रिबन र कार्डको अभावमा स्मार्ट कार्डको सट्टा दिईदै आएको अस्थायी कार्ड वितरण अनियमित
२८ फागुन २०७९
•
२ मिनेट पाठ
रिबन र कार्डको अभावमा स्मार्ट कार्डको सट्टा दिईदै आएको अस्थायी कार्ड वितरण अनियमित
लाईसेन्स लिन लाम लागेर बसेका सेवाग्राहीहरु । तस्बिर : सन्देश/नागरिक
सवारी चालक अनुमती पत्र (लाईसेन्स) बनेर आउन ढिलाई हुँदा सेवाग्राही हैरान थिए। स्मार्ट लाईसेन्सका लागि आवेदन दिएकाहरुले बायो म्याट्रिक्स, लिखित परीक्षा र ट्रायल पास गरेर राजश्व बुझाएपछि बन्ने प्रक्रियामा गएको लाईसेन्स आउन कहिले एक वर्ष त कहिले त्यो भन्दापनि बढी समय लाग्ने भएपछि कास्कीमा परीक्षणकालीन सवारी चालक अनुमति पत्र वितरण गर्न शुरु गरिएको थियो।




जसको उद्देश्य थियो, स्मार्ट लाईसेन्सका लागि आवेदन दिएकाहरुले बायो म्याट्रिक्स, लिखित परीक्षा र ट्रायल पास गरेर राजश्व बुझाउने वित्तिकै १० मिनेटमा नै अस्थायी कार्ड प्राप्त गरुन्। यसले लाईसेन्स प्राप्त गरेका सेवाग्राहीलाई आफूले लाईसेन्स प्राप्त गरेको अनुभूति गराओस् र सवारी चलाउँदा चोक/चोकमा हुने चेकिङमा समस्या नहोस्।

गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, कास्कीले यो सेवा शुरु गरेसँगै सेवाग्राही खुशी थिए। तर पछिल्लो समय यो अनियमित हुँदा सेवाग्राही मर्कामा परेका छन्। कहिले लाईसेन्स छाप्ने कार्ड त कहिले रिबन, टोनर नहुँदा अनि कहिले मेसिन बिग्रिदा परीक्षणकालीन कार्ड वितरण अनियमित हुने गरेको छ। जसको प्रत्यक्ष असर सेवाग्राहीमा पर्दा अस्थायी रुपमा वितरण हुने परीक्षण कालीन लाईसेन्स नलिई फर्किन बाध्य हुने गरेका छन्।

हुँदाहुँदा पछिल्लो एक हप्तादेखि त परीक्षणकालीन लाईसेन्स कार्ड वितरण ठप्प भएको छ। यसले गर्दा सबै प्रक्रिया पूरा गरेर लाईसेन्स पाउने आशामा कार्यालय पुगेका सेवाग्राही लाईसेन्स नपाएपछि चित्त दु:खाउँदै फर्किने गरेका छन्। लाईसेन्स पाउने आशामा उनीहरु दिनदिनै कार्यालय धाउँछन् तर कार्यालयका कर्मचारीले लाईसेन्स प्रिन्टमा समस्या भएकाले राजश्व तिरेको कागजले काम चलाउन आग्रह गर्दै फर्काउने गरेका छन्।

प्रिन्टरको सामान मन्त्रालयबाट नआउँदा सेवाग्राहीलाई सेवा दिन नसकिएको यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, कास्कीका अधिकृत तुलसी पौडेलले बताए। 'हामीले प्रिन्टिङ गर्नेमात्र हो, मन्त्रालयबाटै सामान नआएकाले अहिले परीक्षण लाईसेन्स कार्ड दिन सकेका छैनौं’ उनले भने। उनका अनुसार मन्त्रालयले एक हप्तादेखि रिबन र कार्ड नदिएकाले परीक्षण लाईसेन्स कार्ड वितरण रोकिएको हो।

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, कास्कीका निमित्त प्रमुख शंकर थापाले मन्त्रालयसँग समन्वय गरेर पुन: परीक्षण लाईसेन्स कार्ड वितरण गर्ने प्रयास भइरहेको बताए। 'सायद चाँडै वितरण कार्य शुरु हुन्छ’ उनले भने।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले मन्त्रालयबाट रिबन र कार्ड आईतबार नै पठाईसकिएको जिकीर गरे। 'हामीले सामान पठाईसकेका छौं। भोलिदेखि नै कार्ड वितरण शुरु हुन्छ’ उनले भने।
अर्को समाचार
स्मार्ट लाईसेन्सको सट्टा अस्थायी कार्ड
१६ असोज २०७८
•
३ मिनेट पाठ
स्मार्ट लाईसेन्सको सट्टा अस्थायी कार्ड
गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का पहिलो सेवाग्राही दमन थारुलाई परीक्षणकालीन सवारी चालक अनुमति पत्र वितरण गर्दै । तस्बिर : सन्देश/नागरिक
यातायात व्यवस्था कार्यालयले परीक्षणकालीन सवारी चालक अनुमति पत्र वितरण गर्न शुरु गरेको छ । यातायात व्यवस्था विभागले स्मार्ट लाईसेन्स वितरणमा ढिलाई गरेपछि गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा कार्यालयले अस्थायी प्रकारको परीक्षणकालीन सवारी चालक अनुमति कार्ड वितरण गर्न थालेको हो ।  




अस्थायी प्रकारको परीक्षणकालीन सवारी चालक अनुमति पत्र वितरणको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले शुभारम्भ गरे । लिखित र ट्रायल परीक्षा पास गरेका चालकलाई यो कार्ड उपलब्ध गराउने योजना कार्यालयको छ ।  

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, कास्कीले सो सेवा शुरु गरेसँगै अब गण्डकी प्रदेशका सेवाग्राहीले राजश्व तिरेको १० मिनेट भित्रै परीक्षणकालीन सवारी चालक अनुमति पत्र प्राप्त गर्नेछन् । कार्यालयका निमित्त प्रमुख भरतराज काफ्लेका अनुसार स्मार्ट लाईसेन्सका लागि आवेदन दिएकाहरुले बायोम्याट्रिक्स, लिखित परीक्षा र ट्रायल पास गरेर राजश्व बुझाउनेलाई तत्काल अस्थायी कार्ड दिन लागिएको हो । जुन कार्डको अवधी एक वर्षको हुन्छ । एक वर्ष भित्रमा स्मार्ट लाईसेन्स आएमा अस्थायी कार्ड बुझाएर सेवाग्राहीले स्मार्ट लाईसेन्स लैजान पाउनेछन् ।

स्मार्ट लाईसेन्सका लागि राजश्व बुझाएका सेवाग्राहीहरुले चारवर्षसम्म स्मार्ट लाईसेन्स नपाउँदा हैरानी बेहोर्नुपरेको थियो । सोहि हैरानीको अन्त्य गर्न अस्थायी कार्ड वितरण गर्न थालिएको कार्यालयका अधिकृत रमानाथ आचार्यले बताए । ‘स्मार्ट लाईसेन्सको नाममा चारवर्षदेखि कार्ड आएको छैन, कार्ड नहुँदा सेवाग्राहीले राजश्व तिरेको रसीद बोक्ने गरेका छन्, तर त्यो रसीदमा अनुहार नहुँदा दुरुपयोग पनि भइरहेका छन्, रसीद च्यातिने, कार्वन उडेर नामै मेटिनेप नि हुन्छ, यस्तो झञ्झटबाट मुक्ति अस्थायी कार्डले दिन्छ,’ उनले भने । उनले प्रिन्ट गर्न वर्षाै लाग्ने हो भने स्मार्ट लाईसेन्सको सट्टा बरु अस्थायी कार्डलाई नै स्थायी लाईसेन्सको मान्यता दिनु राम्रो हुने बताए ।
नयाँ लाईसेन्स पाउनेले अस्थायी कार्ड पाएपनि नवीकरण गर्दा भने अस्थायी कार्ड नपाउने भएका छन् । यातायात व्यवस्था विभागले विवरण नदिदाँ नवीकरण गर्नेलाई अस्थायी कार्ड दिन अप्ठेरो भएको प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले बताए । ‘नवीकरण गर्नेलाई पनि दिने हो, तर त्यसका लागि विभागले हामीलाई विवरण दिनुप¥यो, विवरण दिएन भने यहीबाट स्थायी लाईसेन्स दिने प्रक्रियामा प्रदेश सरकार अगाडि बढ्छ,’ उनले भने । उनले संघीयता आएपनि गण्डकीको विवरण संघ सरकार मातहतको काठमाडौं एकान्तकुनामा पुग्ने र त्यो विवरण लिन खोज्दा नपाइने स्थिति रहेको बताए ।

मन्त्री खड्काले यातायात कार्यालयको सेवा दिने शैली परम्परावादी भएको टिप्पणी गरे । ‘यहाँको सेवा सेवाग्राही मैत्री छैन, जसले गर्दा सरकार नभएजस्तो महशुस गराउँछ, यसले जनतालाई बिचौलियाको हातमा पु¥याउँछ,’ उनले भने । उनले बिचौलियारहित कार्यालय बनाउन सहयोगी कक्षकोसमेत स्थापना गरेको बताउँदै अब पेपरलेस बनाउने समेत बताए ।

मन्त्री खड्काले वैशाख यता लाईसेन्सका लागि ८७ हजारले फारम भरेपनि सेवा नपाएको भन्दै अब तुरुन्त बायोमेट्रिक्स शुरु गर्न निर्देशन दिए । हिजोजस्तो ढिलासुस्ती भएको, फारम भर्न रातीराती आउनुपरेको गुनासो सुन्न नपरोस् भन्दै उनले भने, ‘फारम भरेको भोलिपल्ट बायोमेट्रिक्स, त्यसको भोलिपल्ट लिखित परीक्षा र लिखित परीक्षाको नतिजा आएको १÷२ दिनमै ट्रायल दिने व्यवस्था गर्नुपर्छ । अनि ट्रायल उत्तिर्ण भएको ३ दिन भित्र राजश्व बुझाउने र लगत्तै अस्थायी लाईसेन्स दिने व्यवस्था गर्दा उपयुक्त हुन्छ ।’  मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठले अस्थायी लाईसेन्स वितरण गर्ने कार्यले तुरुन्तै स्मार्ट लाईसेन्स पाउने स्थिति नबनेसम्म निरन्तरता पाउने बताए ।  
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस