मनोज अधिकारी, पोखरा, चैत १०- सुख्खा मौसमसँगै पर्यटकीय सहर पोखरामा खानेपानीको आपूर्ति आधा घटेको छ। दैनिक झण्डै साढे तीन करोड लिटर खानेपानीको माग रहेको पोखरामा अहिले मुस्किलले एक करोड ४० लाख लिटर मात्र आपूर्ति भइरहेको खानेपानी संस्थान कास्कीले जनाएको छ।
मागअनुसार खानेपानी आपूर्ति गर्न नसकेको संस्थानले दैनिक नयाँ धारा जडान गर्न भने छाडेको छैन। संस्थानले उपभोक्ताको मागका कारण मासिक एक सयको हाराहारीमा नयाँ धारा जडान गर्दै आएको छ।
'खानेपानीको आपूर्ति पर्याप्त हुन नसके पनि धारा वितरणको काम बन्द गर्न सकिएको छैन', संस्थानका शाखा प्रमुख ईश्वरप्रसादले भने- नयाँ घर निर्माणसँगै थप धाराको माग आउने गरेको छ। पानी नभए पनि हामीले धारा दिन्न भन्नै मिल्दैन। करिब तीन लाख जनसङ्ख्या रहेको पोखरा उपमहानगरभित्र करिब २९ हजार धारा सङ्ख्या छ। बढ्दो जनसङ्ख्यासँगै वर्षेनी धारा सङ्ख्या वृद्वि हुँदा संस्थानलाई खानेपानीको व्यवस्थापन गर्न कठिनाई हुँदै आएको छ। संस्थानका अनुसार पोखरामा सुख्खायाममा दैनिक ३ करोड ३० लाख लिटर खानेपानीको माग छ। 'अहिले हामीले मागको आधा पनि खानेपानी दिन सकेका छैनौं'- शाखा प्रमुख प्रसादले भने।
उपभोक्ताले खानेपानी दिन नसक्ने संस्थानले धारा मात्र वितरण गरेर आफ्नो दायित्व पूरा नगरेको गुनासो गरेका छन्। नयाँ वितरित धाराको अधिकांश लाइनमा महिनौंदेखि पानी नआएको आमउपभोक्ताको एउटै गुनासो छ। 'पानी दिन नसक्नेले धारा मात्र धमाधम वितरण गरिरहेको छ', छोरेपाटनका शिवहरि पौडेलले नागरिकसँग भने- पानी नदिने अनि धारा मात्र जोडेर संस्थानको दायित्व पूरा हुन्छ ?