काठमाडौं- उफ्... धुलो!
राजधानीवासीको मुखबाट निस्किरहने शब्द हो यो। घरबाट निस्केर तरकारी किन्न जाँदा, कार्यालय जाँदा, घुम्न जाँदा... जता गए पनि धुलोले छाड्दैन् राजधानीबासीलाई। कपाल, आँखीभौंदेखि कपडासम्मै धुलाम्मे हुनुपर्ने बाध्यता छ।
एकतिर सडक विस्तारका लागि भत्काइएका संरचना बन्न सकेका छैनन्। अर्कोतिर मेलम्चीको पानी राजधानीमा भित्याउन पाइप बिछ्याउन खनेका सडक अलपत्र छन्। खनेका सडकमा धुलो उड्दै गुड्छन् गाडी। त्यसैको सिकार बनेका छन् राजधानीवासी। यो एक जनाको मात्र पीडा होइन। धुलोको पीडा नखेप्ने सायदै राजधानीमा कोही होला। अझ धुलोका कारण स्वास्थ्यमा हुने समस्या बेग्लै छ। तथ्यांकअनुसार धुलोका कारण बिरामी बढ्न थालेका छन्।
विडम्बना! विकास निर्माणमा संलग्न सरकारी निकायको गतिहीनताका कारण राजधानीवासीले यो धुलो अझै केही वर्ष सहनुपर्नेछ। अहिले भइरहेको धुलोको मुख्य कारण हो– काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची पाइप बिछ्याउन खनेको सडक।
मेलम्चीको पानी उपत्यकामा वितरणका लागि सञ्जाल निर्माण गर्न निर्देशानलयले ४० स्थानमा सडक भत्काएर पाइप बिछ्याउने काम गरिरहेको छ। निर्देशनालयका प्रमुख तिरेस खत्रीका अनुसार सुन्दरीजलयता पानीको थोकवितरण प्रणालीका लागि ६१ किलोमिटर मूल सडक भत्काएर काम भइरहेको छ। घरघरमा पानी वितरणका लागि पाइप बिछ्याउन थप ६ सय ७० किलोमिटर भित्री सडकमा पनि काम गरिरहेको छ। असोजसम्म पाइप बिछ्याउने काम सक्ने निर्देशनालयले जनाएको छ।
पाइप बिछ्याउन भत्काइएका राजधानीका सडक बन्न भने अझै केही वर्ष लाग्ने देखियो।
‘भत्काउने काम चाँडै सकिन्छ तर बनाउन केही समय लाग्छ,’ निर्देशनालयका प्रमुख खत्रीले भने, ‘एक वर्षसम्ममा भत्काइएका सडक मर्मत गरिसक्ने हाम्रो लक्ष्य हो।’ उनका अनुसार पानी असोजमा आए पनि केही ठाउँमा लिकेज भएर फेरि खन्नुपर्ने भएकाले पनि एक वर्षको लक्ष्य राखिएको हो।
पाइप बिछ्याउन खनेका मध्ये ४, ६ र ८ मिटरका चौडाका भित्री सडक निर्देशनालयले बनाउने सहमति भएको छ। ८ मिटर बढी चौडाका मूल सडक भने सडक विभागअन्तर्गतका डिभिजन कार्यालयले मर्मत गर्न सहमति भएको निर्देशनालयले जनायो।
निर्देशानलयको जिम्मामा रहेका पाइप बिछ्याइसकेको सडक मर्मत कार्य थाल्न गृहकार्य गरिरहेको छ। ‘पाइप बिछ्याइसकेका सडकको मर्मत केही समयमै प्रक्रिया थालिनेछ,’ खत्रीले भने, ‘विभागको जिम्मा रहेका पाइप बिछ्याइसकेको सडक मर्मत थाल्न पनि विभागलाई भनेका छौं।’
खत्रीका अनुसार सडक मर्मतका लागि विभागलाई सरकारले ८५ करोड बजेटसमेत छुट्याइसकेको छ।
त्यसैगरी निर्देशानलयलाई पनि करिब १ अर्ब हाराहारी बजेट छुट्टिइसकेको निर्देशनालयले जनायो। मर्मत गर्नुपर्ने सडकमध्ये ३० प्रतिशत विभागको भागमा र बाँकी ७० प्रतिशत निर्देशनालयकै भागमा रहेको खत्रीको भनाइ छ।
विभागका प्रवक्ता दयाकान्त झाका अनुसार पाइप बिछ्याइसकेपछि सडक मर्मत थालिनेछ। ‘सरकारले किस्ता–किस्तामा गरेर रकम उपलब्ध गराउने भनेको छ,’ प्रवक्ता झाले भने, ‘पाइप बिछ्याएर सकेपछि हामी तुरुन्तै सडक मर्मत थाल्नेछौं।’ काम सकेका सडक मर्मतका लागि ठेक्का प्रक्रिया हुँदै गरेको उनले बताए।