मकवानपुर प्रहरीले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा १२ पदमपोखरी बस्ने ४४ वर्षका सुमन भन्ने सुरेश घलान रहेका छन्। उनलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ३ सरस्वती पेट्रोल पम्प अगााडीबाट पक्रिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए।
शंकाको आधारमा उनको शरीर खानतलासी गर्दा मेड इन यूएसए लेखेको म्यागजिन सहितको पेस्तोल फेला परेको उनले बताए। ‘नेवारपानी तर्फबाट हेटौडा बजार आउँदै गरेका पदमपोखरीका सुरेश घलानलाई पेस्तोलसहित पक्राउ गरेका हौं’, उनले भने, ‘घलानलाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अघि बढाइएको छ।’