गर्भपतन औषधिमा खेलाँची
२१ कार्तिक २०७३
•
११ मिनेट पाठ
गर्भपतन औषधिमा खेलाँची
नेपालगन्ज-‘यहाँ गर्भ झार्ने औषधि पाइन्छ ?’




ग्राहकले सोध्नासाथ नेपालगन्ज, पुष्पलाल चोकस्थित एक मेडिकल पसलमा रहेकी करिब १३ वर्षीया किशोरी भित्र पसिन् । मेडिकल साहुनी भने ग्राहकको अनुहार नियाल्दै थिइन् ।

‘यही हो औषधि,’ औषधिको पत्ता ग्राहकको हातमा थमाउँदै साहुनीकी छोरी ती किशोरीले भनिन्, ‘बहुत बिक्री हुन्छ, राम्रो छ ।’ साहुनीले ग्राहकलाई सम्झाउन थालिन् । ‘यसको ग्यारेन्टी ९८ प्रतिशत छ । तर, हामी ‘बिलसिल’ दिँदैनौं है,’ उनले भनिन्, ‘चाहिने भए औषधि लिए हुन्छ ।’ मेडिकलमा राखेर उक्त औषधि बेच्नु अवैध भएकाले गुपचुप बेच्ने गरेको उनले स्पष्ट पारिन् ।

अनिच्छित गर्भ तुहाउन प्रयोग हुने मिफे\मिजो नामक औषधि हचुवाको भरमा बेच्ने पुष्पलाल चोकको यो एक प्रतिनिधि पसल हो । सहरदेखि गाउँसम्म झाँगिएको अवैध धन्दाले गर्भवती महिलाको स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । कतिपय महिला मृत्युको मुखमा पुगेका छन् । मंगलबार राति साढे १० बजे सुर्खेत, कल्याणकी ३२ वर्षीया यामकुमारी गाहा वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगिन् । अत्यधिक रक्तस्राव भएर आएकी उनको एक घन्टा नपुग्दै मृत्यु भयो । अस्पतालका अनुसार उनले गर्भ तुहाउने औषधि जथाभावी सेवन गरेकी थिइन् ।

ठिक समयमा उचित तरिकाले यो औषधि प्रयोग गर्न नजान्दा यसले नकारात्मक असर पार्छ । यसलाई मेडिकल भाषामा ‘इन्कम्प्लिट एवर्सन’ भनिन्छ । ‘गाउँ–सहर जताततै हचुवाको भरमा यति संवेदनशील औषधि खुलेआम बिक्री भइरहेको छ,’ क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्का भन्छन्, ‘मनपरी औषधि सेवनले जटिल समस्या निम्त्याएपछि उनीहरू अस्पताल आइपुग्छन् ।’

मध्यपश्चिमका दुई ठूला अस्पताल वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल र नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा ‘इन्कम्प्लिट एवर्सन’ भएर आएका बिरामीको संख्या हेर्दा पनि औषधिको दुरुपयोगले महिलालाई कसरी गाँजेको छ भन्ने प्रष्ट हुन्छ । चालु आर्थिक वर्षको तीन महिनामा क्षेत्रीय अस्पतालमा ३२ र अञ्चल अस्पतालमा १८ बिरामी आएका छन् । ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्था, निजी अस्पताल र मेडिकलमा पुग्नेको संख्या योभन्दा धेरै गुणा बढी रहेको स्वास्थ्य कार्यकर्ता बताउँछन् ।

भेरी अञ्चल अस्पतालका नर्सिङ प्रमुख दुर्गालक्ष्मी श्रेष्ठका अनुसार यसरी आउने बिरामीमा अत्यधिक रक्तस्राव र पाठेघर संक्रमणको समस्या बढी हुन्छ । ‘सही तरिकाले प्रयोग गर्ने हो भने त औषधिले समस्या निम्त्याउँदैन, प्रभावकारिता पनि राम्रै हुन्छ,’ उनी भन्छिन्, ‘तर, यो औषधिलाई मेडिकलहरूले जथाभावी बेच्दा नकारात्मक असर देखिरहेको छ ।’

चिकित्सकको ‘प्रेस्किप्सन’ बिना बेच्न नमिल्ने यो औषधि सहरदेखि गाउँसम्म झाँगिएका मेडिकलमा खुलेआम बेचिन्छ । त्यसैले मेडिकल सञ्चालकले बिरामीको स्वास्थ्य परीक्षण र गर्भवती जाँच नगरिकनै औषधि दिन्छन् । औषधि प्रयोग गर्ने तरिका र यसको प्रभावबारे राम्ररी बुझाउने फुर्सद उनीहरुसँग हुँदैन । यसले गर्दा गलत तरिकाले औषधि सेवन गरेका गर्भवती महिला मृत्युवरण गर्न बाध्य हुन्छन् ।

दैलेख, बाँसीकी २१ वर्षीया शोभा शाहीले असोज तेस्रो साता यस्तै नियति व्यहोर्नु प¥यो । अत्यधिक रक्तस्राव भएर आएकी उनको अस्पताल पुगेको करिब चार घन्टामै मृत्यु भयो । परिवारले उनको पेटमा १६ साताको बच्चा रहेको भने पनि जाँच्दा २८ साताको भेटियो । ‘ती महिलाले गर्भपतन गराउने औषधि खाएपछि पाठेघर फुटेर मृत्यु भएको तथ्य हामीले घटनापछि मात्र थाहा पायौं,’ मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. खड्काले भने, ‘समय घर्केपछि गाउँकै मेडिकलबाट औषधि सेवन गरेकी रहिछन् ।’

चिकित्सकका अनुसार यो औषधि ६३ दिन अर्थात् ९ साताभन्दा कम अवधिका गर्भवतीले मात्र सेवन गर्न मिल्छ । मेडिकल सञ्चालकले भने समयावधि ख्याल गर्दैनन्, न गर्भ जाँच्छन् । ‘महिलाले मौखिक रूपमा भनेको आधारमै पसलको सामान बेचेजसरी औषधि दिन्छन्,’ डा. खड्का भन्छन् । भ्रूणको आकार ठूलो छ भने त्यसले गर्भ तुहाउनुसट्टा उल्टै पाठेघरलाई फुटाउने चिकित्सक बताउँछन् ।

कतियपय मेडिकलले यतिसम्म गर्छन् कि गर्भवती नभएकी महिलालाई पनि गर्भवती भएको भनी औषधि भिडाउँछन् । सुर्खेतकी एक महिलाले यस्तै पीडा भोगिन् । गर्भवती भएको शंका बोकेर गाउँकै मेडिकलमा गएकी उनलाई मेडिकलवालाले सामान्य सोधपुछ र गर्भ भए–नभएको पिसाब परीक्षण गरेर औषधि दिए । तर, औषधि खाँदा अत्यधिक रक्तस्राव भएपछि उनी डा. खड्काकहाँ पुगिन् । ‘हामीलाई गर्भवती भएकोमै शंका लागेपछि पुनः परीक्षण गर्दा रिपोर्ट ‘नेगेटिभ भेटियो,’ खड्काले नागरिकसँग भने, ‘गर्भवती नभएको थाहा पाएर पनि मेडिकलले पैसा कमाउन औषधि भिडाएको रहेछ ।’ यस्ता घटना नियमितजसो आइरहने उनको भनाइ छ ।

खुलमखुला चलिरहेको अवैध धन्दामा औषधिको मूल्य पनि मनोमानी छ । मेडिकलले गर्भ तुहाउने औषधिको एक हजारदेखि दुई हजार रुपियाँसम्म लिन्छन् । यसको खास मूल्य भने करिब ८ सयमात्र हो । नेपालगन्ज, पुष्पलालचोककी मेडिकल साहुनीले जोखिम मोलेर बेच्ने भएकोले मूल्य महँगो पर्ने बताइन् । ‘हामीले पनि सजिलै खरिद गर्न पाउँदैनौैं, सेटिङ मिलाएर ल्याउनुपर्छ,’ उनले भनिन्, ‘त्यही भएर लेखिएको रेटभन्दा महँगोमा बेच्नुपर्ने बाध्यता छ ।’ गाउँका मेडिकल पसलमा मूल्य झन् चर्को छ । त्यहाँ दोब्बर मूल्यमा औषधि किनबेच हुन्छ ।

केही समयअघि मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा भएको बैठकमा चिकित्सकले जनस्वास्थ्यको लागि संवेदनशील मानिने औषधि बिक्रीवितरण व्यवस्थित गर्नुपर्ने आवाज उठाए पनि केन्द्रमा सुनुवाइ भएन । अर्कोतिर, पिएसआइ नामक  गैरसरकारी संस्थाले मेडिकलवालालाई औषधि प्रयोगबारे अभिमुखीकरण गराएर ‘वैधता’ दियो । ‘यही आडमा तालिम नलिएका पसलेले समेत हाकाहाकी औषधि बेच्न थाले,’ नेपालगन्जका एक स्वास्थ्यकर्मी भन्छन्, ‘अहिले यसको दुरुपयोग रोक्नै नसकिने गरी बढेको छ ।’

सर्वसाधारण महिलाको ज्यानै जोखिममा पार्ने गरी भइरहेको अवैध धन्दामा नियामक निकायको भने ध्यान गएको देखिँदैन । मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक खेमराज उपाध्याय मेडिकल पसलले गर्भपतन गराउने औषधि बेचिरहेको सुनिए पनि यसको वैधता र प्रभावबारे बुझ्ने काम नभएको बताउँछन् । ‘यो औषधि कसले बेच्न पाउने भन्नेबारे खासै त्यस्तो निर्देशन आएजस्तो लाग्दैन,’ उनले भने, ‘त्यसैले हामीले मेडिकल पसलमा यसबारे चासो पनि दिएका छैनौं ।’

स्वास्थ्य मन्त्रालय भने यो औषधि प्रयोगको लागि नीतिगत व्यवस्था भए पनि कार्यान्वयनमा चुनौती भएको बताउँछ ।

मन्त्रालयअन्तर्गत परिवार महाशाखाका अनुसार सुरक्षित गर्भपतन निर्देशिकामा चिकित्सकको ‘प्रिस्केप्सन’ बिना उक्त औषधि दिन मिल्दैन । औषधि पसल सञ्चालनका लागि दिइने अनुमतिपत्र (लाइसेन्स) मा समेत मेडिकलले चिकित्सकको ‘प्रेस्किप्सन’ बिना यो औषधि बेच्न नमिल्ने उल्लेख गरिएको हुन्छ । ‘कानुनी रूपमा स्पष्ट भए पनि यो औषधिको अवैध कारोबार हाम्रो लागि ठूलो चुनौती बनेको छ,’ परिवार महाशाखा प्रमुख डा. आरपी बिच्छा भन्छन्, ‘यसलाई रोक्न हामीले मातहतका निकायलाई पटकपटक निर्देशन दिइसकेका छौं ।’ बजारमा मनोमानी रूपमा बिक्री भइरहेको यो औषधि नेपाल सरकारका स्वास्थ्य संस्थाबाट निगरानीसहित निःशुल्क वितरण भइरहेको उनले जानकारी दिए ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
३ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस