रौतहटमा एसईई परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन्। बुधबार एसईई परीक्षा चलिइरहँदा एक जनाको ठाउँमा अर्को बसेर परीक्षा दिइरहेका नक्कली परीक्षार्थी मुडबलबा परीक्षा केन्द्रबाट पक्राउ परेका हुन्।
राजदेवी नगरपालिकाको मुडबलवामा रहेको नेमधारी बासुदेव माध्यमिक विद्यालय परीक्षा केन्द्रमा सिम्बल नम्बर ०२५००२५७ जी रहेको परीक्षार्थी नुरेन खानको सट्टामा परीक्षा दिइरहेका विष्णुबहादुर मालीलाई परीक्षा अनुगमन समितिले पक्राउ गरेको हो।
पक्राउ परेका नक्कली परीक्षार्थी माली ईशनाथ नगरपालिका १ बन्जरहाका हुन्। अनुगमन समितिले परीक्षा अनुगमन गरिरहँदा शंका लागी चेकजाँच गर्दा नक्कली भएको र पक्राउ परेको बुझिएको छ। पक्राउ परेका नक्कली परीक्षार्थीले परीक्षा दिइरहेको सिम्बल नम्बरको एसईई परीक्षा रद्द गरिएको छ।
नक्कली परीक्षार्थी मालीलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाइएको जिल्ला शिक्षा समन्वय इकाइ कार्यालय रौतहटका इकाइ प्रमुख राम विनय कुमार सिंहले जानकारी गराएका छन्।
यसअघि रौतहटको मौलापुर नगरपालिकाबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए।