सरकारी स्वास्थ्य सेवा प्रभावहीन
२८ कार्तिक २०७३
•
८ मिनेट पाठ
सरकारी स्वास्थ्य सेवा प्रभावहीन
नेपालगन्ज- एक महिनाअघि टाउकोमा गम्भीर चोट लागेका बाँके, खजुराका पुलैराम यादवको उपचारमा परिवारले भारत, लखनउस्थित अस्पतालमा करिब दुई लाख ५० हजार रुपैयाँ खर्च गर्‍यो। सन्चो भएर घर फर्किएका उनी फेरि बिरामी परेपछि सातादेखि नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा उपचार गराइरहेका छन्। अहिले अस्पतालले लखनउ लैजान सल्लाह दिएपछि परिवार तनावमा छ। 'ऋण काढेको पैसाजति सकियो, अब कसरी लग्ने हो', दाजु जवारलालले भने, 'यही अस्पतालमा उपचार पाए त ऋणको भारी बोक्नुपर्ने थिएन।'

मध्यपश्चिम तथा सुदूरपश्चिमकै सुविधासम्पन्न सरकारी अस्पतालमा पुलैरामको उपचार हुन नसक्ने होइन। तर, अस्पतालमा उच्चस्तरीय विशेषज्ञ चिकित्सक (सुपर स्पेसलिस्ट) नहुँदा उनलाई उपचारका लागि लखनउ लैजानुको विकल्प छैन। सम्पन्न र पहुँचवाला सानोतिनो स्वास्थ्य समस्या निदानका लागि समेत विदेशी अस्पतालमा गइरहेका बेला पुलैरामजस्ता गरिब तथा विपन्नका लागि भने विदेशी अस्पतालको यात्रा बाध्यता हुने गरेको छ।

'सरकारले विशेषज्ञ डाक्टर पठाइदिने हो भने त यस्ता बिरामीलाई हाम्रैमा निको गर्न सकिन्थ्यो,' भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्यामसुन्दर यादव भन्छन्, 'तर भनेअनुसार जनशक्ति र पूर्वाधार नहुँदा बिरामीले दुःख पाइरहेका छन्।' वरिष्ठ सर्जनसमेत रहेका यादव आफ्नो विभागबाट मात्र मासिक तीन–चारजना बिरामी लखनउ जाने गरेको बताउँछन्।

भेरी अञ्चल अस्पतालमा झन्डै दर्जनको संख्यामा विभाग छन्। तर, मेडिसिन विभागमा मुटुरोगका एकजनाबाहेक अन्यमा सुपर स्पेसलिस्ट चिकित्सक छैनन्। सुपर स्पेसलिष्ट चिकित्सकको व्यवस्था गरेर आवश्यक पूर्वाधार जुटाउने हो भने लखनउमा हुने उपचार यहीं संभव हुने डा. यादव बताउँछन्।

यादवले भनेझैं सुपर स्पेसलिस्ट चिकित्सकको व्यवस्था हुने हो भने लखनउ र काठमाडौंमा हुने उपचार नेपालगन्जमै सम्भव हुने अस्पतालको अनुभवले देखाएको छ। मुटुरोगका सुपर स्पेसलिस्ट डा. कृष्णप्रसाद अधिकारी आठ महिनाअघि नेपालगन्ज आएपछि भेरी अञ्चल अस्पतालले हृदयाघात भएका बिरामीको मुटुको नसा खोल्ने, पाइपको माध्यमबाट मुटुको पानी निकाल्नेलगायत सेवा सुरु गरिसकेको छ। 'क्याथ ल्याब मेसिनलगायत अन्य उपकरण ल्याएर जनशक्ति थप्ने हो भने हामीले यहींबाट मुटुको अपरेसनबाहेकका थुप्रै सेवा प्रवाह गर्न सक्छौं,' डा. अधिकारी भन्छन्, 'तर जति माग गर्दा पनि सरकारले वास्तै गर्दैन।' आफू आएपछि भने मुटुरोगको उपचारमा आवश्यक पर्ने न्यूनतम उपकरण ल्याएको उनले बताए।

भेरी अञ्चल अस्पतालमा सुपर स्पेसलिस्ट त टाढाको कुरा, दरबन्दीअनुसारका सामान्य विशेषज्ञ चिकित्सकसमेत छैनन्। अस्पतालमा सरकारबाट सय शऒ्ढया र अस्पताल विकास समितिबाट ५० शऒ्ढया छन्, जनशक्ति भने निकै न्यून छ। ६५ जना चिकित्सकको दरबन्दी रहेकोमा अहिले ३० जनामात्र कार्यरत छन्। सरकारी दरबन्दीका २२ जनामात्र स्टाफनर्स छन्।

तथ्यांकअनुसार भेरी अञ्चल अस्पतालमा वार्षिक सरदर एक लाखको हाराहारीमा बिरामी आउँछन्। यो संख्यालाई थेग्ने जनशक्ति भने छैन। सेवा लिन लामो समयसम्म लाइन लाग्नुपर्ने र पालो आएपछि समेत राम्ररी उपचार नपाउने समस्या छ। यसले गर्दा जिल्लाबाहिरबाट आएका अधिकांश बिरामी निजी अस्पताल वा क्लिनिकमा जान बाध्य छन्।

यस्तै बाध्यतामा परेका जाजरकोटका तुलबहादुर रोकायाले सरकारी स्वास्थ्य सेवाको तीतो अनुभव सुनाए। गाउँको स्वास्थ्यचौकी हुँदै जाजरकोट जिल्ला अस्पताल र त्यहाँबाट नेपालगन्जस्थित अञ्चल अस्पताल आउँदासमेत सहज रुपमा विश्वासिलो उपचार नपाएपछि डाक्टरको निजी क्लिनिकमा पुगेको उनले बताए। 'जाजरकोटमा डाक्टर भेटिएनन्, यहाँ भेटिन त भेटिए तर नाडी र पेट छामछुम गरेर बाहिर पठाइहाले,' अस्पतालबाहिरको एक निजी क्लिनिकमा भेटिएका उनले भने, 'चित्त नबुझेपछि पाँच सयको पर्चा काटेर मेडिकलमा चेक गराएँ।'

उच्चस्तरको विशेषज्ञ सेवा नहुनु, भएका चिकित्सकले समेत अस्पतालभन्दा बाहिर बढी ध्यान दिनुले गर्दा सरकारी अस्पतालमा बिरामीको आकर्षण घट्दै गएको छ। भेरी अञ्चल अस्पतालकै एक कर्मचारी अस्पतालमा भनेको समयमा सेवा नपाउने र विभिन्न झन्झट हुने कारणले गर्दा बिरामीको ठूलो संख्या क्लिनिक वा निजी अस्पतालमा जाने गरेको बताउँछन्।

ओपिडी २ बजे नै बन्द

सर्वसाधारणको सहजताका लागि स्वास्थ्य मन्त्रालयले १० देखि ५ बजेसम्म ओपिडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। भेरी अञ्चल अस्पतालमा भने यो निर्देशन अझै कार्यान्वयन भएको छैन। चिकित्साकर्मी पहिलेझैं २ बजे नै ओपिडी बन्द गरेर आफ्नो क्लिनिक वा निजी अस्पतालतिर हिँड्छन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्यामसुन्दर यादव डाक्टरका साथै अन्य जनशक्ति र पूर्वाधार अभावको कारण निर्देशन कार्यान्वयन गर्न नसकिएको बताउँछन्। उनका अनुसार डाक्टरलाई ५ बजेसम्म ओपिडीमा राखेर उपचार सेवा प्रवाह गर्न सहयोगी स्वास्थ्यकर्मी र ल्याब सेवासमेत चालू राख्नुपर्छ। 'हामीले अहिलेकै अवस्थामा समेत ल्याब फुलफेजमा चलाउन सकेका छैनौं,' उनी भन्छन्, 'तीन घण्टा समय थपेर कसरी धान्न सकिन्छ?' आवश्यक जनशक्ति र पूर्वाधार भएपछिमात्र मन्त्रालयको निर्देशन कार्यान्वयन गर्न सकिने उनले बताए।
अर्को समाचार
दुई अर्ब रुपैयाँले सिटामोल पनि आएन
०४ फागुन २०६७
•
७ मिनेट पाठ
दुई अर्ब रुपैयाँले सिटामोल पनि आएन
altदीपक दाहाल, काठमाडौं फागुन ५ -सरकारले वार्षिक करिब दुई अर्ब रुपैयाँ खर्च गरिरहेको निशुल्क स्वास्थ्य सेवा कार्यक्रम प्रभावहीन भएको सरकारी अनुसन्धानले नै देखाएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को वर्ष दिन लामो अध्ययनले सरकारको निशुल्क स्वास्थ्य कार्यक्रम प्रभावहीन रहेको उल्लेख गर्दै भनेको छ– सरकारी स्वास्थ्य संस्थामा प्यारासिटामोल र आइरनजस्ता सामान्य औषधी पनि नियमित पाइदैँन। अध्ययनअनुसार धेरैजसो स्वास्थ्य संस्थामा अत्यावश्यकीय औषधी अभाव हुन्छ, भएका औषधी पनि स्टकमा धेरै कम।
  

परिषद् अध्यक्ष डा.चोपलाल भुसालले निशुल्क स्वास्थ्य कार्यक्रमपछि स्वास्थ्य संस्थामा बिरामीसंख्या बढेको पाइए पनि औषधी नपाइने बताए। 'निशुल्क स्वास्थ्य भने पनि सामान्य औषधी किनेर खानुपर्ने अवस्था रहेछ,' भुसालले भने।

संख्या आधारमा अनुदान पाउने भएकाले प्रत्येकपटक स्वास्थ्य संस्थाले बिरामीलाई नयाँ टिकट र नचाहिने औषधी दिएर पठाउने अनुसन्धानमा पाइएको छ। 'यसले गर्दा बिरामीसंख्या बढी र औषधी सधैं अभाव हुने रहेछ,' परिषद्का अधिकारीले बताए।

निशुल्क पाइने हुँदा नचाहिने औषधी पनि लैजाने तर खाएनखाएको अनुगमन नहुने भुसालले बताए। अध्ययनका क्रममा स्वास्थ्य संस्थामा राखिएका रजिस्टर हेर्दा धेरै बिरामीले निशुल्क औषधी नपाएको उल्लेख थियो। 'सिटामोल र आइरन चक्की पनि किन्नुपर्ने अवस्था छ, अध्ययनका क्रममा त्यस्ता सामान्य औषधीको पनि महिनौं अभाव भएको देखिएको छ,' परिषद्को अध्ययन प्रतिवेदनमा छ।

सरकारले २०६३/६४ मा अत्यन्तै गरिब, असहाय, अपांग, बृद्ध र महिला स्वास्थ्य स्वयंसेविकाका लागि स्वास्थ्य र उपस्वास्थ्य चौकी तथा २५ बेडसम्मका अस्पतालमा निशुल्क स्वास्थ्य कार्यक्रम थालेको थियो। अर्को वर्ष निशुल्क स्वास्थ्य कार्यक्रम ३५ जिल्लामा विस्तार भयो भने गत वर्षदेखि यो सेवा देशभरिका सबै स्वास्थ्य, उपस्वास्थ्यचौकी, प्राथमिक केन्द्र र जिल्ला अस्पतालमा उपलब्ध छ।

कार्यक्रमअन्तर्गत उपस्वास्थ्य चौकीमा २२, स्वास्थ्य चौकीमा ३२ र प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा ४० थरि औषधी निशुल्क पाइन्छ।

तर, अध्ययनमा उपस्वास्थ्य चौकीमा औसत १५ थरि र स्वास्थ्य चौकीमा १८ थरि औषधीमात्र पाइए। धेरै रोगमा प्रयोग हुने र महंगो मूल्यका एन्टिबायोटिक्सलगायत औषधी छोटो समयमै सकिने र फेरि स्वास्थ्य संस्थासम्म आउन महिनौं लाग्ने अध्ययनले देखाएको छ।

अध्ययनमा कतिपय ठाउँमा नचाहिने औषधी ठूलो परिणाममा र अर्को ठाउँमा त्यही औषधीको अभाव पाइयो। 'भूगोलका आधारमा औषधी पठाउनुपर्नेमा सबै ठाउँमा समानुपातिक ढंगले औषधि पठाउँदा कतै अभाव र कतै थुप्रिने पाइयो,' भुसालले भने, 'औषधी कहाँ, कति चाहिन्छ, प्रयोग कसरी भइरहेको छ भन्ने हेर्न छुट्टै निकाय चाहिन्छ।'

सरकारको निशुल्क स्वास्थ्य कार्यक्रमअन्तर्गत औषधी खरिदमा वार्षिक डेढ अर्बभन्दा बढी खर्च हुन्छ। त्यसबाहेक सरकारले उपस्वास्थ्य चौकीमा प्रतिबिरामी पाँच, स्वास्थ्य चौकीमा १० र प्राथमिक स्वास्थ्य केन्द्रमा १५ रुपैयाँ अनुदान दिने गरेको छ।

निशुल्क कार्यक्रमका लागि ३० प्रतिशत औषधी आपूर्ति महाशाखाले खरिद गर्छ भने ७० प्रतिशत औषधी जिल्लाबाटै। धेरै कमिसन आउने अनावश्यक औषधी बढी किनेर थुपार्ने र अत्यावश्यक तथा महंगा औषधी सधैं अभाव हुने आरोप लागेको निशुल्क स्वास्थ्य कार्यक्रममा अनुगमनको खाँचो अध्ययनले औंल्याएको छ।

परिषद्ले तराईका सिराहा र कैलाली, पहाडका रामेछाप र अर्घाखाँची तथा हिमाली जिल्ला जुम्लाका दुई स्वास्थ्य र दुई उपस्वास्थ्य चौकीमा एक वर्ष अध्ययन गरेको थियो। पछिल्लोपटक 'निशुल्क वितरणका लागि' लेखिएका औषधी निजी पसलमा बिक्री भइरहेको र बढी उपयोग देखाउन जिल्लाको जनसंख्याभन्दा बढी बिरामीले ओपिडी सेवा लिएको तथ्यांकसमेत सार्वजनिक भएको थियो।

गत वर्ष सरकारी स्वास्थ्य संस्थामा जनसंख्याभन्दा बढी बिरामीले ओपिडी सेवा लिएको तथ्यांक सार्वजनिक भएपछि कारण खोजी भइरहेको थियो। स्वास्थ्य सेवा विभागको गत वर्षको तथ्यांकमा विभिन्न जिल्लामा वार्षिक १ सय १७ प्रतिशतसम्म मानिसले ओपिडी सेवा लिएको देखिएको थियो।

सामान्यतः जनसंख्याको ३० प्रतिशतले मात्र ओपिडी सेवा लिने र १० प्रतिशतको भर्ना गरेरै उपचार गर्नुपर्ने विश्व स्वास्थ्य संगठनको अध्ययनमा छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस