मधेसमा चैती छठको रौनक
१३ चैत्र २०७९
•
५ मिनेट पाठ
मधेसमा चैती छठको रौनक
फाइल तस्विर
मधेस प्रदेशका विभिन्न जिल्लामा चैती छठ पर्वअन्तर्गत सोमबार अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । शनिबारदेखि सुरु भएको चैती छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइदै छ। मंगलबार  बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन हुनेछ ।  




मधेस प्रदेशका विभिन्न जिल्लाका पोखरीमा चैती छठपर्व गर्न व्रतालुहरूको भिडभाड देखिएको छ । चैती छठका लागि वीरगन्जको घडिअर्वा पोखरी, जनकपुरधामको गंगासागर सृंगारिएको छ। चैती छठ पर्व मनाउनाले मनोकामना पूरा हुने, चर्म रोग निको हुने, सन्तान प्राप्त हुने र परिवारमा खुसीयालीसँगै प्रशन्नता प्राप्त हुने विश्वास छ ।

कठोर ब्रत गरी मनाइने छठ पर्वको मधेसमा विशेष महत्व छ। मधेसमा छठ पूजा वर्षमा दुइ पल्ट हुन्छ। पहिलो छठपूजा कार्तिक महिनामा हुन्छ भने दोश्रो छठ पूजा चैत्र महिनामा हुन्छ। यस परम्परालाइ शारदीय तथा वासन्तिक छठ पनि भन्ने गरिन्छ।  

विगत ८ वर्ष देखी छठ ब्रत बस्दै आएकी वीरन्ज माइस्थानकी किरण देवीका अनुसार छठी माइयीको ब्रत बस्दा हरेक मनोकांक्षा पुरा हुने विश्वासले चैती छठको ब्रत पनि बस्दै आएको छु। उनले सासु आमाको बिडो थाम्दै छठ ब्रत बस्न थालेकी हुन।

चैत्र महिनाको शुक्ल चुतुर्थी तिथीबाट छठ पूजाको ब्रतारम्भ हुन्छ। पहिलो दिन नुहाएर खाने बिधी हुन्छ जसलाइ भोजपुरी भाषामा ‘नहाए खाए के दिन’ भन्छन भने मैथलीमा ‘नहाय खाय’ भनिन्छ। यस दिन ब्रतालूले बिहानै नित्य कर्म गरि नुहाएर पवित्र भइ शुद्ध सात्विक भोजन ग्रहण गर्ने गर्दछन। भोजनमा लसुन, प्याज,वर्जित हुन्छ। भात पकाउने चामल अगहनी धानको मात्र ग्राह्य हुन्छ भने दाल रहर वा चना तथा तरकारी लौकाको हुनु अनिवार्य हुने गरेको वीरगंज बहुअरीकी ब्रतालु रम्भा देवीले बताइन। उनका अनुसार अन्य ब्रतहरुमा एक वा दुइ छाकि उपवास गर्दा मात्र ब्रत सफल हुने भएपनि कुनै कुनै ब्रतहरु निर्जला पानी सम्म नखाइ फलाहारी पनि हुने गर्दछन तर छठ ब्रतमा रसियाव–रोटीको प्रसाद खाइ २ दिन निराहार निर्जला ब्रत बसिन्छ।  

कार्तिक महिनाको छठ झै चैत मासमा मनाइने छठ पर्वको पनि विधान रहेको छ। दुवै छठ शुक्ल पक्षको चतुर्थी तिथि देखी नै सुरु हुन्छ। चतुर्थी तिथिमा नुहाइ खाइ पञ्चमीको दिन दिउंसो भरि निराहार बसेर बेलुका पख नव निर्मित माटाको चोखो चुल्होमा आपको काठको दाउरा बालेर चाखो चामलमा गुड सख्खर हाली ‘रसियाव’ तथा चोखो पारिएको गहुंको पिठोको रोटी पकाइन्छ। यस प्रकारले तयार पारिएको रसियाव रोटीलाइ अक्षता, सिन्दूरले पूजा गरि, ब्रतालू स्वयंले पनि नाक देखि पूर्ण सिउंदो भरि सिन्दूर लगाएर अग्नी तथा गाई लाइ अग्रासन दिइ ग्रहण गर्दछन। परिवारका सदस्य पनि प्रसादका रुपमा खाने गर्छन।

छठ पूजाको विशेषता उदाउदो सूर्यलाइ मात्र अघ्र्यदान न दिइ अस्ताउदो सूर्यलाइ समेत अघ्र्यदान दिनु पनि हो।  छठ कसको पूजा हो भने तिर विचार गर्दा संस्कृतिविद् उमा शंकर द्विवेदीका भनाइ अनुसार यो विशुद्ध प्रकृती र पुरुषको पूजा हो। “झट्ट हेर्दा छठ सूर्यको पूजा झैं देखिए पनि वास्तवमा छठपूजा मुलप्रकृतिको छठौं अंशबाट उत्पन्न भएकी भगवती षष्ठी देवीको पूजा हो जसलाइ पुराणहरुमा माया, सिद्धयोगिनी, स्वयं मुक्त तथा मुक्तिदायिनी, सारा, शारदा र षठी देवीको रुपमा उल्लेख गरिएको छ ,‘उनले भने ,‘ शक्तेः षष्ठांशरुपायै सिद्धाए च नमो नमः। मायायै सिद्धयोगिन्यै षष्ठीदेव्यै नमो नमः।( ब्रह्मवैवर्त महापुराण, प्रकृति खण्ड, षष्ठी स्तोत्रं)। षष्ठी देवी को हुन त भन्दा सोहि पुराणमा उल्लेख भए अनुसार उनी शिव पार्वतीका पुत्र देव सेनानायक कार्तिकेय वा स्कन्दकी धर्म पत्नी हुन–प्रत्यक्षायै च भक्तानां षष्ठी देव्यै नमो नमः। पूज्यायै स्कन्दकान्तायै सर्वेषां सर्व कर्मसु।। आफ्ना भक्तहरुलाइ प्रत्यक्ष दर्शन दिने तथा सबैबाट सम्पूर्ण कार्यहरुमा पूजा प्राप्त गर्ने अधिकारिणी स्वामी कार्तिकेयकी प्राणप्रिया षष्ठी देवीलाइ बारम्बार नमस्कार छ। षष्ठी माताको पूजा गर्नाले सम्पूर्ण पाप विलीन हुनुको साथै महाबन्ध्याले पनि यिनको कृपाबाटसंतान प्रसव गर्ने योग्यता प्राप्त गर्न सफल हुन्छन। माता षष्ठी देवीको कृपा बाट गुणी , विद्वान, यशस्वी, दीर्घायु तथा श्रेष्ठ पुत्रकी जननी बन्न सम्भव हुन्छ। –सर्व पापाद्विनिर्मुक्ता महावन्ध्या प्रसूयते। वीरपुत्रं च गुणिनं विद्यावन्तं यशस्विनम्। सुचिरायुष्मन्तमेव षष्ठीमातृप्रसादतः। यस सालको छठीमाताको पूजनोत्सवको पुण्य अवसरमा हामी पनि छठीमातासित प्रार्थना गरौं –कल्याणं च सुमति देहि षष्ठीदेव्यै नमो नमः।”

शारदीय छठको समयमा किसान परिवारहरुलाइ कुनै पनि कृषि कर्म गर्ने चटारो हुदैन। धान बाली खेतमा लागेका हुन्छन। गर्मी मौसम बितेर जाडोको नवआगमन भइरहेको हुन्छ। दशंै, तिहारको उत्सवमय चाड–पर्वहरु तत्कालै समाप्त भएका हुन्छन। हुन त शारदीय छठ पनि उत्सवमय वातावरणमा मनाइने भएको भए पनि छठीमाताको व्रत तपश्चर्याको रूपमा नै हुने गरेको संस्कृतिविद् द्विवेदीले बताए। वासन्तिक छठको समयमा  मौषमले उष्ण रूप लिइरहेको हुन्छ तथा किसानहरुलाइ रब्बी बाली भित्र्याउने ठूलो चटारो परिरहेको हुन्छ। संस्कृतिविद् द्विवेदीले भने “चैति छठ सुख्खा मौषममा भएपनि श्रद्धालुहरु आप्mनो मनोकांक्षा पूर्ण हुने भाकल गरेकाले छठ पर्वलाइ कठनि तपश्चर्याको रूपमा मनाउने गरेको गर्दछन।”  

छठ पुजामा नदि पोखरीलाइ सजाइएको घाटमा बनाइएको निराकार ‘सिरसोप्ता’ माताको पुजा आजा गरिन्छ। घाटमा पूजा गरेर घर फर्किएपछि भाकल पुगेकाहरु रात्रिमा आआफ्नो घरको आड्डनमा कोसी भर्ने गरेका पाइन्छन।  

कोसीमा सात वा नौवटा उंखु टुप्पातिर बाट एकै ठाएमा बांधेर जरालाइ सात वा नौ ठा“उमा समान संख्यामा माटाको ढकनामा ठेकुवा, अदुवा, केला, पानीमा फुलाएको मटर, मुला,कागति, अरिपन तथा माटाको दियो बालेर राखिन्छ। कोशीको बिच्चमा हातिको आकारमा तयार परिएको माटाको कलशमा पनि सोहि सामानहरु राखिन्छ। उंखुको टुप्पा बा“धिएको ठा“उमा पनि तिनै सामग्रीहरु बा“धेर चंदोवा झुण्ड्याइन्छ। कोसीको वरिपरि बसेर ब्रतालू महिलाका साथै घरका अन्य महिलाहरु पनि छठीमाताका विभिन्न गीतहरु गाउदछन। रात्रिको तेश्रो प्रहर मै ब्रतालूले नित्यक्रियाबाट निबृत भइ कोसीका साथ फेरि छठीघाट कुर्न जान्छन। विहानको समयमा सिरसोप्ता माताको पुनः पूजा हुन्छ , छठी माताका गीतहरु गाइन्छन। त्यसपछि सूर्योदय हुनु भन्दा केहि प्रहर अगावै सम्पूर्ण ब्रतालूहरु नदी वा पोखरी को पानीमा उदाउदो सूर्यलाइ विहानको अघ्र्य दिनको लागि लहरै उभिन्छन। यस क्रममा बाटामा भेटिने आफूभन्दा श्रेष्ठ मान्यजन, गाइ, इनार वा धारालाइ ढोगी, पुजी घरमा आइ छोरा बुहारी तथा नाती नातिनीहरुलाइ छठीमाताको प्रसादस्वरुप टीका लगाइ दिइ छठपूजाको उद्यापन भएर समाप्त हुन्छ।

चैती छठ कातिक मासमा मनाइने छठ झै तड्क–भड्क हुदैन। छठीमाता प्रति आस्थावान गृहस्थहरुले भाकल अनुसार व्रत–पूजन गर्दछन नै तर चैति छठ पूजामा भने व्रतालूहरुको संख्या न्यू नै रहेको पाइन्छ।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
४७ मिनेट अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस