फागु पूर्णिमामा कपिलवस्तुको तौलिहवास्थित बाल गृहमा धुमधामका साथ होली मनाइएको छ। बाल गृहमा रहेका दुई दर्जन बढी बेसहारा बालकले धुमधामसँग होली मनाएका हुन्। होलीका अवसरमा कपिलवस्तु नगरपालिकाकी उपमेयर सुनिता गुप्ता, नेपाल बाल संगठनका अध्यक्ष गोपालमणि ज्ञवाली, उपाध्यक्ष श्यामप्रसाद सुवेदी, कोषाध्यक्ष माहोम्मद बसिम मुसलमान, सदस्य धिरजप्रसाद गुप्ताले बालकलाई रङ लगाई शुभकामना एवं आशीर्वादसमेत दिएका थिए।
उपमेयर गुप्ताले बेसहारा बालकहरूसँग होली खेल्न पाउँदा आफू खुसी भएको बताइन्। ‘बाल गृहका बालकसँग होली खेल्न पाउँदा खुसी लागेको छ’,उनले भनिन्। संगठनका अध्यक्ष ज्ञवालीले बेसहारा बालकहरूसँग चाडपर्वमा यसरी रमाउन पाउँदा आनन्दित महसुस हुने गरेको बताए।
‘बालकहरूलाई राम्रो वातावरण र संरक्षण प्रदान गर्ने हामी सबैको दायित्व हो’,उनले भने। बाल गृहका बेसहारा बालकहरू यसरी उपमेयरसहितको टोलीसँग होली खेल्न पाउँदा खुसी बनेका थिए। उनीहरूले आफूहरूलाई माया र साथ दिन सबैसँग आग्रह गरे।