रौतहट र सर्लाहीको सिमा नदीको रुपमा रहेको बागमती नदीको उपयोगको विषयमा दुवै जिल्लाका तिन पालिकाबिच विवाद देखिएको छ। रौतहटको गढीमाई नगरपालिका र वृन्दावन नगरापालिका तथा सर्लाहीको बरहथवा नगरपालिकाबिच बागमती नदीमा सीमा विवाद देखिएको हो।
बागमती नदीको बालुवा, गिटी, ढुंगा उत्खननको विषयमा तिन पालिकाबिच विवाद देखिएको हो। नगरपालिका गठन भएको समयदेखि नै तिन पालिकाबिच विवाद रहेको र समय समयमा विवाद चर्किने गरेको छ। यसै गरी विवादको समाधानको लागि छलफल र बहस पनि हुने गरेको छ।
नगर क्षेत्रको सिमा निर्धारण गर्न हालै तिनै नगरपालिकाको संयुक्त बैठक पनि बसेको थियो। रौतहट र सर्लाहीका सुरक्षा पदाधिकारीका साथै तिनै पालिकाका प्रमुखको संयुक्त बैठक बसेर सीमामा देखिएको समस्याको अध्ययन गर्ने तथा अनुसन्धान गर्ने टोली गठन गर्नुपर्ने आवश्यकता महसुस गरिएको थियो। तत्काल तिनओटै पालिकाका इन्जिनियरहरु बसेर गिटी, ढुंगा र बालुवा उत्खननको लागि स्थलगत अनुगमन गरी कार्यविधि बनाउन तिनओटै पालिका सहमत भएका छन्।
पालिकाको सीमा निर्धारणका लागि रौतहट र सर्लाहीका नापी कार्यालय तथा तिनओटै पालिकाका इन्जिनियरहरुको एउटा प्राविधिक समिति पनि गठन गरिएको छ। प्राविधिक समितिले विभिन्न आधार हेरी तिनओटै पालिकाको विवादित क्षेत्रमा सीमा निर्धारण गर्ने बताइएको छ।
सामान्यता पानी बग्ने मूल धार दुई जिल्लाको सिमाना हुनुपर्ने बताइएको भए पनि बागमती नदीभन्दा पूर्वतिर गढीमाई नगरपालिका र वृन्दावन नगरपालिकाका वासिन्दाको घर, जग्गा तथा पहुँच रहेको छ। पहिलेदेखि नै बागमती पश्चिमका गढीमाई नगरपालिका र वृन्दावन नगरपालिकाले उपभोग गर्दै आएको जमिन तथा नदीमाथि बरहथवा नगरपालिकाले दाबी गरिरहेको स्थानीयको बुझाइ छ।
गढीमाई नगरपालिका र वृन्दावन नगरपालिकाले पहिलदेखि नै उपयोग र उपभोग गरिरहेको भूभागसम्मलाई सिमाना मान्नुपर्ने तर्क दिइरहेका छन्। बागमती नदीले हरेक वर्ष बहावको क्षेत्र बदलिरहेसँगै पालिका र जिल्लाको सीमा परिवर्तन हुन नहुने तर्क गढीमाई नगरपालिका र वृन्दावन नगरपालिकाको रहेको छ।
बरहथवा नगरपालिकाले भने बागमती नदीलाई सिमाना मानिएकोले पानी बगेको धारभन्दा पूर्वको नदीजन्य पदार्थमा दाबी गर्दै आएको छ।
रौतहटको गढीमाई नगरपालिकामा पहिलेकै नगर प्रमुख निर्वाचित भएका छन् भने रौतहटको वृन्दावन र सर्लाहीको बरहथवा नगरपालिकामा नयाँ नगर प्रमुख निर्वाचित भएर आएका छन्।