७ महिना मै जुम्ल्याहा
१३ पौष २०७३
•
५ मिनेट पाठ
७ महिना मै  जुम्ल्याहा
जुम्ल्याहा बच्चा हेर्दै आमा अनितादेवी दास ।
विराटनगर–गर्भवती भएको ७ महिनामै ‘जटिलता’ देखिएपछि आमालाई सुरक्षित राख्न गरिएको शल्यक्रियापछि जन्मिएको जुम्ल्याहा बच्चाको अवस्था पनि स्वस्थ्य छ । गर्भमा अत्याधिक पानी जमेकाले गर्भवती महिलाको स्वास्थ्य स्थिति बिग्रन थालेपछि शल्यक्रिया गर्दा कम तौलको बच्चा जन्मिएको थियो।




भारत, विहार राज्यको सुपौल फुलकाहा बस्ने २४ वर्षीया अनितादेवी दासको गर्भमा जटिलता देखिएपछि विराटनगरस्थित गोल्डेन हस्पिटलमा डाक्टर केएम गुड्डीले शल्यक्रिया गरेकी थिइन् । दासको गर्भमा रहेका जुम्ल्याहा बच्चामध्ये एउटा बसेको ठाउँमा अत्याधिक पानी जमेको थियो। अर्को बच्चा बसेको ठाउँमा भने पानी नै थिएन। ‘निकै नै जटिल समस्या थियो,’ स्त्रीरोग विशेषज्ञ डा. गुड्डीले भनिन, ‘पानी अत्याधिक जमेकाले भिडियो एक्सरे गर्दा पनि बच्चाको अवस्था थाह भएन।’

गर्भवती भएको २६ हप्ता ५ दिनमै दास उपचारकालागि विराटनगरको गोल्डेन अस्पताल आइपुगिन्। गर्भमा पानी निकै जमेकाले दासलाई सास फेर्न पनि समस्या भएपछि उनी उपचारका लागि यहाँ आइपुगेकी हुन्। ‘गर्भमा निकै पानी जमेकाले तत्कालै शल्यक्रिया गर्न समस्या देखियो,’ डा. गुड्डीले भनिन, ‘पानी कम गर्ने औषधिी दिए, त्यसको केही दिनपछि गर्भबाट डेढ लिटर पानी भिकियो ।’ उनका अनुसार गर्भबाट पानी भिकिएपछि दासलाई अलि सञ्चो भएको थियो । १० दिनपछि फेरी अस्पताल आइपुग्दा दासको गर्भमा फेरी अत्याधिक पानी देखियो।

‘दासको स्वास्थ्य समस्या निकै जटिल हुन थाल्यो, हामीले राम्रो ठाउँमा लगेर उपचार गराउनु भन्यौ,’ गोल्डेन अस्पतालका निर्देशक सनातन मण्डलले भने, ‘बिरामीको परिवारले जे गर्नुछ, यही गर्नुस भनेपछि डाक्टरको टिमले ठूलो जोखिम मोलेर दासको शल्यक्रिया गर्यो ।’ शल्यक्रियापछि दासको अवस्था समान्य भयो। तर, डाक्टरकालागि अर्को आपद् आइलाग्यो।

शल्यक्रिया गरेर जन्मिएको जुम्ल्याहा बच्चा मध्ये एउटाको तौल सारै कम थियो । ७ सय ५० ग्राम तौल भएको एउटा बच्चा झण्डै मुसाकै जत्रो थियो । बच्चा जन्मिदा समान्य २ किलो ५० ग्रामको हुनुपर्छ । एक किलोसम्म तौल भएको बच्चाको हुर्किने सम्भावना बढी हुन्छ । त्यस भन्दा मुनिको तौल भएको बच्चा हजारौंमा एकजना बाँच्छ । जुम्ल्याहामध्ये अर्को बच्चाको तौल १ हजार ५० ग्राम थियो । तर, उनको स्वास्थ्यमा पनि समस्या थियो ।

गोल्डेन अस्पतालकै डाक्टर मनोज श्रीवास्तवले आइसियूमा राखेर दुबै बच्चाको उपचार गर्न थाले । ‘७ सय ५० ग्राम तौल भएको बच्चा जन्मिदा रुँदै रोएन,’ बच्चाका डाक्टर श्रीवास्तवले भने, ‘त्यो बाच्ला भने लागेकै थिएन, त्यसैले १ हजार ५० तौल भएको बच्चालाई बचाउन बढी ध्यान दिए ।’ उनका अनुसार ७ सय ५० ग्राम तौल भएको बच्चालाई सुम्सुम्याउँदा रुन थालेपछि उनको उपचारलाई पनि प्राथमिकतामा राखियो ।

३० दिन लामो सघन उपचारपछि ७ सय ५० तौल भएका बच्चाको तौल अहिले १ हजार ५० ग्राम र १ हजार ५० ग्राम तौल भएका बच्चाको तौल १ हजार २ सय ग्राम पुगेको छ । ‘दुबै बच्चाको हुर्किने बृद्धि आश्चर्यजनकरुपमा बढेको छ,’ डा. श्रीवास्तवले भने, ‘बिरामीका परिवार पनि सहयोगी भूमिका निर्वाह गरेकाले बच्चा र आमा दुबैलाई जोगाउन सकियो ।’ सफल उपचारपछि आमा र जुम्ल्याहा बच्चा बुधबार घर फर्किएका छन् ।
अर्को समाचार
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
३ मिनेट अघि
•
१ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
हुम्ला। जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।

 

कृषि विकास कार्यालय हुम्लाका अनुसार यस वर्ष जिल्लामा पाँच हजार पाँच मेट्रिक टन स्याउ उत्पादन भएको छ। कूल ६९० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउमध्ये एक हजार ३७७ दशमलव छ मेट्रिक टन जिल्ला बाहिर बिक्रीका लागि पठाइएको कार्यालय प्रमुख चूडामणि पन्तले बताउनुभयो।

 

गाउँपालिकागत रूपमा सबैभन्दा बढी सर्केगार्डबाट ५०० मेट्रिक टन स्याउ निकासी भएको छ। त्यस्तै, सिमकोटबाट ४००, खार्पुनाथबाट २००, चङ्खेलीबाट १४०, ताँजाकोटबाट ६७ दशमलव छ, नाम्खाबाट ५० र अदानचुलीबाट २० मेट्रिक टन स्याउ जिल्ला बाहिर गएको छ।

 

काँचो स्याउको निकासी रोक्न गत साउनदेखि गाउँपालिकाका कृषि प्राविधिकको सिफारिस अनिवार्य गरिएको थियो। तर, सिफारिसबिना पनि स्याउ बाहिर गएको सूचना प्राप्त भएकाले वास्तविक कारोबार अझै बढी हुन सक्ने प्रमुख पन्तको भनाइ छ। व्यक्तिगत रूपमा खरिद गरी पठाइएको र जिल्लाभित्रै खपत भएको स्याउको विवरण भने यसमा समावेश नगरिएको बताउनुभयो।

 

सडक सञ्जाल विस्तारसँगै हुम्लाको स्याउले जिल्ला बाहिरको बजार पाउन थालेको हो। गत वर्ष करिब रु चार करोडको स्याउ निकासी भएकोमा यस वर्ष कारोबार दोब्बरभन्दा बढी पुगेको छ। स्याउ बिक्रीबाट आम्दानी हुन थालेपछि किसानमा खेतीप्रति उत्साह बढेको स्याउ खरिद बिक्री कारोबार गरिरहेका अदानचुली–३ का अर्जुन फडेराले बताउनुभयो।

 

यस वर्ष हुम्लामा ए ग्रेडको स्याउ प्रतिकेजी ६०, बी ग्रेडको ५० र सी ग्रेडको रु ४० मा बिक्री भएको थियो। हुम्लाबाट पहिलोपटक आठ मेट्रिक टन फुजी स्याउसमेत जिल्ला बाहिर बिक्री भएको कृषि विकास कार्यालय हुम्लाको तथ्याङ्कमा उल्लेख गरीएको छ। यता हुम्लाको दक्षिणी भेगमा रहेको ताँजाकोट गाउँपालिकाबाट मात्रै ११ ट्रक स्याउ निकासी भएको र अबको पाँच वर्षमा कम्तीमा वार्षिक ५५ ट्रक स्याउ निकासी गर्ने गरी स्याउ जोन बनाइएको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताउनुभयो।



स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस