एक दशक अघि सम्म तराई मधेसमा जोगीरा सारारा.. गीता मुख मुखमा झुन्डिने गर्थ्यो। फागु पूर्णिमा आउन एक साता अघि देखि नै होलीको चहलपहल सहित सो गीता गाइने गरिन्थ्यो।
होली आउन ३ दिन मात्र बाँकी छ। पहाडमा फागुन २२ र मधेसमा फागुन २३ गते होली मनाउने तयारी गरिएको छ। तर अहिले सम्म त्यसको जिल्लामा त्यसको कुनै छनक छैन।
तराईमा विगत वर्षहरूमा गाइने होलीका गीतहरू जन जिब्रोमा देखिएको छैन। जोगीरा सरर मधेसका सहर र गाउँ देहातमा होलीका बेला गाइने गरिन्थ्यो। फागु आउन १५ दिन अघि देखि जिल्लामा गुन्जिने गीतहरू अहिले सुनिन छाडेका छन्।
एक दशक अघि सम्म फागु पूर्णिमा होलीमा गुन्जिने गरेको 'जोगीरा सारारा' को गीत लगायतका होलीको परम्परागत मौलिकता हराउँदै गएको छ। तराईबाट चैताल, ढेड ताल, डभारी, धौतल्ली गीत र संगीत लुप्त हुँदै गएका छन्।
अवधि भोजपुरीमा बजाइने बाजाहरू ढोकल, हरमुनिया, तबला लगायतको बाजा र होलीमा गाइने परम्परागत गीतहरू अहिलेको पुस्ताले छाड्दै गएका छन्। वसन्त रितुको आगमनसँगै फागु पूर्णिमाको १५ दिन अगावै देखि सुरु हुने रौनता होली आउन ३ दिन मात्र बाकी रहँदा त्यसको कुनै छनक देखिँदैन। होलीको बेला गाइने मूल होली गीत र अवधि होली गीत जनजिब्रोबाट हटी सकेको अवधि साहित्यकार पशुपतिमणि त्रिपाठीले बताए।
अवधि साहित्यकार राघवेन्द्र श्रीवास्तवले तराईमा होलीका पुराना गीत, संगीत, मनाउने तौर तरिका सबै विलीन हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे। टोल, छिमेकी गाउँ गाउँमा होली आउनु १५ दिन अघि नै त्यसका भान हुन्थ्यो अहिले अहिले सम्म पनि कुनै रौनकता आएको देखिँदैन’ उनले भने।
अहिले फागु पूर्णिमाको एक दिन मात्र मनाउने गरिएको छ। हत्यो पनि एक डिन डिजे साउन्डमा नाचगान गरेर। अहिलेको युवा पुस्ताले मधेसमा खेलिने होलीका पुराना परम्परागतलाई बिर्सँदै गएको अवधि साहित्यकारहरू चिन्ता व्यक्त गरेका छन्। होलीको १५ दिन अगावै पण्डितद्वारा बिधिबत रूपमा पूजापाठ गरी बिधिवत रूपमा सुरुवात गरिथ्यो। गाउँ गाउँका युवाहरूले घर घरबाट गुइँठा संकलन गरी राती बालेर गीत गाइने चलन थियो। होलीको एक दिन पहिले ठाउँ ठाउँबाट चोरिएका दाउरा राति जलाएर होलीकाको दहन गर्ने चलन रहेको अवधि संस्कृतिका जानकार बिक्रममणी त्रिपाठीले बताए।
होलीका दिन त्यही खरानी पोतेर बिहान नुहाउने गर्दथे। बिहान ९ बजे पछि एक आपसमा बधाई साटासाट गरी रङ्ग लगाएर रमाइलो गरी खेलिने होलीको अहिले भने त्यो मौलिकता हराउँदै गएको त्रिपाठीले बताए। परम्परागत मौलिकता, सांस्कृतिक बारेमा युवा पुस्ताहरूलाई जानकारी गराउन नसकिएकाले यस्तो अवस्था आएको उनको ठम्याई छ।
व्यवस्थित होली खेल्न प्रशासनको आग्रह
स्थानीय प्रशासनले उल्लासको पर्व होली व्यवस्थितरुपमा खेल्न आग्रह गरेको छ।
नजिकिँदै गरेको होली पर्वमा जबरजस्ती कसैलाई पनि रङ्ग, अबिर नहाल्न आग्रह गरिएको हो। रङ्ग नलाउन नचाहने, बाटोमा हिँड्ने बटुवालाई दुःख र सास्ती हुने किसिमले रङ्ग अबीर नलगाउन आग्रह गर्दै अटेर गरेको पाइए कारबाही गरिने प्रशासनले जनाएको छ।
प्रजिअ शंकर हरि आचार्यले होली पर्वको पूर्व सन्ध्यामा सूचना जारी गर्दै मिलनको पर्व होलीलाई मर्यादित, सभ्य र अनुशासित बनाउन आग्रह गरेका छन्। जबरजस्ती लोला हान्ने, रङ्ग र फोहर पानी छ्याप्ने, होहल्ला गर्ने, मदिरा सेवन गरी झैझगडा गर्ने लगायतका क्रियाकलाप नगर्न प्रशासनले अपिल गरेको छ। कानुन विपरीत कार्यहरू गरिएको पाइए प्रचलित कानुन अनुसार कारबाही गरिने जनाइएको छ।

‘एक दशक अघि सम्म पनि होलीमा जोगीरा सारारा गीत होली आउनु अघि नै गुज्निथ्यो तर अहिले यति बेला सम्म होलीको कुनै रौनक देखिएको छैन’ परम्परागत संस्कृति लोप हुँदै गएकोमा दुःख व्यक्त गर्दै उनले भने ‘ अवधिको मौलिकता सकिँदै गएको छ’।सांस्कृतिक पर्व होली आउन दुई साता बाकी हुँदै साथीभाइहरू गीत संगीत, कविता, हास्य ब्यग्यका कार्यक्रम गरी मनाई थ्यो तर अहिले भने ती सबै कुराहरू सपना जस्तो लाग्न थालेको उनको भनाई छ।
अवधि साहित्यकार राघवेन्द्र श्रीवास्तवले तराईमा होलीका पुराना गीत, संगीत, मनाउने तौर तरिका सबै विलीन हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे। टोल, छिमेकी गाउँ गाउँमा होली आउनु १५ दिन अघि नै त्यसका भान हुन्थ्यो अहिले अहिले सम्म पनि कुनै रौनकता आएको देखिँदैन’ उनले भने।
अहिले फागु पूर्णिमाको एक दिन मात्र मनाउने गरिएको छ। हत्यो पनि एक डिन डिजे साउन्डमा नाचगान गरेर। अहिलेको युवा पुस्ताले मधेसमा खेलिने होलीका पुराना परम्परागतलाई बिर्सँदै गएको अवधि साहित्यकारहरू चिन्ता व्यक्त गरेका छन्। होलीको १५ दिन अगावै पण्डितद्वारा बिधिबत रूपमा पूजापाठ गरी बिधिवत रूपमा सुरुवात गरिथ्यो। गाउँ गाउँका युवाहरूले घर घरबाट गुइँठा संकलन गरी राती बालेर गीत गाइने चलन थियो। होलीको एक दिन पहिले ठाउँ ठाउँबाट चोरिएका दाउरा राति जलाएर होलीकाको दहन गर्ने चलन रहेको अवधि संस्कृतिका जानकार बिक्रममणी त्रिपाठीले बताए।
होलीका दिन त्यही खरानी पोतेर बिहान नुहाउने गर्दथे। बिहान ९ बजे पछि एक आपसमा बधाई साटासाट गरी रङ्ग लगाएर रमाइलो गरी खेलिने होलीको अहिले भने त्यो मौलिकता हराउँदै गएको त्रिपाठीले बताए। परम्परागत मौलिकता, सांस्कृतिक बारेमा युवा पुस्ताहरूलाई जानकारी गराउन नसकिएकाले यस्तो अवस्था आएको उनको ठम्याई छ।
‘मूल संस्कृतिको मर्मलाई विकासको प्रक्रियासँगै बढाउन सकिएन त्यसले अहिले क्रमशः अवधबाट परम्परागत संस्कृतिहरू विलीन हुँदै गएका छन् ’ उनले भने।५/६ दशकयता सामाजिक आन्दोलन समेत नभएकाले अवधिका मौलिकता हराउँदै गएको उनी बत्ताउँछन्। भाङ खाने नराम्रो परम्परालाई अहिले सम्म पनि अङ्गीकार गरेको पाइए पनि राम्रा कुराहरूmलाई भने ध्यान नदिईएको उनको गुनासो छ।