स्थानीय र ठेकेदारबिच विवादले सडक निर्माण अवरुद्ध
०७ चैत्र २०७९
•
४ मिनेट पाठ
स्थानीय र ठेकेदारबिच विवादले सडक निर्माण अवरुद्ध
विवादपछि रोकिएको यलम्बर मार्गमा निर्माणाधीन कल्भर्ट। तस्बिरः महेश्वर
स्थानीय बासी र ठेकेदारबिचको विवादका कारण सदरमुकाम गाईघाटस्थित करोडौँको विकासे योजना निर्माण सुरुवाती चरणमै अवरुद्ध हुन पुगेको छ। त्रियुगा नगरपालिका १० बोक्सेस्थित स्तरोन्नतिसहित सडक कालोपत्रे योजनाको काम स्थानीय र ठेकेदारबिच भएको असमझदारीले महिना दिनयता रोकिन पुगेको हो।  




धमाधम काम भइरहेको ‘करमगाछी–नयाँ बस्ती–घलेटोल–गाईघाट स्तरोन्नति सडक योजना’को काम एकाएक विवाद उब्जिएपछि अवरुद्ध हुन् पुगेको हो। सडक निर्माणको क्रममा धुलो मार्न पानी छर्कन तथा सवारी आउजाउ गर्न वैकल्पिक ट्«याक (डाइभर्सन) बनाउन गाउँलेको माग पुरा नभएकाले विवाद सिर्जना भएको स्थानीयहरु बताउँछन्। नाला बनाउन सडकका दुबैतर्फ खाल्डो (होलं खनेकाले डाइभर्सन बनाउन र धुलो मार्न दैनिक पानी छर्कन गाउँलेले गरेको माग पुरा नभएपछि विवाद सिर्जना भएको हो।  

सडक दायाँबायाँ नाला खनेको धुलो घरको भान्सादेखि ओछ्यानसम्म छिरेर हैरान पारेपछि बिहान बेलुका पानी छर्कन गाउँलेले आग्रह गरेका थिए। त्यसैगरी सवारी आउजाउ नरोक्ने गरी डाइभर्सन बनाउन पनि उनीहरुको माग थियो। तर, गाउँलेको मागबारे चासो नदिएपछि सो कुराको गुनासो वडा कार्यालयमा पुगेको थियो। गाउँलेले सरासर काम गर्न नदिएको ठानिरहेको ठेकेदार कम्पनीलाई वडा कार्यालयबाट उही विषयलाई लिएर पत्र आएपछि थप चिढिएर कामै रोकेको आरोप स्थानीयले लगाएका छन्।

‘विकास हाम्रै लागि भएकाले विरोध गर्ने कुरा भएन’ एक स्थानीयले गुनासो गरे ‘तर, कम्तीमा धुलो मार्न पानी छर्कनुपर्छ, आउजाउ गर्न पनि डाइभर्सन बनाउनुहोस् भनेर आग्रह मात्र गरेका हौँ।’ यो कुरा प्राविधिक इस्टीमेटमै उल्लेख गरेको हुनाले ठेकेदारले गर्नुपर्ने बाध्यता भए पनि नगरेपछि गाउँलेले प्रश्न उठाएको उनको भनाई छ। यत्ति कुरा माग गर्दा नै ठेकेदार रिसाएर काम रोक्नु मनासिब नभएको गाउँलेको गुनासो छ।  

वडाध्यक्ष किरण पाण्डेले वडा बासी जनताको माग जायज भएको तर, ठेकेदारले पानी नछर्केको र डाइभर्सन पनि नबनाएपछि स्थानीय बासी रिसाएर वडा कार्यालयसम्म गुनासो गर्न आएको बताए। उनले सडक निर्माण गर्ने ठेकेदारले नियमित पानी छर्कने तथा आउजाउ गर्न डाइभर्सन बनाउनुपर्ने सम्झौतामै उल्लेख हुने बताए। निर्माण व्यवसायीको पृष्ठभूमि बोकेका वडाध्यक्ष पाण्डेले भने ‘म पनि ठकेरदा नै हुँ, पानी छर्कने, डाइभर्सन बनाउने काम सबै सम्झौतामै उल्लेख गरिएको हुन्छ। त्यसैले त्यस्तो माग गाउँलेले गर्दा अन्यथा मान्ने कुरै हुँदैन। किन काम रोकियो भन्ने विषयमा पूर्वाधार कार्यालयसँग छलफल  भइरहेको छ।  

पूर्वाधार कार्यालय उदयपुरले विवाद उत्पन्न भएपछि काम रोकिएको पुष्टि गरेको छ। कार्यालय प्रमुख (डिई) गंगासागर यादवले काम हुँदाहुँदै साइटमा विवाद उत्पन्न भएपछि केही दिनयता काम रोकिएको बताए। धमाधम भइरहेको काम एक्कासी रोकिएपछि सोधी खोजी गरेर समस्या समाधानको उपाय खोजिरहेको यादवले बताए। ‘सम्झौता भएपष्छि धमाधम काम भइरहेको थियो, एक्कासी काम रोकिएको खबर आयो’ डिई यादवले भने ‘कारण बुझ्दा स्थानीय बासी र ठेकेदारबिच केही असमझदारी भएको पाइयो। यसबारे दुवैतर्फ राखेर छलफल गर्ने काम भइरहेको छ।’ डिई यादवका अनुसार ठेकेदार कम्पनीले आफमाथि वडाध्यक्षले अन्याय गरेको भन्दै शान्ति सुरक्षाको माग गर्दै निवेदनसमेत दिएको छ।  

ठेकेदार कम्पनी कृष्णलक्ष्मी निर्माण सेवा, काभ्रेले आफू र छोरामाथि वडाध्यक्ष पाण्डेले हातपात गर्न खोजेको भन्दै फागुन ३० गते कार्यालयलाई पत्र लेखी कारबाही गर्न माग गरेको यादवले बताए। निर्माण स्थलमा काम गर्ने वातावरण नभएको भन्दै आवश्यक शान्ति सुरक्षाको माग गर्दै अन्यथा काम गर्न नसक्ने बेहोराको निवेदन प्राप्त भएको डिई यादवले बताए। रोकिएको काम सुचारु गर्न निर्माण व्यवसायी र वडाध्यक्ष पाण्डेलाई सँगै राखेर काम गर्ने वातावरण बनाउन पहल गरिरहेको पनि उनले बताए।  

डिई यादवका अनुसार सो योजना ०७९ माघ ६ गतेको सम्झौता अनुसार मूल्य अभिवृद्धि करसहित ४ करोड २० लाख ३१ हजार १ सय ४६ रुपैँया ९१ पैसामा सम्पन्न गर्ने गरी कृष्णलक्ष्मी निर्माण सेवाले जिम्मा लिएको छ। प्रदेश सरकार, यातायात पूर्वाधार निर्देशनालयमार्फत पूर्वाधार कार्यालय उदयपुरको रेखदेखमा निर्माण हुने योजनाको झण्डै ४ सय मिटर हाराहारी नाला निर्माणसमेत भईसकेको छ। योजनाको करमगाछी–नयाँ बस्ती खण्डको यलम्बर मार्गमा दुईतर्फ लगभग ३ सय ५० मिटर नाला निर्माण सम्पन्न भईसकेको छ भने मार्गबीचमा पर्ने खोल्सीमा कल्भर्ट बनाउने काम पनि सुरु भईसकेको छ।

पूर्वाधार कार्यालयका योजना अधिकृत तुलसी सुबेदीले यलम्बर मार्गको नाला बनाईसक्न लागेर सबबेसको काम थाल्ने बेला बोक्सेचोक–गाईघाट खण्डको काम थाल्दा विवाद भएको बताए। सुबेदीका अनुसार बोक्सेदेखि पूर्व घलेटोल हुँदै गाईघाट जोड्ने खण्डमा दुईतर्फी झण्डै ४ सय मिटर होल खनेपछि विवाद भएर काम रोकिन पुगेको हो।  
अर्को समाचार
शाही खोलामा पक्की पुल बन्ने
०३ वैशाख २०८०
•
२ मिनेट पाठ
शाही खोलामा पक्की पुल बन्ने
पुल सिल्यान्यास गर्दै मेयर बस्नेत।तस्विर:महेश्वर <br>
उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिकाको ८ नं वडामा पर्ने राजाबादेखि भान्वाटाबारी जोड्ने निर्माणाधीन सडक खण्डमा पक्की मोटरेबल पुल बनाइने भएको छ। राजाबास–बैरेनी–भान्टाबारी खण्डको शाहीखोलामा पक्की पुल निर्माण हुन लागेको हो।




हरेक वर्षायाममा शाहीखोलामा उर्लने बाढीले स्थानीय जनजीवन प्रभाबित पार्दै आएकाले  त्यहाँ पुल बनाउन लागेको नगरपालिकाले जनाएको छ। वडाध्यक्ष राजकुमार राउतले २ वर्षभित्र बनाइसक्ने गरी पुल निर्माण सुरु भएको बताए।

त्रियुगा नगरप्रमुख बसन्त बस्नेतले शनिबार आयोजित एक कार्यक्रममा पुलको शिलान्यास गरे। सिल्यान्यास कार्यक्रममा मेयर बस्नेतले शाही खोलामा पुल नहुदा प्रत्येक बर्खायाममा राजावास, बैरेनी, भान्टाबारी र आसपासका जनताले बाढीको चपेटा सहदै आउँँनु परेको हुनाले सो समस्याबाट जनतालाई मुक्त गर्न पक्की पुल बनाउन लागेको बताए। मेयर बस्नेतले त्रियुगालाई भौतिक पुर्हबाधार संरचनालगायत हरेक तवरले विकसित गर्दै समृद्ध नगरपालिका बनाउने योजनाका साथ आफु अघि बढेको बताए।

नगरको विकासमा साथ र सहयोग गर्न पनि उनले सम्पूर्ण नगरबासी तथा  सरोकारवालाहरुलाई आग्रह गरे। विकास निर्माण  भन्ने कुरा एक्लैबाट संभव नहुने भएकाले सबैको साथ चाहिने उनको आग्रह थियो। ‘म त्रियुगालाई समृद्ध, सभ्य, व्यवस्थित र समुन्नत नगरपालिका बनाउन चाहन्छुु मेयर बस्नेतको अनुरोध थियो ुतर, त्यसका लागि म एक्लैबाट संभव हुन्न, त्यसैले तपाईहरु सबैको साथ सहयोगको अपेक्षा गर्दछु।’

नगरपालिकाको बहुवर्षीय योजना अन्तर्गत सो पुल बन्न लागेको हो।  चालु वर्षमा २ करोड खर्च गर्नेगरी पुल बनाउने ठेक्का लागेको वडाध्यक्ष राउतले बताए। उनका अनुसार ४० मिटर लामो २ स्पानको पुल निर्माणको जिम्मा हिम निर्माण सेवाले पाएको छ। २ वर्षभित्र अर्थात आगामी ०८२ बैशाख १२ गतेभित्र सम्पन्न गर्ने सम्झौता भएको उक्त पुल ४ करोड ५ लाख रुपैयाँमा ठेक्तेका लागेको छ। 
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस