सात ठूला रोगहरुलाई जितेर नयाँ जीवन
३० कार्तिक २०७३
•
५ मिनेट पाठ
सात ठूला रोगहरुलाई  जितेर नयाँ जीवन
चेतनारायण आचार्य।
अर्घाखाँची–मानिसलाई एउटै रोगले पनि ज्यान लिने गरेको छ। जटिल प्रकारका रोगलागि थुप्रै व्यक्तिले अकालमै मृत्युवरण गरेका छन्। ठूला रोग लागेपछि बाच्न सकिँदैन भन्ने मान्यता हाम्रो समाजमा विद्यमान छ। बलियो आत्मबल, प्राकृतिक चिकित्सा र खानपानमा ध्यान दिए ठूला रोगहरुसँग पनि सजिलै लड्न सकिँदो रहेछ भन्ने उदाहरण बनेका छन् नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष चेतनारायण आचार्य।




क्यान्सर, मृगौलामा खराबी, पायल्स, कलेजोको समस्या, मुटु, बाध र मधुमेहका रोगी आचार्यलाई अहिले कुनै रोग छैन। जटिल प्रकारका रोगले ग्रसित आचार्चको स्वास्थ्यमा आश्चर्यजनक तबरले  सुधार आउला भनेर कसैले सोचेको थिएन। अन्य रोगहरु केही समय अघि नै निको पारेका भएपनि उनको शरीरमा रहेको छालाको क्यान्सर पनि पूर्ण रुपमा निको भएपछि उनको परिवार, आफन्त र शुभेच्छुकमा खुसीयाली छाएको छ।

नवलपरासीमा रहेको  सामुदायिक  प्राकृतिक चिकित्सालय रजरमा बसेर उनले क्यान्सर बाहेकका सबै रोग निको पारे। प्राकृतिक चिकित्सा बिधिको उपचारबाट उनले मृगौलामा देखिएको गम्भीर प्रकारको समस्यालाई निको पारेपछि उनमा अन्य रोगसँग लड्ने आत्मबल बढ्यो। क्रमैसँग अन्य रोगहरुलाई निको पार्दै गएपछि क्यान्सरको उपचारमा केन्द्रित बने। क्यान्सरकालागि चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, नेपाल क्यान्सर अस्पताल हरिसिद्धि काठमाडौंहुँदै दिल्लीको मेदान्त  हस्पिटलसम्म पुगेर उपचार गरे।

‘मैले नयाँ जीवन पाएँ’, आचार्यले भने,  ‘दृढ संकल्पका साथ प्राकृतिक चिकित्सा विधि अपनाउने हो भने म जस्ता धेरै रोगीले अकालमा ज्यान फाल्न पर्दैन्थ्यो।’ उनले रोग लागिहाल्यो भनेर नअताल्लिई  धैर्य र संयमता अपनाएर उपचार गरेमा मनोवैज्ञानिक असर कम पर्ने बताए। ‘आत्मबल कमजोर बनाएको भए म बाच्ने थिइँन’, उनले थपे, ‘रोगसँग लड्ने शक्ति भनेकै आत्मबल रहेछ ।’

उनले आफूलाई परेको समस्या र उपचार विधिका बारेमा आफूजस्ता अन्य रोगीलाई चेतना जगाउने काममा लाग्ने बताए। उनको सल्लाह अनुसार जिल्लाका अन्य बिरामी प्राकृतिक चिकित्सा बिधिबाट उपचार गर्न रजर जान थालेका छन्।

मंगलबार बिहान क्यान्सर रोग  विशेषज्ञ डा. सुसिल कुमार श्रेष्ठले आचार्यलाई क्यान्सर पूर्ण रुपमा निको भएको खबर सुनाएपछि आचार्यले घरपरिवार, आफन्त र शुभेच्छुकलाई आफू क्यान्सबाट मुक्त भएको भन्दै खुसी बाँडेका थिए । त्यसपछि सामाजिक संजाल र फोनबाट परिवारका सदस्य, आफन्त र शुभेच्छुकहरुले खुसी साटसाट गरिरहेका  छन्। ‘आज जति म कहिल्यै पनि खुसी भएकी थिइँन’ चेतनारायणकी श्रीमती दिपाले भनिन, ‘उहाँलाई सधै स्वस्थ देख्न पाइयोस भनी कामना गरी बसेकी छु।’ उनले श्रीमानको उपचारमा सहयोग गर्ने सम्पूर्ण डाक्टर स्वास्थ्य लाभको कामना गर्ने आफन्त, सम्पूर्ण शुभेच्छुकलाई धन्यबाद दिइन्।

आचार्यको स्वास्थ्यमा पूर्ण रुपमा सुधार  भएको खबर पाएपछि एमालेका नेता/कार्यक्रता देखि अन्य  जिल्लाबासी पनि उत्तिकै खुसी भएका छन् । आचार्य एमालेमा निष्ठावान र चट्टानी अडान भएका  नेताको रुपमा परिचित छन् । उनले  ०५४ साल देखि देखि ०६४  साल सम्म १० वर्ष र ०६९ देखि ०७३ सम्म ४ वर्ष गरि १४ वर्ष एमाले अर्घाखाँचीको नेतृत्व गरिसकेका छन् ।  
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१६ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस