भूमिहीन र सुकुम्बासीको अझै तथ्यांक संकलन हुन सकेन
२६ चैत्र २०७९
•
२ मिनेट पाठ
भूमिहीन र सुकुम्बासीको अझै तथ्यांक संकलन हुन सकेन
बैतडीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलनमा ढिलाइ भएको छ। यहाँका स्थानीय तहहरूको चासो नदिंदा तथ्यांक संकलनमा ढिलाइ भएको हो।




राष्ट्रिय भूमि आयोग जिल्ला समिति बैतडीको अध्यक्ष धर्मसिंह ऐर(कपिल)ले स्थानीय तहलाई तथ्यांक संकलन गरिदिन आग्रह गर्दा पनि चासो नदिएको बताए। उनका अनुसार दश स्थानीय तहमध्ये हालसम्म  पाँच पालिकाले मात्रै तथ्यांक संकलन गरेका छन्। तथ्यांक संकलन गर्नेमा पञ्चेश्वर, शिवनाथ र सुर्नया गाउँपालिका तथा पाटन र पुर्चौडी नगरपालिका मात्रै छन्।

उनले भने, ‘सबै स्थानीय तहहरूलाई पत्रचार गरेको भए पनि तथ्यांक संकलन ढिलाइ भएको छ, यसले गर्दा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका काममा पनि समस्या भएको छ।’

जिल्लाका सबै पालिकाले तथ्यांक संकलनका लागि आयोगसँग यसअघि नै सम्झौता गरिसकेका थिए। पञ्चेश्वरमा भूमिहीन दलित दुई सय ४५, भूमिहीन सुकुम्बासी छ, अव्यवस्थित बसोबासी तीन सय ९६, शिवनाथमा भूमिहीन दलित ४८, भूमिहीन सुकुम्बासी सात, अव्यवस्थित बसोबासी तीन सय ४६ रहेका तथ्यांक संकलन भएको आयोग जिल्ला समितिका सदस्य सचिव विवेक चन्दले जनाए।

यस्तै पाटनमा भूमिहीन दलित ५७, भूमिहीन सुकुम्बासी ६४, अव्यवस्थित बसोबासी एक सय ५१, सुर्नयामा भूमिहीन दलित सात, भूमिहीन सुकुम्बासी पाँच, अव्यवस्थित बसोबासी १९, पुर्चौडीमा भूमिहीन दलित ५५, भूमिहीन सुकुम्बासी १६, अव्यवस्थित बसोबासी ४९ रहेको तथ्यांक रहेको भूमि आयोग जिल्ला समितिले जनाएको छ। संकलन भएको तथ्यांक ३५ दिने सूचनाका आधारमा आएका निवेदन रहेका हुन्।

पैतीस दिने सूचनामा  छुटेको भए पालिकाले अर्कोपटक भूमि आयोग काठमाडौंसँग समन्यव गरेर संकलन गर्न सकिने सदस्य सचिव चन्दको भनाइ छ। उनले भने, ‘पहिलोपटकको सूचनामा छुटेको भए, पालिकाले भूमि आयोगलाई अर्कोपटक सूचना निकाल्न अनुरोध गरेर संकलन गर्नुपर्छ। तर दुई पटकभित्र तथ्यांक संकलन गरिसक्नुपर्छ।’

बाँकी रहेका पालिकाले पनि तथ्यांक संकलन जारी रहेको जनाएको छ।

सिगास गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्यामसिंह बोहराले वडा नं २ र ६ बाहेक सबै वडाबाट भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक पालिका पुगिसकेको र बाँकी रहेका वडाबाट तथ्यांक आउनेबित्तिकै अन्तिम रूप दिएर आयोगलाई पठाउने जनाएको छ।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले भने तथ्यांक संकलन अगाडि नबढेको जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले केही महिनाअघि मात्रै भूमि आयोगसँग सम्झौता गरेकाले तथ्यांक संकलनमा ढिलाइ भएको जनाए।

स्थानीय तहले  संकलन गरेको तथ्यांक ‘इन्ट्री’ गरेर केन्द्रीय कार्यालय पठाइने र त्यसपछि लालपुर्जा वितरणको प्रक्रिया अगाडि बढ्ने  आयोगले जनाएको छ। रासस
अर्को समाचार
कास्कीमा भूमिहीन र सुकुम्बासीलाई लालपूर्जा वितरण गरिने
०९ भदौ २०७९
•
३ मिनेट पाठ
कास्कीमा भूमिहीन र सुकुम्बासीलाई लालपूर्जा वितरण गरिने
कास्कीमा लालपूर्जा वितरणबारे जानकारी गराउँदै भूमि आयोग कास्कीका अध्यक्ष गंगाप्रसाद पोखरेल लगायत। तस्बिरः सन्देश/नागरिक
कास्कीमा भदौ दोश्रा सातादेखि भूमिहीन र सुकुम्बासीलाई लालपूर्जा वितरण गरिने भएको छ। भूमि आयोग कास्कीले भदौ १३ गतेबाट भूमिहीन र सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने तयारी गरेको हो। आयोगले पहिलो दिन ५० भन्दा बढीलाई लालपूर्जा वितरण गर्ने तयारी गरेको आयोग कास्कीका अध्यक्ष गंगा पोखरेलले जानकारी दिए। उनका अनुसार करीब दुई सयको लालपूर्जा दिन तयारी अवस्थामा पुगेको छ।




लालपूर्जा वितरणको तयारी स्वरुप आयोगले निस्सा वितरण शुरु गरेको छ। आयोगले जग्गाधनी पूर्जा प्राप्तिको पहिलो चरणमा दिइने निस्सा पोखराका विभिन्न वडामा वितरण गरिसकेको छ। भूमिहीन दलित र भूमिहीन सुकुम्बासीले दिएको निवेदनका आधारमा प्रक्रिया पूरा गरेर निस्सा वितरण शुरु गरिएको अध्यक्ष पोखरेलले बताए। उनका अनुसार पोखरा–२५ का २४२ जना दलित तथा सुकुम्बासीलाई निस्सा प्रदान गरिएको छ। आयोग कास्कीले भदौ भित्रमा कास्कीका सबै निवेदकलाई निस्सा वितरण गरिसक्ने उनले बताए।

आयोग कास्कीका अनुसार पोखरा महानगरपालिकामा १९ हजार ६ सय ३४ जना भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीले लालपूर्जा प्राप्तिका लागि निवेदन दिएका छन्। महानगरमा निस्सा वितरण शुरु भएपनि जिल्लाका अन्य पालिकाहरुमा भने निस्सा वितरण शुरु भइसकेको छैन। बाँकी पालिकाहरुमा अहिले लगत संकलनका लागि आवेदन दर्ता लिने काम भइरहेको छ। 

आयोग कास्कीका अध्यक्ष पोखरेलले माछापुच्छ«े, मादी र रुपा गाउँपालिकामा भूमिहीनहरुको लगत संकलनको काम आगामी असोज ४ गतेसम्म सञ्चालन हुनेछ। भूमि आयोग कास्कीले पोखरा महानगरपालिकामा भूमिहीन सुकुम्बासी ४ हजार १ सय ८३, भूमिहीन दलित ३ हजार ५ सय ५३ तथा अव्यवस्थित बसोबासी ११ हजार ८ सय ९८ जनाको निवेदन परेको जनाएको छ।

आयोगले यसअघिका पुराना अधुरो, अपुरो रहेका आवेदकको सर्जिमिन, मुचुल्का, फिल्डबुक र सेतोपूर्जाका आधारमा लालपूर्जा दिने तयारी गरेको जनाएको छ। आयोग कास्कीका अध्यक्ष पोखरेलले पुराना अधुरो अपूरो अन्तर्गत अन्नपूर्ण गाउँपालिका वडा नं–१ र २ वडा तथा पोखराका वडा नं–१४, १७, १९, २७, २८ र ३१ वडामा सर्जिमिन मुचुल्का गर्ने काम सम्पन्न गरेको जानकारी दिए। अधुरो र अपुरो अन्तर्गतका घरधूरीलाई लालपूर्जा दिईने उनले बताए। ‘पूर्जा र फिल्डबुकमा नाम भएकाहरुलाई लालपूर्जा दिन्छौ,ं’ उनले भने।

आयोग कास्कीले अव्यवस्थित बसोबासी अधिकांशले राजस्व नबुझाउँदा लालपूर्जा वितरणमा ढिलाई भएको जनाएको छ। आयोग कास्कीका अध्यक्ष पोखरेलका अनुसार महानगरमा २ सय २७ अव्यवस्थित बसोबासी भएपनि हालसम्म एक जनाले मात्रै राजश्व बुझाएका छन्। उनका अनुसार अव्यवस्थित बसोबासीले ठाउँ अनुसार दुई सय प्रतिशतसम्म राजस्व बुझाउनुपर्ने हुन्छ। भूमिहीन सुकुम्वासी र दलितले भने जग्गाको तिरो मात्र तिरे पुग्ने आयोग कास्कीका सदस्य सचिव एवं जिल्ला नापी कार्यालय कास्कीका प्रमुख दिनेश काफ्लेले जानकारी दिए।

आयोग कास्कीले जनशक्ति अभावका कारण सोंचेअनुरुप काम गर्न नसकेको बताएको छ। तर आफ्नो शक्तिले भ्याएसम्म काम गर्ने प्रयास भइरहेको अध्यक्ष पोखरेलले बताए। उनका अनुसार हाल आयोग कास्कीमा ७ जना मात्रैले काम गर्नुपरेको छ। ११ जनाको दरबन्दी भएपनि ७ जनाले धान्नुपर्ने बाध्यता हुनुका साथै भएकामध्ये ३ जना पूर्णकालीन र बाँकी ४ जनाले दुई वटा कार्यालय धाउनुपर्ने भएकाले काममा बाधा उत्पन्न हुनेगरेको उनले बताए। लालपूर्जा वितरणमा दलहरुले भने सकारात्मक सहयोग गरिरहेको अध्यक्ष पोखरेलले बताए।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस