मुम्बई, चैत ९ - आफ्नो जीवनमा किनेको पहिलो कार लिएर शशी सावन्त नानो सोरुमबाट घरतिर लाग्दै थिए। गुडिरहँदा एक्कासि उनको सपनामा आगो लाग्न थाल्यो। इस्टर्न हाइवेमा नानोमा आगो देखिएपछि उनी बाहिरिए। उनले नानोका लागि २ लाख ४० हजार भारु तिरेका थिए। विश्वकै सस्तो कार नानोमा उनले एसी र पावर स्टेरिङ फिट गराएका थिए।
उनी आफै कार चलाउने जान्ने थिएनन्, त्यसैले नानो सोरुमले नै एक ड्राइभर उनीसँगै पठाइदियो।
जतिखेर उनको गाडीमा आगो लाग्यो, त्यतिखेर सडकमा धेरै गाडीह गुडेका थिएनन्। उनीहरु बन्दुप भन्ने ठाउँ पुग्दा पछाडिबाट आएको मोटरसाइकलवालाले गाडीको पछाडि हेर्न संकेत गर्यो।
मोटरसाइकलवालाको संकेतअनुसार उनीहरुले पछाडि हेरे। देखे, पछाडिको पाङ्ग्रामा आगो सल्किरहेको छ। सावन्त र उनीसँगै रहेका ड्राइभर तुरुन्तै गाडीबाट बाहिरिए। गाडी जल्न समय लागेन्। यतिसम्म कि नजिकै रहेको रुखमा समेत आगोको असर देखियो।
'के भएको हो भन्ने थाहै भएन। पछाडिबाट आएको मोटरसाइकलले भनेपछिमात्रै जलेको देख्यौं,' पेशाले इन्सोरेन्स एजेन्ट रहेका सावन्तले भने।
- हिन्दुस्तान टाइम्स