भ्रष्टाचारविरुद्ध आमरण अनसनमा दीपक
०७ चैत्र २०७९
•
३ मिनेट पाठ
भ्रष्टाचारविरुद्ध आमरण अनसनमा दीपक
रौतहटको गरुडा नगरपालिकासित विभिन्न माग राख्दै मेयरका प्रत्यासी दीपक यादव आमरण अनसन बसेका छन्। गरुडा नगरपालिकामा भएको भ्रष्टाचारविरुद्ध शिक्षा शाखाअगाडि गरुडा चोकमा यादव आइतबार रातिदेखि आमरण अनसनमा बसेका हुन्। शिक्षा क्षेत्रमा खर्च गरिएका विवरण तथा उपलब्धि, बिजुली बत्ती र इन्टरनेट जडान भएको खर्चको विवरण र हालको अवस्था, स्वास्थ्य क्षेत्रमा गरिएका विवरण तथा उपलब्धि, करारका कर्मचारी नियुक्तिपत्र र हाजिरी रजिस्टरको प्रतिलिपिका साथै तलब र पेश्कीको विवरण, पदपूर्ति समितिको निर्णय र छनोट प्रक्रियाको प्रतिलिपि, विकास कार्यका सम्पूर्ण योजनाको विवरणहरू र भुक्तानी गरेको सम्पूर्ण कागजातका प्रतिलिपिहरू, दर्ता चलानी किताबमा भएको पत्रहरूको प्रतिलिपिहरू, हालसम्म भएको खर्च रकमको शीर्षकसहित मासिक विवरणका प्रतिलिपि, नगरसभाका निर्णयको प्रतिलिपि, कोरोनापीडितलाई दिइएको रकमको विवरणका प्रतिलिपि, नगरपालिकाको सम्पूर्ण बैंक खाता विवरण र नगरवासीको उपस्थितिमा गरुडा चिनीमिलको मैदानमा सार्वजनिक सुनुवाइ अविलम्ब हुनुपर्ने उनका माग छन्।  




गत स्थानीय तहको निर्वाचनमा यादव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट नगरप्रमुखको उम्मेदवार थिए। यादवले राखेका मागहरू सबै पूरा गर्न नगरपालिका तयार रहेको नगर प्रमुख कन्थमनि प्रसाद कलवारले बताएका छन्। नगरपापालिकाको कार्यालयमा नै सोमवार पत्रकार सम्मेलन गरी नगर प्रमुखले मागेको सबै सूचना दिन तयार रहेको स्पष्ट पारेका छन्। नगर प्रमुख कलवारले सार्वजनिक सुनुवाइ पनि आफूले गर्ने र चैत मसान्तभित्र सबै योजनाका साथै प्रगतिको बारेमा सर्वसाधारणका बीच जानकारी गराउने स्पष्ट पारेका छन्। पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुदेव झाले सूचनाको हक बमोजिम कसैले सूचना माग्न आएमा नगरपालिकालाई दिन कुनै  

अप्ठ्यारो नभएको बताउँदै जनताको काम गर्न नदिने नियतले केही दिनदेखि कार्यालयमाथि उच्शृंखल व्यवहार भएको बताएका छन्।

यसैबीच गरुडा नगरपालिका– ८ जिंगडियाका शेख सदामले पनि नगरपालिकासित गत पाँच वर्षका सबै विवरण माग गरेका छन्। नगरपालिका कार्यालयमा ११ बुँदे माग राखी सदामले २०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित नगर प्रमुख, उपप्रमुख र निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यकालको सबै विवरण माग गरेका छन्। सदामले २०७ब्ल्म्एभ्च्४४लदकउसको निर्वाचनपश्चात नगर प्रमुख इन्नु राय यादव, उपप्रमुख रंगिलादेवी जयसवाल र २०७८ कात्तिक ४देखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका रामबाबु राय यादवको कार्यकाल भरिमा नगरपालिकाका सबै विवरण माग गरेका हुन्।

सदामले पनि त्यत्ति बेलाको करार कर्मचारीहरूलाई भर्ना गर्न कार्यपाालिकाबाट स्वीकृत निर्णयको प्रतिलिपि, करार कर्मचारी छनौट सम्बन्धी प्रक्रियाको प्रतिलिपि, करार कर्मचारीको नामावली, हाजिरी तथा सम्झौतासमेतको प्रतिलिपि, प्रदेशबाट ९० लाख रूपैयाको ह्यान्ड पाइप जडानसम्बन्धी योजनाको कार्यादेश, कार्य सम्पन्न र भुक्तानीलगायतका सम्पूर्ण विवरण तथा कागजातको प्रतिलिपि, नगरपालिकाको सम्पूर्ण खर्च तथा भुक्तानीको शीर्षकसमेतको विवरणको प्रतिलिपि, नगरपालिकाका सम्पूर्ण बैंकहरूको खाताहरूको विवरण, नगरपालिकामा खटिएका कर्मचारीहरूको नाममा रहेको तर हालसम्म पनि बरबुझारथ नगरेका जिन्सी सामग्रीहरू तथा सबारी साधनहरूको विवरण, नगरपापालिकाका कर्मचारीहरूले लिएको पेश्की रकमको विवरणलगायतका ११ सूत्रीय मागहरू राखेका छन्।
अर्को समाचार
भ्रष्टाचारविरुद्ध मेयरका प्रत्याशी यादव आमरण अनसनमा
०६ चैत्र २०७९
•
३ मिनेट पाठ
भ्रष्टाचारविरुद्ध मेयरका प्रत्याशी यादव आमरण अनसनमा
रौतहटको गरुडा नगरपालिकासँग विभिन्न माग राख्दै मेयर प्रत्याशी दीपक यादव आमरण अनसनमा बसेका छन्। 




गरुडा नगरपालिकामा भएको भ्रष्टाचारविरुद्ध शिक्षा शाखा अगाडि गरुडा चोकमा यादव आइतवार रातिदेखि आमरण अनसनमा बसेका हुन्।

शिक्षा क्षेत्रमा खर्च गरिएका विवरण तथा उपलब्धिहरु, बिजुली बत्ती र इन्टरनेट जडान भएको खर्चको विवरण र हालको अवस्था, स्वास्थ्य क्षेत्रमा गरिएका विवरण तथा उपलब्धिहरु, करारका कर्मचारीहरु नियुक्तिपत्र र हाजिरी रजिस्टरको प्रतिलिपिका साथै तलब र पेश्कीको विवरण, पदपूर्ति समितिको निर्णय र छनौट प्रक्रियाको प्रतिलिपि, विकास कार्यका सम्पूर्ण योजनाको विवरणहरु र भुक्तानी गरेको सम्पूर्ण कागजातका प्रतिलिपिहरु, दर्ता चलानी किताबमा भएको पत्रहरुको प्रतिलिपिहरु, हालसम्म भएको खर्च रकमको शीर्षक सहति मासिक विवरणको प्रतिलिपिहरु, नगर  सभाका सभाहरुको निर्णयको प्रतिलिपि, कोरोना पीडितहरुलाई दिइएको रकमको विवरणको प्रतिलिपिहरु, नगरपालिकाको सम्पूर्ण बैंक खाताहरुको विवरण र नगरवासीको उपस्थितिमा गरुडा चिनीमिलको मैदानमा सार्वजनिक सुनुवाई अविलम्ब हुनुपर्ने मागहरु राखी यादव आमरण अनसनमा बसेका हुन्।

गत स्थानीय तहको निर्वाचनमा यादव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट नगर प्रमुखको उम्मेदवार थिए।

यादवले राखेका मागहरु सबै पूरा गर्न नगरपालिका तयार रहेको नगर प्रमुख कन्थमनि प्रसाद कलवारले बताएका छन्। नगरपापालिकाको कार्यालयमा नै सोमवार पत्रकार सम्मेलन गरी नगर प्रमुखले मागेको सबै सूचना दिन तयार रहेको स्पष्ट पारेका छन्। नगर प्रमुख कलवारले सार्वजनिक सुनुवाई पनि आफूले गर्ने र चैत मसान्तभित्र सबै योजनाका साथै प्रगतिको बारेमा सर्वसाधारणका बिच जानकारी गराउने स्पष्ट पारेका छन्।

पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुदेव झाले सूचनाको हक बमोजिम कसैले सूचना माग्न आएमा नगरपालिकालाई दिन कुनै अप्ठ्यारो नभएको बताउँदै जनताको काम गर्न नदिने नियतले केही दिनदेखि कार्यालयमाथि उच्छृंखल व्यवहार भएको बताए।

यसै बिच गरुडा नगरपालिका ८ जिंगडियाका शेख सदामले पनि नगरपालिकासँग गत पाँच वर्षको सबै विवरण माग गरेका छन्। नगरपालिका कार्यालयमा ११ बुँदे माग राखी सदामले २०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित नगर प्रमुख, उपप्रमुख र निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यकालको सबै विवरण माग गरेका हुन्।

सदामले २०७४ को निर्वाचन पश्चात नगर प्रमुख इन्नु राय यादव, उपप्रमुख रंगिलादेवी जयसवाल र २०७८ कात्तिक ४ देखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका रामबाबु राय यादवको कार्यकाल भरिमा नगरपालिकाका सबै विवरणहरु माग गरेका हुन्।

सदामले पनि त्यत्ति बेलाको करार कर्मचारीहरुलाई भर्ना गर्न कार्यपाालिकाबाट स्वीकृत निर्णयको प्रतिलिपि, करार कर्मचारी  छनौट सम्बन्धी प्रक्रियाको प्रतिलिपि, करार कर्मचारीको नामावली, हाजिरी तथा सम्झौतासमेतको प्रतिलिपि, प्रदेशबाट ९० लाख रुपैयाको ह्यान्ड पाइप जडानसम्बन्धी योजनाको कार्यादेश, कार्य सम्पन्न र भुक्तानी लगायतका सम्पूर्ण विवरण तथा कागजातको प्रतिलिपि, नगरपालिकाको सम्पूर्ण खर्च तथा भुक्तानीको शीर्षक समेतको विवरणको प्रतिलिपि, नगरपालिकाका सम्पूर्ण बैंकहरुको खाताहरुको विवरण, नगरपालिकामा खटिएका कर्मचारीहरुको नाममा रहेको तर हालसम्म पनि बरबुझारथ नगरेका जिन्सी सामग्रीहरु तथा सबारी साधनहरुको विवरण, नगरपापालिकाका कर्मचारीहरुले लिएको पेश्की रकमको विवरण लगायतका ११ सूत्रीय मागहरु राखेका छन्।

गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  भूदेव झाले शेख  सदामले विभिन्न प्रतिलिपिहरु सूचनाको हकसम्बन्धी ऐन  बमोजिम माग गरेको र कार्यालयमा दर्ता गरिएको स्वीकार गरेका छन्। 
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस