सडक र फुटपाथ विगारेको भन्दै महानगरले टेलिकम परिसरमा थुपार्यो फोहोर
२१ चैत्र २०७९
•
३ मिनेट पाठ
सडक र फुटपाथ विगारेको भन्दै महानगरले टेलिकम परिसरमा थुपार्यो फोहोर
वीरगञ्ज महानगरपालिकाले मंगलबार सडक र फुटपाथ विगारेको भन्दै नेपाल टेलिकम परिसरमा फोहोर थुपारेको छ।




वीरगञ्ज स्थित नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय परिसरमा महानगरका कर्मचारी र नगरप्रहरीको टोलीले ७ ट्याक्टर फोहोर थुपारेको हो।

नेपाल टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर विगारेकोले खनिएको सडकलाई मर्मत गरि दिनको लागि पटक पटक भन्दा समेत टेलिकमले कुनै वास्ता नगरे पछि बाध्य भएर श्रीपुर स्थित क्षेत्रीय कार्यालय परिसरमा सांकेतिक विरोध स्वरुप फोहोर राख्न लगाइएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ।

नेपाल टेलिकमले फाइबर बिच्छ्याउँदा कालोपत्रे सडक र फुटपाथ खनेर अलपत्र छाडेको र कालोपत्रे सडक र फुटपाथ खनिएको कारणले सर्वधारण सास्ती भोग्दै आएको वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिँहले बताए।

जथाभावी सडक र फुटपाथ खनेर टेलिकमले छोड्दा महानगरले शुरु गरेको सरसफाई तथा स्वच्छता अभियान नै प्रभावीत हुन पुगेको प्रमुख सिँहको आरोप छ।

टेलिकमले अप्टिकल फाइबार बिछ्याउने क्रममा बाइपास सडकखण्डमा कालोपत्रे सडक र फुटपाथ खनेर अलपत्र छाडेको सिँहले बताए। त्यसै गरि रजतजन्ती चोकदेखि तेजबहादुर अमात्यको शालिक रहेको गण्डकसम्म सडक फुटपाथ टेलिकमले खनेर नबनाएको सिँहले बताए।

सडक बनाउनको लागि बारम्बर आग्रह गर्दा अटेर गरेको, जिल्ला प्रशासनले पत्र काट्दा पनि सुनुवाई नभएकोले टेलिकमलाई डम्पिङ साइट बनाउनु परेको उनको भनाइ छ।

फागुन ३ गते प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितीमा बसेको सरोकारवाला निकायको बैठकमा टेलिकमले खनिएको सडक र फुटपाथ फागुन मसान्त भित्रै मर्मत गरिसक्ने लिखित सहमति गरिएको वीरगन्ज महानगरपालिकाले जनाएको छ।

सहमति पालना गराई दिनको लागि जिल्ला प्रशासन कार्यालय पर्सालाई समेत भन्दा कुनै सुनुवाई नगरिए पछि वीरगन्ज महानगरपालिकाले जनाएको छ।

प्रमुख जिल्ला अधिकारीको रोहबरमा गरिएको सहमति समेत पालन नगरेर टेलिकमले वीरगन्ज महानगरपालिकालाई नै नटेर्ने व्यवहार गरेको देखेर नै टेलिकम परिसरमा फोहोर थुपार्नु परेको बताइएको छ।

वाइपास सडक खण्डमा नेपाल खानेपानी संस्थान र मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाईन आयोजनाले समेत योजना कार्यान्वयनका क्रममा सडक खनेका थिए। खनिएको सडकलाई खानेपानी र पेट्रोलियम पाइपलाई आयोजनाले मर्मत गरे पनि टेलिकमले खनिएको सडकलाई त्यस्तै छाडिएको आरोप वीरगन्ज महानगपालिकाको छ।

टेलिकम परिसरमा फोहोर फाल्नेलाई कारवाहीको माँग  

नेपाल टेलिकमको वीरगञ्जस्थित प्रादेशिक निर्देशनालय मधेश प्रदेशले कार्यालय परिसरमा फोहोर फाल्नेलाई कारबाही गर्न माग गरेको छ।

निमित्त निर्देशक अनन्त प्रकाश मल्लिकले प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्दै कार्यालय परिसरमा फोहोर फाल्नेलाई कारबाही गर्न माग गरेका हुन्।

प्रादेशिक निर्देशनालयको कम्पाउण्ड भित्र चैत २१ गते गते बिहान ९ ः१५ बजे अचानक १५–२० जना अनिाधिकृत व्यक्तिहरुको समूहले प्रादेशिक निर्देशनालयको मूल ढोकाका गार्डहरुलाई धम्क्याइ कार्यालयको कम्पाउण्डभित्र ५–७ हेक्टर फोहोर फालेको र उक्त समूहले आफूहरुलाई वीरगञ्ज महानगरको कर्मचारी भनी गएको पत्रमा उल्लेख छ।

कार्यालयको वातावरण दुर्गन्धित भई स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएको तथा कार्यालयको कर्मचारीहरुमा डर त्रासको वातावरण सृजना भएको टेलिकमले जनाएको छ।

पत्रमा आवश्यक शान्ति सुरक्षाको व्यवस्था गरिदिन र अमर्यादित र अमानवीय कार्य गर्ने पक्षहरुलाई कानून बमोजिम कारबाही गरी कार्यालयको काम गर्ने वातावरण सहज बनाइदिन भनिएको छ।

वीरगन्ज महानगरपालिकाले श्रीपुर स्थित टेलिकमको प्रदेशिक कार्यालय परिसरमा थुपारेको फोहोर ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
६ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
यो पनि पढौँ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस