रौतहटमा दिनहुँ आगलागीका घटना बढेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले सबै किसिमको सावधानी अपनाउन अनुरोध गरेको छ।
जिल्लामा दिनानुदिन आगलागीका घटना बढ्दै गइरहेकोले गाउँघरमा खाना पकाउने निश्चित समय तोक्ने, खाना पकाउँदा सावधानी अपनाउने, गोठहरुमा लामखुट्टे धपाउनको लागि बालिने आगो, मच्छर धूप लगायत कुनै पनि प्रकारले आगो बाल्दा निगरानी गर्ने, साथै आगलागीबाट हुन सक्ने धनजनको क्षतिबाट जोगाउने सन्देश फैलाउन जिल्ला प्रशासन कार्यालय रौतहटले अनुरोध गरेको छ।
यसैबिच गढीमाई नगरपालिकाका प्रमुख श्यामप्रसाद यादवले पनि सोमवार प्रेस विज्ञप्ति जारी गर्दै बिहान नौ बजेभित्र मात्र खाना पकाउन अपिल गरेका छन्। नगरपालिकाले आगलागीको घटनाबाट जोगिन आवश्यक सबै उपाय अपनाउन पनि आग्रह गरेको छ।
नगर प्रमुख श्यामप्रसाद यादवले सबै सचेत नागरिकलाई अझ चनाखो भएर रहन तथा आगलागी हुँदा तुरुन्त निभाउनको लागि आवश्यक तयारी गर्न पनि आग्रह गरेका छन्।

सोमबार जिल्ला प्रशासन कार्यालय रौतहटले सबैलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो।रौतहटमा एक हप्तामा करिब एक दर्जन ठाउँमा ठूलादेखि साना आगलागीका घटना भइसकेका छन्। आइतबार माधवनारायण नगरपालिका ४ मानपुरमा भएको भीषण आगलागीपछि जिल्लाको सरकारी संयन्त्र क्रियाशील भएको छ।