वीरेन्द्रनगर, फागुन १४– नेपाल सरकार र दातृ निकायहरुको सहयोगमा पानीको अभाव भएका दैलेखका दुर्गम गाउँहरुमा सोलार लिफ्टबाट खानेपानी र सिचाई योजना सञ्चालन भएकोमा २०७९ श्रावण यता आधा दर्जन ठुला लिफ्ट योजना बन्द भएर अलपत्र परेका छन्। करोडौ रकम खर्च गरेर निर्माण गरेका योजना मर्मत गरेर सञ्चालनमा ल्याउन कसैले चासो नदिदाँ बन्द भएका हुन्।
दैलेखका उच्च तथा सुख्खा भागहरुमा खानेपानी र सिचाई समस्या समाधानका लागि निर्माण गरेको आधा दर्जन बढी लिफ्टहरुले काम गर्न छाडेको छ। सोलार सिस्टमबाट सुख्खा पहाडी बस्तीहरुमा खानेपानी सुविधाको लागि बनाएका लिफ्टहरु बन्द हुन थालेपछि स्थानीयहरु चिन्तित भएका छन्। जसका कारण विगतमा झै खानेपानीकै कारण घण्टौ समय खर्चनुपर्ने र सिचाईका लागि बर्षात कुनुपर्ने स्थानीयहरुको दैनिकि बनेको छ।
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा निर्माण भएका ५ वटा लिफ्टहरु बन्द भएका हुन्। पानीका मुहानबाट डाँडाँमा रहेका बस्तीहरुमा पानीको खानेपानी सुविधा पु¥याउने उद्देश्यले निर्माण भएको लिफ्ट प्रविधि बन्द हुदाँ असफल भएको हो । दैलेखमा निर्माण भएका लिफ्टहरु प्रायः बन्द छन्। चामुण्डाविन्द्रासैनी नगरपालिका –८ मा रहेको खाडा लिफ्ट खानेपानी योजना, ६ मा रहेको धुपीधारा लिफ्ट खानेपानी योजना, ४ मा रहेको नाव लिफ्ट खानेपानी योजना र ९ मा रहेको लिफट खानेपानी योजनाको बन्द छन् भने र ४ मा रहेको रोशनीडाँडाँ लिफ्ट खानेपानी योजना आंशिक चलेको छ। यहाँ अर्को कर्णाली लिफ्ट खानेपानी योजना निर्माधिन रहेको छ । पालीकामा विद्युतको पहुँच नहुँदा सोलारबाट सञ्चालित लिफ्ट खानेपानीमा समस्या देखिने गरेको छ।
जिल्लामा लिफ्ट योजना असफल भैरहदा पनि सघिंय सरकारले करोडौका ठुला लिफ्ट योजना निर्माण गर्न रोकेको छैन जसका कारण प्राविधिक र भौगोलिक अवस्था पहिचान नगरी बनाईएका यस्ता योजनाले राज्यको करोडौ रकम वर्षेनी खोलामा बगेको छ । नगरमा सञ्चालित लिफ्ट योजनाहरु प्राय बन्द हुँदा खानेपानीको समस्याबाट जनताहरु जुधिरहेको चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेश कुमार शाहीले बताए । ‘नगरभित्र सञ्चालित लिफ्ट खानेपानीहरु असफल भए। अव सरकारले लिफ्टभन्दा स्थानीय मुल सुधार कार्यक्रम ल्याउनुपर्छ ।’ नगर प्रमुख शाहीले भने, नगरकै ठुलो योजना मझुवा खानेपानी आयोजनालाई सरकारले प्राथमिकता दिए नगरको १ देखी ९ नम्वर वडासम्म घरघरमा खानेपानी पुग्नेछ ।’ चामुण्डाविन्दासैनी नगरपालिकामा २०७५ बाट लिफ्ट खानेपानी आयोजनाहरु सञ्चालन भएका हुन्। छोटो समयमा सोलारसिस्टममा समस्या आउँदा करोडौं रकम खर्चिएर बनाएका योजना नै असफल भएको स्थानीयहरु बताउँछन्।
हिउँद लाग्ने वित्तिकै दैलेखका पश्चिम क्षेत्रका ५ वटा पालिकामा खानेपानीको हाहाकार हुने गरेको छ । यस क्षेत्रका स्थानियले खानेपानी र सिचाईको अभाव भोगेको वर्षौ वित्दा पनि स्थानिय सरकारले केहि नगरेपछि नेपाल सरकार र दातृ निकायको सहयोगवाट करौडो रकम खर्चेर बनाएका सोलार लिफ्ट खानेपानी तथा सिचाई योजना बन्द छ । सोलार लिफ्ट खानेपानी र सिचाई योजना बन्द हुँदा केही महिना खुसी भएका स्थानीयहरु पुरानै दुःखमा फर्किएका छन्। लिफ्टबाट खानेपानी नआउँदा अहिले स्थानीयहरु खोला र कुवामै खानेपानीको जोहोका लागि धाउने गरेको धुपीधारा खानेपानी लिफ्ट योजना उपभोक्ता समिति जम्वुकाँधकी शान्ती विकले बताईन्।
अधिकांश लिफ्ट योजना खोलावाट ल्याउन खोज्दा वर्षातले क्षती गरेको छ। , भौगोलिक विकट्ता र पहाडी क्षेत्रमा आउने बाढीको पूर्वाअनुमान नगरी लिफ्ट खोलामा बनाईएका संरचना सवै बग्ने गरेको हो। सिचाईका लागि बनाईएको लिफ्ट योजना बगाउँदा सिचाई असुविधा हुदाँ बर्षात नै हुनुपर्ने बाध्यता रहेको भैरवी गाउँपालिका –१ स्थित छामगाड लिफ्ट सिचाइं योजनाको उपभोक्ता सरिता थापाले बताईन्।
लिफ्ट योजना बन्द भएपछि दैलेखका स्थानीय २ घण्टासम्म पानी बोकेर खान वाध्य छन । स्थानियहरु योजनाहरुको पुनःनिर्माणको प्रतिक्षामा छन् । सरकारले सवैलाई स्वच्छ पिउने पानी दैनिक ६५ लिटरका दरले उपलब्ध गराउने भनिएता पनि दिर्गकालिन योजना नहुँदा पानी अभावले यहाँका समुदाय दैनिकि कष्टकर बनेको छ। पानीकै लागि दिनभर एक जनाले काम गर्नुपर्ने बाध्यता बनेको छ । स्थानीय पालिकाहरुको सानो बजेटले ठुलो योजनाहरुमा रकम अभाव हुने भएकाले मर्मत हुन सकेको छैन्।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...