दाङको बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा ‘नमुना बस्ती’ निर्माणको योजना ल्यायो। गरिब तथा असहायहरुको बासस्थान निर्माण गरेर नमुना कार्य गर्ने योजनामा रहेको यो गाउँपालिकालाई यहि योजनाका लागि संघीय सरकारले दुई करोड बजेट दियो। गाउँपालिकाले एक करोड रकम छु्ट्यायो। तीन करोड लागतमा गाउँपालिकाले चार वटा वडामा ३० वटा दुई दुई कोठाका भुकम्प प्रतिरोधी घर निर्माण गर्यो।
प्रति घर ७ लाख लागतमा यो गाउँपालिकाको वडा नम्बर ५ मा १२, वडा नम्बर २, ६ र ८ मा ६/६ वटा घर बनाइए। दुई कोठे ब्लक निर्माण भएका तीस मध्य सुरुमा ११ घरमा मात्रै नागरिकहरु बसे। बाँकी घर रित्तै रहे। १९ घरमा लागेको कुल लागत एक करोड ३३ लाख रकम बेकाममा खर्च भयो। सुरुमा केहि घरमा बसेका ‘गरिब’ हरुको पनि उठिबासै लाग्यो। घरले न घाम छेक्ने, नत पानी। कुल तीन करोड लागतमा गरिबका लागि बनाईएका घरमा कोहि नबसेपछि कैयन घर भत्कीसकेका छन्। अहिले अधिकांश घरहरु रित्तै छन्, जिर्ण बन्दै गएका छन्।
बंगलाचुली गाउँपालिका वडा नम्बर ८ हाँसिपुरको अग्लो जंगलमा ६ वटा घरहरु बनाइए। ६ परिवार राख्नका लागि बनाइएका ति सबै घर अहिले रित्तै छन्। ‘हाम्रो वडामा बनाइएका सबै घरहरु रित्तै छैन्’ वडा अध्यक्ष झबिन्द्र गाहा भन्छन् ‘बस्नका लागि घरहरु योग्य भएनन्, मान्छेहरु कोहि पनि बस्न आएनन्।’ हालका वडा अध्यक्ष गाहालाई ति घरहरु निर्माणका बारेमा केहि थाहा छैन। ‘हामीहरु यी घरहरु बन्ने बेला जनप्रतिनिधि थिएनौँ,’ उनले भने ‘त्यो बेला कसरी घरहरु बने एकिन जानकारी भएन।’
गाउँपालिकाले वडा कार्यालयलाई गरिब तथा असहायको पहिचान गरेर घरमा बसाल्ने जिम्मेवारी दियो। तर वडाले उक्त अग्लो डाँडोमा कसैलाई पनि लैजान सकेन। ‘हामीहरुले त्यहाँ बस्नेहरुको पहिचान गर्ने कोशिश त गरेकै हो, तर कोहि पनि बस्नका लागि राजी भएनन्,’ यो वडाका पूर्व वडा अध्यक्ष गिरीराज बाँठा भन्छन् ‘कोहि पनि बस्न नमानेपछि यि घरहरु खाली नै रहे।’
गाउँपालिकाले झण्डै ५५ लाख रकम खर्चेर उक्त ठाउँमा ६ वटा घर निर्माण गरेको भएपनि त्यहाँको खानेपानीको अवस्थालाई भने हेरिएन। त्यहाँबाट पिउने पानीका लागि झण्डै तीन घण्टा तल खोला झर्नुपर्छ।
अहिले गरिबहरुका लागि बनाईएका सबै घरहरु जिर्ण बनेका छन्। ‘एउटा घरको जग दबीसकेको छ,अरु घरका पन झ्यालका शिशाहरु फूटेका छन्,’ वडा अध्यक्ष गाहा भन्छन् ‘कुनै घरमा झ्याल , ढोका नै छैनन्।’ गरिबहरुको आश्रयका लागि भनेर बनाईएका घरहरुमा कोहि पनि बस्न नमानेपछि कोरोना कालमा ति घरहरु क्वारेनटाईनका रुपमा प्रयोग गरिए। ‘कोरोनाका बेला यि घरहरुलाई क्वारेन्टाईन बनाईएको थियो,’ वडा अध्यक्ष गाहाले भने ‘त्यसयता घरमा कोहि पनि बसेको छैन।’
यो गाउँपालिकाको वडा नम्बर २ को बढिपोखरामा गरिब तथा असहायका लागि ६ वटा घर बने। यी ६ घरमा ६ परिवार अति विपन्न तथा गरिबलाई आश्रय दिने लक्ष स्थानीय सरकारको थियो। तर यी ६ वटै घर अहिले सम्म रित्तै छन्। घर निर्माण पश्चात वडा कार्यालय गरिब तथा असहायहरुको पहिचानमा लाग्यो। ६ बिपन्न परिवार छान्यो पनि । तर ति घरमा बस्न जान ईच्छुक कोहि गरिब भने भेटिएनन्। वडा कार्यालयले आधा/एक रोपनी जग्गा भएकाहरुलाई नै त्यहाँका गरिबको सुचीमा राख्नु पर्यो। तर आँफूले उपभोग गर्दै आएको जमिन छोडेर एक घण्टा पैदल दुरीमा जान कोहि राजी भएनन्। ‘अहिले हाम्रो वडामा बनेका ६ वटा घर मध्य कुनै पनि घरमा मान्छे बस्नु भएको छैन,’ यो वडाका वडा अध्यक्ष मैते पुन मगरले भने ‘कोहि पनि नबसेका कारण घरहरु जिर्ण बन्दै गइरहेका छन्।’ उनका अनुसार सुरुमा दुई तिन घरमा स्थानीयहरु बस्न थालेका थिए। तर अहिले उनीहरु पनि त्यहाँबाट बिस्थापित भैसकेका छन्।
उनका अनुसार यी घर निर्माण भएको स्थलमा कुनै व्यवसाय गरेर बस्न सकिने अवस्था छैन। नजिकमा मानव बस्ती नै नभएको थलोमा गएर कोहि पनि बस्न राजी भएनन्। ‘गरिबका लागि भनेर बनाईएका घरहरुका झ्याल ढोका फूटेर जिर्ण छन्,’ उनले भने ‘यी घरहरुमा कोहि पनि बस्न मन्जुर नभएपछि घरहरु बेकामे नै भए।’ यहाँ रहेका यि खाली घरहरुलाई कोरोना कालमा क्वारेन्टिन बनाइए।
स्थानीय सुरबीर मगरको बढिपोखरा गाउँमा झण्डै एक रोपनी जमिन छ। उनी त्यहि जमिनमै सानो टहरो हालेर बसेका छन्। गाउँमा सानो टहरो हालेर बसेको उनको चारजनाको परिवार सुरबीरकै ज्याला मजदुरीबाट चल्दै आएको छ। स्थानीय सरकारले उनलाई विपन्न परिवारको सुचीमा राख्यो। उनलाई प्रस्ताव गर्यो — सरकारले बनाइदिएको घरमा बस्नुस्। सुरबीरले सर्त राखे ‘त्यहाँ रोजगारी के हुन्छ?’ जंगल क्षेत्रमा घर बनाईएको उक्त स्थानमा आयस्रोतको माध्यम केहि छैन। उनी मजदुरीका लागि एक घण्टा पैदल गाउँमै झर्नुपर्ने बाध्यता आईपर्ने भयो। अनि उनले सरकारको प्रस्ताव अस्वीकार गरिदिए। ‘घरबास यहिँ छ, जेनतेन ज्याला मजदुरी गरेर खाईरहेकै छु,’ सुरबीरले भने ‘घरमात्रै दिएर घरले खान दिन्छ? त्यहाँ गयो भने त मजदुरी गर्ने ठाउँ पनि छैन, अनि झनै दुख पाउन किन जानु?’
यो पालिकाको वडा नम्बर ५ मा १२ वटा घरहरु बने। १२ मध्य ४ घर रित्तै छन्। ८ घरमा भने जेनतेन नागरिकहरु बसेका छन्। ‘८ घरमा मान्छे बस्नु भएको छ,’ यो वडाका वडा अध्यक्ष लिले घर्तीले भने ‘माथिल्लो भेकका ४ घर भने रित्तै छन् ।’ उनका अनुसार चार घर रहेको माथिल्लो भेग मानव बस्ती देखि टाढा छ। ‘मानव बस्ती देखि टाढा रहेका कारण यि घरमा कोहि पनि नबस्नु भएको होला,’ उनले भने ‘मान्छे नबसेपछि त घरहरु जिर्ण बन्दै त जाने होनि।’
वडा नम्बर ६ मा बनेका ६ घर पनि जिर्ण बन्दै जान थालेका छन्। ३ परिवार जेनतेन बसेका छन्। तर ३ वटा घरमा भने कोहि पनि बस्न गएनन्। यी घरहरु जिर्ण बन्दै गएका छन्। यो वडाका वडा अध्यक्ष डोमबहादुर केसी भन्छन् ‘समग्रमा भन्दा घरहरु बस्नका लागि योग्य भएनन्, अनि मान्छे बस्न राजी भएनन्।’
निर्माण लागत अस्वाभाविक
गरिबहरुका लागि भनेर बनाइएका प्रिफ्याव घरहरुको कुल लागत ३ करोड हो। प्रतिघर ७ लाखमा बनाइएका घर घर निर्माणमा लागेको लागत अँझ अस्वाभाविक छ। यस्ता घर निर्माण गर्दै आएका जानकार प्राविधिकहरुका अनुसार प्रतिघर कम्तीमा दुई लाख रुपैयाँ लागत बढि देखाइएको छ। तीस घर निर्माण गर्दा ६० लाख बढि रकम अस्वाभाविक खर्च हुन आउँछ। गाउँपालिकाले एउटा घरमा लागेको लागत सात लाख देखाएको छ। तर प्राविधिकहरु भन्छन् ‘यो त निकै अस्वाभाविक हो।’
भूकम्प प्रतिरोधात्मक (यस्ता) घरहरु निर्माण गर्दै आएका एक सब इृन्जिनीयरले भने बढिमा पाँच लाख लागतमा यस्ता घर निर्माण हुने दाबी गर्छन्। ‘दुई कोठा, १० बाई १२ साईजका घर मैले पनि बनाएको हो, मैले यस्ता घरहरु ५ लाख लागतमा बनाएको हुँ,’ उनले त्यो बेलाको लागत बारे भने ‘तर बंगलाचुलीमा बनेका घरहरुको लागत त निकै बढि हो।’
यस्तै घर निर्माण गरेका अर्का सब ईन्जिनीयरको अनुभवमा पनि बंगलाचुलीमा बनाइएका घरहरुमा प्रति घर दुई लाख देखि माथिनै लागत देखाइएको छ। चार देखि पाँच लाख सम्ममा घर पूर्णरुपमा तयार हुने भन्दै अर्का सब ईन्जिीनियरले भने ‘सात लाख लागत त सुहाउँदै नसुहाउने रकम भयो।’
यी घरहरु निर्माणका लागि घोराही स्थित माईन स्टोन नामक कम्पनिले जिम्मा पाएको थियो। २ करोड ५८ लाखमा आँफूले बोलकबोल मार्फत ठेक्का हात परेको वताउने कम्पनिले पहाडी क्षेत्र भएकाले पनि लागत केहि महंगो पर्न गएको दाबी गर्छ।
के भन्छ गाउँपालिका ?
गाउँपालिकाको अघिल्लो नेतृत्वका बेला निर्माण भएका यी घरहरुमा बस्नका लागि अहिलेको पालिका नेतृत्वले पनि स्थानीयहरुलाई आह्वान गरिरहेको छ। ‘हामीहरुले कोहि बेसहारा, बिपन्न नागरिकहरु बस्न आउनु हुन्छ भने आउनुस् भनेर आह्वान गरिरहेका छौँ,’ गाउँपालिका अध्यक्ष सुबास पुनले भने ‘तर अहिले सम्म कोहि पनि आउनु भएको छैन।’ उनका अनुसार केहि घरहरुमा मान्छेहरु बसिरहेका छन्।
तर केहि घरहरु अहिले पनि खाली रहेकाले ति घरमा पनि मान्छेहरुलाई बसाल्ने प्रयत्न गाउँपालिकाले गरिरहेको छ। पालिकाका अनुसार बस्नका लागि घर मात्रै प्रदान गरिँदा पनि नागरिकहरु बस्न तयार भएनन्। ‘गाउँ घरका नागरिकहरुलाई बस्ने घर मात्रै नभएर खेती किसानी गर्ने वा अरु व्यवसाय गर्ने बाटो पनि चाहिन्छ,’ गाउँपालिका अध्यक्ष पुनले भने ‘तर त्यहाँ घर मात्रै भयो, अनि अरु व्यवसाय गर्ने ठाउँ नै नभएपछि बस्न जाने व्यक्तिहरु अनिच्छुक देखिएको अवस्था हो।’
तथापी अघिल्लो नेतृत्व कालमा यि घर निर्माणका लागि राखिएको उदेश्य भने गलत नभएको उनको भनाई छ। ‘विपन्नहरुलाई आश्रय दिने भनेर राखिएको उदेश्य जायज हो,’ उनले भने ‘तर यी घरहरु खाली हुँदा पनि बिपद् परेका बेला हामीहरुले यि घरहरुलाई आश्रय स्थलका रुपमा प्रयोग गरिरहेका छौँ।’ कोरोना कालमा क्वारेन्टाईन बनाईएका यि घरहरुमा बाढी पहिरोमा परेकाहरुलाई आश्रय दिइएको पुनले बताए। यसैगरि गत निर्वाचनमा पनि यी घरहरुमा सुरक्षाकर्मीहरुलाई व्यवस्थापन गरिएको उनले सुनाए।