प्रदेशसभाले १ प्रदेशको नाम कोशी प्रदेश राखेपछि पहिचान पक्षधरहरुको वृहत विरोध प्रर्दशनको क्रममा सशस्त्र प्रहरीको लाठीचार्जबाट गम्भीर घाइते भएका एक आन्दोलनकारीको निधन भएको छ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सघन उपचार कक्ष (आइसियु)मा उपचारको क्रममा आज बिहान करिब अढाई बजे धरान १५ निवासी पदम लिम्बु (लाजेहाङ) को निधन भएको हो।
चैत ५ गते मुख्यमन्त्री कार्यालय र प्रदेशसभा घेराउ आन्दोलनको क्रममा निषेधित क्षेत्रमा सशस्त्र प्रहरीले लाठी प्रहार गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो। उनको टाउकोमा टुटुल्को उठेपनि बाहिर ठुलो चोट नदेखिएपछि उनी तत्काल उपचारमा गएका थिएनन्। तर, टाउको भित्र गम्भीर चोट लागेका लिम्बुको स्वास्थ्य एक्कासी बिग्रिएपछि २ दिनअघि वीपी प्रतिष्ठानमा उपचारमा लगिएको थियो।
आइसियुमा बेहोस अवस्थामा रहेका लिम्बुलाई थप उपचारको लागी आज (शुक्रबार) एयर एम्बुलेन्सबाट काठमाण्डौं लैजाने तयारी भइरहदा राती नै निधन भएको आन्दोलनरत पक्षले जनाएको छ। मृतक लिम्बुको शव हाल वीपी प्रतिष्ठानको मर्चरीमा राखिएको छ। उनी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चका लिम्बुवान भोलेन्टियरको केन्द्रीय सहकमाण्डर रहेका थिए। पहिचान तथा लिम्बुवानको आन्दोलनमा सधै अग्रणी भुमिकामा रहने उनको निधनले पहिचानको आन्दोलनलाई ठुलो क्षति पुगेको मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजमले बताए।
मृतक लिम्बुलाई राष्ट्रिय सहिद घोषणा गर्न र उचित क्षतिपूर्ति राज्यले दिनुपर्ने पनि आन्दोलनरत पक्षले माग गरेका छन्। यो माग पुरा नभएसम्म मृतकको शव जिम्मा नलिने पनि उनीहरुले बताएका छन्। आन्दोलनरत पक्षको निधन भएपछि कसरी अघि बढ्ने भनेर प्रदेश १ को नाम पुनः नामकंन संघर्ष समितिको केन्द्रमा बैठक चलिरहेको छ भने उक्त बैठक पछि दिउँसो ३ बजे सुनसरीमा पनि बैठक बसेर आन्दोलनको खाका तयार गर्ने बताइएको छ। प्रदेशसभाबाट १ नम्बर प्रदेशको नाम कोशी राखिएपछि पहिचान पक्षधरहरु कोशी नाम खारेज गर्नुपर्ने माग लिएर आन्दोलनमा छन्।