मकवानपुरको विकट पालिकाको रुपमा रहेको राक्सिराङले सर्वसाधारणको सहजताका लागि घरघरमै पुगेर सेवा दिने उद्देश्यले घुम्ति शिविर सुरु गरेको छ।
पालिकाबासीलाई स्थानीय सरकारको आभास गराउनका लागि राक्सिराङले घुम्ति शिविर मार्फत घरघरै पुगेर सेवा दिन सुरु गरेको हो । स्थानीय सरकारले दिने सबै सेवाको पहुँच वृद्धि गर्दै सरल र सहज सेवा दिनका लागि घुम्ती शिविर सुरु गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । घरघरै पुगेर बिरामी जाँचदेखि योजना अनुगमन र स्थलगत रुपमै भुक्तानी दिने लगायतका सेवा सुरु गरिएको हो।
‘सेवा लिने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नाराका साथ गाउँपालिकाले राक्सिराङको ४ नम्बर वडाबाट एकीकृत घुम्ती सेवाको सुरुवात गरेको छ। ४ नम्बर वडा कार्यालयमा एमबिबिएस डाक्टर सहितको स्वास्थ्य सेवा र निःशुल्क औषधी वितरण गरिएको छ। स्थानीयलाई तरकारीका बिउ वितरणका साथै पशुलाई लाग्ने विभिन्न रोगको औषधी समेत निःशुल्क उपलब्ध गराइएको छ।
गाउँपालिका अध्यक्ष मल्लसहित उपाध्यक्ष वनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला लगायतको टोलीले गाउँघरमै पुगेर घुम्ती शिविरमार्फत सेवा प्रदान गरेका हुन्। आफ्नो टोलमै गाउँपालिकाको टोली आएपश्चात स्थानीय मख्ख रहेका छन् । ज्येष्ठ नागरिक, अशक्त तथा हिँड्न नसक्ने बिरामीका लागि घरघरमै पुगेर स्वास्थ्य जाँच र निःशुल्क औषधीको समेत व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष मल्लले जानकारी दिए।
खरको छानोमुक्त अभियान सञ्चालन गरेको गाउँपालिकाले खरको छाना भएका परिवारलाई घरमै पुगेर जस्तापाता वितरण पनि गरेको छ । घुम्ति शिविरको क्रममा ६ परिवारलाई घरघरमै जस्तापाता पु¥याइएको छ। एकीकृत शिविरमै व्यवसाय दर्ता, अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचयपत्र वितरण, गरिब घरपरिवार परिचयपत्र वितरण पनि गरिएको छ।
८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने उद्देश्यले जनप्रतिनिधि र कर्मचारीहरु घरघरमै पुगेर पोषिलो आहार तथा उपयोगी सामग्री हस्तान्तरण गरिएको छ । एकीकृत शिविरमा २१९ जनाको निःशुल्क स्वास्थ्य जाँच गरी औषधी वितरण गरिएको छ भने २०४ जनाले आयुर्वेद सेवाका साथै औषधी प्राप्त गरेको राक्सिराङ अस्पतालका सिनियर अहेब यमप्रसाद गौतमले बताए । शिविरमा गर्भवतीलाई भिडियो एक्सरेका साथै पोषिलो पीठो वितरण पनि गरिएको थियो।
११ जना गर्भवतीले यस सेवा लिएका थिए । कृषि र पशुतर्फ दुईसय जना भन्दा बढीले सेवा लिएका छन् । एकीकृत शिविर अन्तर्गत ४ नम्बर वडाको श्री आधारभूत विद्यालयको घेराबार तथा तारजाली योजनाको अनुगमन गरी सोही स्थानमै भुक्तानी दिइएको थियो । ४ नम्बर वडाका विभिन्न विद्यालयको अनुगमन समेत गरिएको गाउँपालिका उपाध्यक्ष वनस्तम थिङले बताए । यो अभियानलाई निरन्तरता दिँदै जाने योजना अनुरुप एकीकृत शिविरको मिति तोकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले बताए।