएको प्रहरीले जनाएको छ।
दुई वटा मोटरसाइकलमा रहेका चार जनाको हतियारधारी समूहले मनी ट्रान्सफरका कर्मचारी साहको बाइक पछाडि बसेका प्रहरीलाई समेत पेस्तोल ताकेर रकम लुटेर फरार भएको सिराहाका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रराज पाण्डेले बताएका छन्। फरार भएका समूहको खोजीमा प्रहरीको विशेष टोली परिचालन गरिएको उनले बताए।
उनले भने,‘अहिलेसम्म २५ जना जतिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिसकेका छौँ। लुटेरा समूहको अझै पहिचान भैसकेको छैन, हामी खोज्दै छौँ।’
यसअघि २०७५ साउन २४ गते पनि राजाराम मनी ट्रान्सफरका सञ्चालन राजाराम साहको २५ लाख ६० हजार रुपैयाँ मिर्चैया–कल्याणपुर सडक खण्डको डुमरी नजिकैबाट हतियारधारी समूहले लुटेका थिए। त्यो रकम पनि अझै फिर्ता नआएको सञ्चालक साहले बताएका छन्। 'मुद्दा लड्दा झन खर्चको बोझ बढ्यो तर लुटिएको रकम फिर्ता आएन,' साहले भने। 'प्रहरीलाई समेत पेस्तोल ताकेर दिउँसै रकम लुटिन्छ भने यहाँको सुरक्षा अवस्था कस्तो होला आफैं बुझ्नुस्,' साहले नागरिकन्यूजसँग भने, ‘यहाँ सुरक्षा कमजोर हुँदा अपराधीको बोलबाला छ।’
घटनास्थल बताहा खोलाबाट दुई किलोमिटर उत्तर इलाका प्रहरी कार्यालय मिर्चैया छ। यहाँ डिएसपीको कमाण्डमा प्रहरी बस्छ। घटनास्थलबाट एक किलोमिटर दक्षिण मिर्चैया प्रहरीकै पोष्ट छ। मिर्चैयामै इन्स्पेक्टरको कमाण्डमा सशस्त्र प्रहरीको बेस क्याम्प छ।