हिन्दू स्वयंसेवक संघ नेपाललेको आयोजनामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा–२०७९ सम्पन्न भएको छ। नयाँ पुस्तामा स्वदेश, स्वधर्म र स्वसंस्कृतिप्रति गौरवभाव जागृत गराउने उद्देश्यले काठमाडौंको टुँडीखेलमा कार्यक्रम आयोजना गरिएको थियो।
बहुवैकल्पिक उत्तरसहित ५० वटा प्रश्न सोधिएको परीक्षामा भक्तपुर, ललितपुर र काठमाडौंका विद्यालयहरूबाट पाँच हजार विद्यार्थी सहभागी रहेका थिए । तीमध्ये ६७ जनाले सबै प्रश्नको सही उत्तर मिलाएर शतप्रतिशत अङ्क प्राप्त गरेका थिए । सही उत्तर दिनेमध्येबाट गोलाप्रथाका आधारमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना विजेता छनोट गरिएको थियो।
काठमाडौंको श्री नेपाल वेद विद्याश्रम विद्यालय, कक्षा १० मा अध्यनरत विजय तिमल्सिना प्रथम भएका थिए। उनले प्रमाणपत्र सहित ५१ हजार एक सय एघार रुपैयाँ नगद पुरस्कार पाए । काठमाडौंकै ब्राइट होराइजन विद्यालय, कक्षा ८ मा अध्ययनरत दालकु शेर्पाले दोस्रो स्थान हात पारिन्। भक्तपुरको विद्यार्थी निकेतन माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत सुस्मिता चौलागाइँ तेस्रो बन्न सफल भइन् । द्वितीय र तृतीयले क्रमशः २५ हजार एक सय एघार र १५ हजार एक सय एघार रुपैयाँ नगद पुरस्कार एवं प्रमाण पाए। सान्त्वनाअन्तर्गत ५० जनालाई प्रमाणपत्रसहित प्रति व्यक्ति एक हजार एक सय एघार नगद पुरस्कार एवं प्रमाणपत्रको व्यवस्था गरिएको थियो।
संघले वि.सं. २०७१ बाट निरन्तर रूपमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा आयोजना गर्दैआएको छ । कोभिड महामारीका कारण दुई वर्ष अवरुद्ध भएको यो कार्यक्रमलाई संघले पुनः निरन्तरता दिएको छ।