धनुषा प्रहरीको भ्यानबाट फरार भएका थुनुवा पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय सबैलाको प्रहरी भ्यानबाट फरार भएका सबैला नगरपालिका- १३ किरतपुर बस्ने २८ वर्षीय राजाबाबु मुखिया पक्राउ परेको हो।
सीमावर्ती क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा मंगलबार राती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको धनुषा प्रहरी प्रबक्ता डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए।
बलात्कार मुद्दामा पक्राउ परेका मुखियालाई गत आइतबार जिल्ला अदालत धनुषाबाट म्याद थप गराई ईलाका प्रहरी कार्यालय सबैला ल्याउँदै गर्दा उनी बाटोमै प्रहरी भ्यानबाट हामफालेर फरार भएको थियो। आइतबारदेखि नै प्रहरीले फरार मुखियाको खोजीकार्य तीव्र पारिएको थियो।
गत माघ १५ गते इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत कक्ष फोडेर ६ जना थुनुवा फरार भएका थिए। उनीहरू मध्ये चारजनालाई पक्राउ गरि कारागार पठाइएको छ। दुईजना अझै पक्राउ पर्न सकेका छैनन्।