भक्तपुरको मध्यपुर थिमि नगरपालिका ९ स्थित भाटभटेनी सुपर मार्केट राधेराधे नजिक प्राणजल फास्टफुड रेष्टुरेण्टबाट फर्किने क्रममा एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ।
काठमाडौँ नागार्जुन बस्ने वर्ष ४३ को तीर्थ ढुगेल (सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोक बैण्ड गुल्ममा कार्यरत स.प्र.नि) को निधन भएको भक्तपुर प्रहरीले जनाएको छ।
आफै सडकमा लडी अचेत अवस्थामा स्थानीयले देखेर उपचारको लागि बा २ ज २४५६ नम्बरको ट्याक्सीद्वारा एक जना महिला र अ.१२/१५ वर्षको पुरुष व्यक्तिसमेतले लिई उनलाई नजिकैको मध्यपुर अस्पताल पुर्याएको जनाइएको छ।
उपचारको क्रममा त्यहाँ उनको मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको हो। घटनापछि घटनास्थल वरपरका देख्ने सुन्ने व्यक्तिहरू र ट्याक्सी चालकसमेतलाई कार्यालयमा झिकाई सोधपुछ भइरहेको परिसरका प्रमुख एसपी प्रजित केसीले बताए।