रोग पहिचान गर्न मौरी अस्ट्रेलिया पठाइयो
१५ चैत्र २०७९
•
२ मिनेट पाठ
रोग पहिचान गर्न मौरी अस्ट्रेलिया पठाइयो
मौरीमा लाग्ने रोगको पहिचान गर्नका लागि मौरी अस्ट्रेलिया पठाइएको छ। चितवन, सलार्ही दाङ, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाबाट नमुना संकलन गरेर रोग पहिचान गर्न अस्ट्रेलिया पठाइएको हो। 




नेपालमा मौरीमा लाग्ने रोग किराको पहिचान गर्ने प्रयोगशाला र जनशक्ति नहुँदा अस्ट्रेलिया पठाउन परेको मौरी पालन विकास कार्यक्रम भण्डाराका प्रमुख तथा वरिष्ठ बाली संरक्षण अधिकृत गोविन्दप्रसाद पोख्रेलले जानकारी दिए।

‘मौरीहरु धेरै मर्न थाले। उत्पादन घट्दै गयो,’ पोख्रेलले भने, ‘यस्तो हुनुको कारण पत्ता लगाउन माघको अन्तिममा मौरीको नमुना अस्ट्रेलिया पठाएका छौँ।’ उनका अनुसार, पठार्ईएको मौरीको नमुनाको रिपोर्ट वैशाखसम्ममा आउनेछ। रिपोर्टकै आधारमा उपचार थालिने उनले बताए। मौरीका छाउरा मर्ने, विभिन्न प्रकारका माइटहरुको समस्या भएपछि परीक्षण गर्न पठाइएको हो।  मौरीमा अहिलेसम्म ७ किसिमका भाइरस देखिएका छन्। मौरीमा सुलसुले परजिविको समस्या छ। तर ,त्यसले सार्ने भाइरसको परीक्षण गर्ने प्रयोगशाला नेपालमा छैन। जनशक्ति पनि छैन। मौरीको नमुना मेलवन युनिभरसिटीका प्रोफेसर मार्फत पठाइएको छ। 

विभिन्न रोग किराका कारण महको उत्पादकत्व समेत बढाउन नसकिएको पौडेलले बताए। अहिले प्रतिगोला वार्षिक १६ दशमलव २६ केजी मह उत्पादन हुँदै आएको सरकारी तथ्याङ्क छ। किसानहरुले तरकारी, तोरी लगायतका बालीमा जथाभाबी विषादीको प्रयोग गर्दासमेत मौरीमा असर देखिएको छ। 

अर्को तर्फ मौरी विज्ञको अभाव, जनशक्तिमा दक्षताको कमी र मौरी सम्बन्धी विषयमा अनुसन्धान नहुँदा महको उत्पादन बढाउन नसकिएको पोख्रेलले बताए। अहिले गुणस्तरीय मौरीका घार तथा गुणस्तरीय रानु मौरीको विकास नगर्न नसकिएको उनको भनाई छ। मौरी चरण क्षेत्रको विनास, वनजंगलमा डढेलो, वन विनाश तथा अतिक्रमण, मौरीका रोग कीरा तथा अन्य शत्रुजीवको समस्या समेत रहेको छ। 

नेपालमा सेरेना १ लाख १७ हजार ६८० र मेलिफेरा १ लाख ३२ हजार गोला रहेका छन्। त्यसबाट वार्षिक ४ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ। तर, नेपालमा खपत भने ८ हजार मेट्रिक टन हुने गरेको बताइन्छ। नेपालमा उत्पादन भएको महले नपुग्ने भएपनि नेपाली मह अहिले बिकेको छैन। अधिकांश  मह भारतबाट नै आउने गरेको किसानहरु बताउँछन्। 
अर्को समाचार
कमिला, अरिंगाल र चराबाट मौरी जोगाउनै मुस्किल
०१ कार्तिक २०७९
•
३ मिनेट पाठ
कमिला, अरिंगाल र चराबाट मौरी जोगाउनै मुस्किल
कालिका नगरपालिका–६ बाग्लुङ टोलका नारायण पौडेल पाँच वर्षअघि मौरीपालन व्यवसायमा सक्रिय छन्। भदौअघिसम्म पौडेलका सयको हाराहारीमा मौरीका गोला थिए। तर कमिला, अरिंगाल र चराबाट जोगाउन नसक्दा गोला ८० को हाराहारीमा झरेका छन्। ‘हामीलाई मौरी जोगाउनै मुस्किल छ। १५ दिनको अवधिमा २५ गोला खाली भइसके,’ उनले भने, ‘पानी आएको समयमा चुच्चे चराले मौरीलाई खाइदिएको छ। गोलामा चिनी रह्यो भने कालो कमिलाले एकै रातमा सखाप पार्छ।’ १२ वर्ष हाइड्रोपावरमा काम गरेका पौडेल राम्रो आम्दानी गर्ने सोचका साथ मौरी पालन व्यवसायमा लागेका हुन्।




भरतपुर महानगरपालिका–२५ का सुवासचन्द्र घिमिरेका मौरी पनि घट्दै गएका छन्। १८ वर्षदेखि मौरीपालनमा लागेका घिमिरेका भदौयता अरिंगालको प्रकोपले गर्दा मात्रै २६ गोला मौरी घटेका छन्। उनका ११६ गोला मौरी थिए। ‘अहिले ९० गोला मौरी मात्र छन्,’ उनले भने। जेठदेखि असोजसम्म किसानले मौरीलाई चिनी खुवाएर राख्ने गर्छन्। असोजदेखि चैतसम्म गोला विस्तार गर्न पनि सक्दैनन्। प्राकृतिक प्रकोप हुँदा मौरी संरक्षण गर्न मुस्किल हुने उनले बताए।

अहिले अधिकांश किसानलाई मौरी जोगाउन मुस्किल छ। रूपन्देहीबाट चितवन आएका नन्दलाल अर्याल पनि कमिला र चराले मौरी खाइदियो कि भन्ने चिन्तामा छन्। ‘८० गोला थिए। चितवन आएको पाँच दिन भइसक्यो, यसअघि १० गोला नष्ट भइसकेका थिए। यस अवधिमा कमिलाले कति खायो पत्तै छैन,’ उनल भने। उनी २० वर्षदेखि नै मौरीपालनमा लागेका हुन्। भेटेरेनरीसमेत रहेका उनले मौरी चराउन दाङ, कपिलवस्तु, प्युठानसम्म लैजान्छन्। यतिखेर उनका मौरी घरमै छन्।

मौरी भएको गोलालाई १० देखि १२ हजार रुपैयाँसम्म पर्ने गर्छ। तर एउटैको २० देखि २५ गोलासम्म नष्ट हुँदा किसान धेरै नै समस्यामा पर्दै आएका छन्। यही अवस्था रहे आफूहरू पलायन हुने अवस्थामा पुग्ने मौरीपालक किसान कृष्ण पौडेल बताउँछन्। ‘गत वर्षदेखि मह बिकेको छैन। अहिले मौरी पनि कमिला र चराले सक्दै लगेका छन्,’ उनले भने, ‘यही अवस्था रहिरहे हामी पलायन हुनुको विकल्प छैन।’ १० वर्षदेखि मौरीपालन व्यवसायमा लागेका पौडेलका १५० गोला मौरी थिए। तर ३० गोला मौरी नष्ट भइसकेको उनले बताए। यतिखेर उनले मौरी घरमा नै राखेका छन्।

नेपालमा मेलीफेरा मौरी १ लाख ३० हजार, सेरना मौरी १ लाख १७ हजार गरी २ लाख ४७ हजार गोला मौरी छन्। बर्खाका किसानहरू अरिंगाल, कमिला तथा चराको समस्यामा पर्ने गर्छ। तर अघिल्ला वर्षहरूमा भन्दा यस वर्ष यो बढी समस्या देखिएको छ। नेपालमा वार्षिक ४ हजार मेट्रिक टन मह उत्पादन हुँदै आएको छ। जसमध्ये चितवनमा २ हजार ६८ मेट्रिक टन उत्पादन हुने गरेको सरकारी तथ्यांक छ। तोरी र फापरको स्रोतबाट ३० प्रतिशत र अन्य स्रोतबाट ७० प्रतिशत मह उत्पादन हुन्छ। नेपालमा ८ हजार टन मह आवश्यक भए पनि बाहिरी मुलुकबाट भित्रिँदा नेपाली मह बिक्री हुन नसकेको किसानको भनाइ छ।

बजारमा हाल प्रतिकिलो ७०० रुपैयाँमा मह बिक्री हुने गरेको छ। यहाँ उत्पादित महको मुख्य बजार काठमाडौं हो। नेपालमा ४१३ टन मह बिक्री नभएको नेपाल मौरीपालक महासंघका निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले बताए। उनका अनुसार सबैभन्दा धेरै चितवनमा १५० टन मह सञ्चित छ। दाङ, झापा, स्याङ्जा, सुर्खेत, कपिलवस्तु, रूपन्देही, मकवानपुर, पाल्पा, नवलपरासी लगायतका जिल्लाका किसानले मह बिक्री गर्न सकेका छैनन्। तोरी, चिउरी, फापर, मसला, जामुन, सिसौं, चिलाउने, कटुस, मियल, पैयुँ र रुदिलो मह उत्पादनका स्रोत हुन्। चितवनका किसानहरू मौरी चरणका लागि दाङ, सुर्खेत, कपिलवस्तु, रुपन्देही, प्युठान, बारा, पर्सा, रौतहट, सर्लाहीसम्म पु¥याउने गर्छन्। चरणको समस्या हुँदा किसानहरूलाई समस्या हुँदै आएको छ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस