पूर्वराजाप्रति मुस्ताङीको श्रद्धा
०५ पौष २०७३
•
६ मिनेट पाठ
पूर्वराजाप्रति मुस्ताङीको श्रद्धा
काठमाडौं- बौद्धस्थित बौद्धनाथ स्तुपसँगै छ मुस्ताङ गुम्बा। शनिबार यता मुस्ताङ गुम्बामा निकै भिडभाड देखियो। दैनिक हजारभन्दा बढी मानिस गुम्बामा पुगे। गुम्बा पुग्ने अधिकांश मुस्ताङबासी हुन्। गुम्बा पुग्ने सबैको उद्देश्य एउटै थियो, उनीहरूका पूर्वराजा जिग्मे पलवर बिष्टप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नु।




जिग्मेको उपचारका क्रममा ८६ वर्षको उमेरमा काठमाडौंमा निधन भएपछि मुस्ताङी पनि राजधानी आए। राजतन्त्र अन्त्य भएपछि जिग्मे पनि मुस्ताङ राज्यको राजाको पदमा थिएनन्। मुस्ताङीले भने उनलाई राजा मानिरहेका छन्।

‘उहाँ (जिग्मे) हाम्रा राजा नै हुनुहुन्छ,’ मुस्ताङबाटै अन्तिम श्रद्धाञ्जलीका लागि राजधानी आएका तेन्जिङ गुरुङले भने, ‘उहाँको निधनसँगै मुस्ताङलाई ठूलै शोक परेको छ।’ कानुनले राजा हटाए पनि परम्परालाई आफूहरूले नहटाएको मुस्ताङीले बताए। जिग्मे कुशल अभिभावकसमेत भएको बताउने मुस्ताङी ठूलै शोकमा छन्। अन्त्येष्टिका लागि सोमबार गुम्बाबाट जिग्मेको शवयात्रा निकाल्दा अधिकांश मुस्ताङीका आँखा रसाएका देखिन्थे। 

उनकै अन्त्येष्टिका लागि हजारौं मुस्ताङी राजधानी आएका थिए। ‘गाउँबाट राजाकै बिदाइका लागि भनेर सबै आइसकेका छन्,’ कागबेनीका अमृतबहादुर गुरुङले भने, ‘कारणवश आउन नपाएकाले उहाँको नाममा विशेष पूजा गरिरहेका छन्।’ मुस्ताङी रहेको ठाउँ पोखरालगायत क्षेत्रमा समेत पूजा भइरहेको अमृतले बताए।

जिग्मेले मुस्ताङको विकास, भाषा, संस्कृतिको संरक्षणसाथै तिजीजस्ता पुराना पर्व बचाउन ठूलो भूमिका खेलेकाले पनि मुस्ताङीले सम्मान गर्दै आएका हुन्। ‘अहिलेको मुस्ताङ बनाउन, भाषा, संस्कृतिको विकास गर्न ठूलो भूमिका खेल्नुभएको छ,’ जाम्लिङ गुरुङले भने, ‘राजतन्त्रको अन्त्यपछि पनि उहाँ हामीमाझ रहेर हाम्रा समस्या सुल्झाउन लागिरहनुभयो।’ जिग्मे राजाको जिम्मेवारीबाट हटे पनि स्थानीयको सेवामा भने निरन्तर थिए। राजसंस्थाको अन्त्यसँगै जिग्मे आफैंले राजाको भूमिकामा नरहेको बताएका थिए। स्थानीयले भने परम्परा छोडेका छैनन्। जिग्मेको निधनसँगै स्थानीयले उनका छोरा जिग्मे प्रबल सिंह बिष्टलाई राजा मान्न थालिसकेका छन्। ‘राजा त हाम्रो परम्परा हो, हाम्रा अभिभावक हुन्,’ लालबहादुर गुरुङले भने, ‘अब साना राजा (जिग्मेका छोरा) नै हाम्रा राजा हुन्।’ परम्परा धान्न र जनतालाई पर्ने समस्या, झैझगडा सुल्झाउन राजा आवश्यक पर्ने उनीहरूको भनाइ छ।

जिग्मे मुस्ताङका २४औं राजा हुन्। राजाको निधनपछि जेठो छोरो राजा हुने परम्पराअनुसार जिग्मेका दाजु राजा भए पनि अल्पायुमा दाजुको मृत्युपछि २०२२ सालबाट उनले राजाको जिम्मेवारी सम्हालेका थिए। तत्कालीन समयमा मुस्ताङ राज्यको राजालाई १० पञ्चायतको पञ्च संयोजक, नेपाली सेनाको कर्णेल, राज्यसभा स्थायी समितिको सदस्य र तिब्बती सिमानाको संयोजकको जिम्मेवारी तोकिएको हुन्थ्यो। त्यहीअनुसार जिम्मेवारी निर्वाह गर्दै आएका जिग्मे मुलुकमा गणतन्त्र आएसँगै जिम्मेवारीविहीन भएका थिए।

सेनाको सलामीपछि बौद्धपरम्पराअनुसार अन्त्येष्टि

बौद्ध परम्परामा तीन रात चार दिन शव राख्नुपर्ने मान्यता छ, जसलाई बौद्ध परम्परामा स्याक्सुम ढोप्सी भनिन्छ। यो समयमा शव गुम्बामा राखेर लामाहरूले पूजापाठ गर्छन्, आफन्तले श्रद्धाञ्जली दिन्छन्। लामाले जुराएको साइतमा गुम्बाबाट निकालेर अन्तिम संस्कार गरिन्छ। अन्तिम संस्कारपछि सातसात दिनमा ४९ दिनसम्म विशेष पूजा हुन्छ। जिग्मेको पनि सोही परम्पराअनुसार सोमबार टेकुदोभानमा अन्त्येष्टि गरिएको छ। यसअघि बौद्धनाथ स्तुप परिक्रमा गरेर निकालिएको शवयात्रामा हजारौं सहभागी थिए। नेपाली सेनाले जिग्मेलाई टेकुदोभानमा नै सलामी दिएको थियो। यअसघि जिग्मेलाई अन्तिम श्रद्धाञ्जली दिन ऊर्जामन्त्री जनार्दन शर्मा गुम्बामै पुगेका थिए। जिग्मेका श्रीमती र एक छोरा छन्।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस