बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई सफा र सुन्दर सहर बनाउन नियमित सरसफाईलाई थप व्यवस्थित गर्न निर्देशन दिएका छन।
बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न सोमबार बुटवलभित्रका टोलविकास संस्थाहरुसँग भएको छलफल कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले टोलविकास संस्था बुटवल उपमहानगरपालिकाकै अंग भएकाले नगरलाई सफा र सुन्दर बनाउने दायित्व रहने बताए।
सडक निर्माणका क्रममा भएका समस्या, पार्किङ समस्या, नाली व्यवस्थापनका लागि पनि अगुवाइ गर्न टोलविकास संस्थाहरुलाइ उनले आग्रह गरे । घरभित्रको फोहोरलाई व्यवस्थापन गर्न घरपरिवार र घरबाहिरको फोहोर व्यवस्थापन गर्न टोलविकास संस्थाहरु र समग्र व्यवस्थापनको जिम्मा नगरको रहने भएकाले सोहीअनुसार समन्वय सहकार्य आवश्यक भएकोमा नगरप्रमुख पाण्डेयले जोड दिए।
बुटवललाई देशकै अगुवा सहर बनाउन सबै क्षेत्रको साथ सहयोग र भूमिका आवश्यक रहेको उनले बताए। उपप्रमुख सावित्रादेवी अर्यालले विभिन्न क्षेत्रका व्यक्तिहरुसँगको अनुभवलाई लिएर नगरले आगामी नीति र कार्यक्रम तयार गर्ने बताइन। बुटवललाई समृद्ध बनाउन सबै क्षेत्रको साथ जरुरी रहेको भन्दै उनले टोलविकास संस्थादेखि नै सुधार अभियान थाल्नुपर्ने बताइन। प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले सेवाप्रवाहलाई समयानुकुल परिस्कृत गर्दै जाने र प्रविधिमैत्री बनाउने बताए।