रुपन्देहीको तिलोत्तमा नगरपालिकाले एक दिने वृत्ति मार्ग निर्देशन तथा रोजगार सूचना मेला सम्पन्न गरेको छ। नगरबासीलाइ रोजगारीमा जोड्नका लागि सहजकीरण गर्ने उदेश्यले संचालित एक दिने मेलामा तीन हजार बढी सहभागी भएको नगरपालिकाले जनाएको छ।
मेलामा १ हजार ८ सय जनाले रोजगारीको माग गर्दै फाराम भरेका छन्। रोजगारीको आवेदन सहित मेलामा पुगेकाहरु मध्ये सिपयुक्त एकसय जनालाई विभिन्न रोजगार कम्पनीले जागीरका लागि सम्झौता गरेका छन्। मेलामा विशेषगरी जागरीका लागि फाराम भर्न पुगेका युवायुवतीहरुको भिड थियो। विभिन्न रोजगारदाता कम्पनी,स्थानीय उत्पादन,परामर्सदाता,सीप परियोजना सम्बन्धि ४० स्टल थिए।
तिलोत्तमाको मंगलापुरमा संचालन गरीएको मेलामा सीपमुलुक तालिम तथा रोजगारीका विभिन्न अवसरबारे जानकारी,सीपको प्रमाकिरण,युवायुवतीहरुलाइ करियार निर्माणका लागि आवश्यक परामर्श प्रदान गरीएको रोजगार सूचना मेलाका संयोजक गणेश पाठकले बताए।
मेलाको उदघाटन गर्दै नगरप्रमुख रामकृष्ण खाणले रोजगारी श्रीजनाका सम्भावना र उद्यमशीलताको विकासका लागि एक दिने वृत्ति निर्देशन तथा रोजगार सूचना मेलाको अयोजना गरेको बताए। नगरवासीको जीवनस्तर माथि नउठे सम्म तिलोत्तमाको समृद्धि सम्भव नभएको भन्दै उनले स्थानीय जनशक्ति,श्रम,उत्पादन र आवश्यकता पहिचानका लागि मेला उपलब्धीमुलक हुने विश्वास व्यक्त गरे।
‘यो मेलाबाट नगरमा बेरोजगारीको अवस्था कस्तो छ,सिप मुलक कार्यक्रम कस्ता ल्याउनु पर्छ भन्ने जानकारी लिएका छौं। दक्ष जनशक्ति र रोजगारदाता विच पुलको काम गरेर तीनलाइ रोजगारीमा जोड्ने प्रयास गरेका छौं’ नगरप्रमुख खाणले भने। कृषिलाई प्रविधिसंग जोड्दै कृषि उद्यमको विकास गर्ने,शिप मुलक तथा प्राविधिक शिक्षा मार्फत युवायुवतीहरुलाई स्वरोजगार उन्मुख बनाउने योजनाहरु अगाडी सारेको उनले बताए।
कार्यक्रममा बोल्दै उपप्रमुख जागेश्वरी देवी चौधरीले मेलाकै माध्यमबाट बेरोजगार युवायुवतीलाई रोजगारीमा जोडन सहजीकरण हुने बताइन्। नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नारायण अर्यालले इन्स्योर परियोजनाको सहयोगमा आयोजित रोजगार सूचना मेला मार्फत युवायुवतीहरुलाई वृत्ति परार्मश प्रदान गर्नुका साथै दक्ष जनशक्ति उत्पादन र शिपयुक्त जनशक्तिलाई रोजगारीमा लग्न प्रोत्साहन गरीएको बताए। मेला संयोजक तथा वडा नं. ६ का वडाध्यक्ष गणेश पाठकले सीप भएर पनि जागीर नपाएर विदेसिन बाध्य भएकाहरुलाई स्वदेशमै राख्ने उद्येस्यले नगरक्षेत्रका उद्योग,कलकारखाना तथा सेवा क्षेत्र र रोजगारीको खोजीमा रहेकाहरुलाइ मेलाले जोडेको बताए।
मेलामा नगरबासीले भरेका आवेदनका आधारमा उनीहरुलाई आवश्यक सिप परामर्श प्रदान गरीनुका साथै सिपयुक्त जनशक्ति र रोजगारदाता विच समन्वयकारी भूमिका खेल्ने बताइएको छ। कार्यक्रममा मेला सहसंयोजक रवि सेन्चुरी, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणानिधि खनाल(माधव),तिलोत्तमा चेम्बर अफ कर्मसका अध्यक्ष बाबुलाल भुसाल,शिक्षा शाखा अधिकृत शारदा भट्टराइ लगायतले बोल्दै स्थानीय सरकारले सीप र अवसरको र्सिजना गर्दै जनशक्ति विदेश पलायनलाइ रोक्न विशेष योजना ल्याउनु पर्नेमा जोड दिए।