वर्षमा २०७ दिन प्रदूषण
२१ पौष २०७३
•
९ मिनेट पाठ
वर्षमा २०७ दिन प्रदूषण
काठमाडौं- 'उफ् कस्तो धुलो!'

छिः कति फोहोर!'

'आम्मै... कतिबिधि धुवाँ, धुलो, कोलाहल र दुर्गन्ध!'

यी कुनै नाटक या चलचित्रका संवाद होइनन्, सास फेर्नै सकसपूर्ण राजधानी उपत्यकाका प्राय बासिन्दाले सास–सासमा पोखिरहने मनकै वह हुन्।

किनकि, राजधानी उपत्यका वर्षैभरजसो प्रदूषित रहन्छ।  

उपत्यकाका करिब ४० लाख बासिन्दा धुलो र धुवाँको कहर वर्षैभर बेहोरिरहन विवश छन्। जसको परिणाम स्वास्थ्य संक्रमणले हैरान बन्छन् या दीर्घरोगले थलिन्छन्।

उपत्यकाको वायुको अवस्था र त्यसले स्वास्थ्यमा पार्ने असरबारे निरन्तर अध्ययनपछि स्वास्थ्य अनुसन्धान परिषद्ले वर्षमा २०७ दिन (५७.७ प्रतिशत ) प्रदूषणको मात्रा राष्ट्रिय औसतभन्दा बढी (हानिकारक अवस्थामा) रहने गरेको देखाएको छ।

उपत्यकाको हावामा राष्ट्रिय मापदण्ड पिएम २.५ का लागि ४० माइक्रोमिटर प्रतिघनमिटरभन्दा कम हुनुपर्छ तर चिसो मौसममा अधिकतम १ सय ९२ माइक्रोमिटर प्रतिघनमिटरसम्म पिएम २.५ को मात्रा भेटिएको थियो।

वायु प्रदूषणको मुख्य कारकतŒवमध्ये २.५ माइक्रोमिटरभन्दा कम आकारका धुलाका कण, कार्बन मोनोअक्साइड र नाइट्रोेजन अक्साइड स्वास्थ्यका लागि प्रमुख हानिकारक छन्। यस्ता कण श्वासप्रश्वासमार्फत शरीरभित्र पस्ने हुनाले बालबालिकामा श्वासनलीमा संक्रमण हुन्छ भने प्रौढमा श्वासप्रश्वासका दीर्घकालीन समस्या निम्तने विज्ञ बताउँछन्।

अध्ययनले वायु प्रदूषणको मात्रा राष्ट्रिय औसतमा १० प्रतिशतले बढ्दा श्वासप्रश्वासजन्य कारण अस्पताल नै भर्ना हुनुपर्ने अवस्था पनि ३ देखि ५ प्रतिशतले बढ्ने गरेको देखायो। परिषद्ले उपत्यकामा सडक विस्तारसँगै धुलो बढेपछि एक वर्षसम्म हावामा प्रदूषण मात्रासँगै उपत्यका प्रमुख १३ वटा अस्पतालमा भर्ना हुने बिरामीबारे संयुक्त रुपमा अध्ययन गरेको थियो।

अनुसन्धान केन्द्रका अनुसार काठमाडौंको पुतलीसडक ललितपुरको महालक्ष्मी स्थान र भक्तपुरको भीमसेनस्थान जगातिमा प्रदूषण मापन गर्ने स्टेसन राखेको थियो। एक वर्षको सोही अवधिमा बिरामी र मृत्युसम्बन्धी तथ्यांक संकलन गरिएको थियो जसमा उपत्यकाका वीर, कान्ति बाल, त्रिवि शिक्षण, बिएन्डबी, काठमाडौं मेडिकल कलेज, काठमाडौं मोडल, इशान बाल अस्पताल, भक्तपुर अस्पताल, ओम, नेपाल मेडिकल कलेज, सिभिस, सिद्धि मेमोरियल अस्पतालमा आएका बिरामीको तथ्यांक विश्लेषण गरिएको थियो।

अनुसन्धानमा संलग्न परिषद्का अनुसन्धान शाखा प्रमुख डा. कृष्ण अर्यालका अनुसार त्यस क्रममा भर्ना भएका मध्ये ४० प्रतिशतमा दीर्घ श्वासप्रश्वास र करिब ३० प्रतिशतमा निमोनिया देखिएको थियो।

वरिष्ठ श्वासप्रश्वास रोगविशेषज्ञ डा. अर्जुन कार्कीले राजधानीको धुलो र प्रदूषण वर्तमान र भावी पुस्तालाई समेत ठूलो जनस्वास्थ्य चुनौती भएको बताए। 'नागरिकको स्वास्थ्यमा यति धेरै बेवास्ता हुँदा पनि सरकारको ध्यानै पुगेको देखिन्न,' उनले नागरिकसँग भने, 'निरन्तर खबरदारी नगरे ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउँछ।'

चिकित्सकका अनुसार धुलो र प्रदूषणका कारण सुरुमा हाच्छिउँ आउने, क्रमशः नाक बन्द हुने, घाँटी खसखस र छालामा डाबरसमेत देखिने लक्षण पैदा हुन्छ। बिस्तारै यस्ता समस्या लामो समय रहँदा घाँटी दुख्ने, खोकी लाग्ने भएर श्वासप्रश्वासका दीर्घकालीन समस्यामा परिणत हुन्छ।

डा. कार्कीका अनुसार धुलो र प्रदूषणले श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन समस्यासँगै मुटु रोग र क्यान्सरको खतरासमेत बढाउँछ। 'प्रदूषणबाट बच्ने नीति र कार्यक्रम तत्काल चलाउनुपर्छ,' उनले भने, 'यो आम मानिसको स्वास्थ्यको भयावह चुनौती हो।'

स्वास्थ्य मन्त्रालयको स्वास्थ्यसम्बन्धी सम्पूर्ण तथ्यांकहरुको संकलन गर्ने निकाय स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआइएस) को तथ्यांकले समेत पाँच वर्षमा श्वासप्रश्वासजन्य बिरामीको संख्या दोब्बर भएको देखाएको छ।

तथ्यांकअनुसार आर्थिक वर्ष ०६९/७० मा १९ हजार ८ सय ४४ देखिएकामा क्रमशः बढेर गत वर्ष २९ हजार हाराहारी पुगेको छ। थुपै्र डाक्टरका क्लिनिकमा गएका बिरामीको तथ्यांक नआउने हुँदा यो तथ्यांक अझै माथि भएको डा. कार्की बताउँछन्।

प्रमुख अनुसन्धानकर्ता डा. अर्यालका अनुसार सबैभन्दा बढी प्रदूषण मंसिरदेखि वैशाखसम्म राष्ट्रिय औसतभन्दा बढी र असारदेखि असोजसम्म मात्र कम पाइएको थियो। 

काठमाडौं लगायत नेपालका मुख्य सहरमा बढ्दो जनसंख्या, जथाभाबी सहरीकरण र औद्योगीकरण तथा गाडीबाट निस्कने धुवाँजस्ता कुराले प्रदूषण बढ्दै गएको छ। 

अनुसन्धान प्रतिवेदनअनुसार मध्यरातपछि र सूर्योदयअघि प्रदूषणको मात्रा सबैभन्दा कम थियो भने बिहान क्रमशः बढ्दै गएर ८–९ बजे सबैभन्दा बढी पाइएको थियो।

'नाइट्रोजनअक्साइडहरुको मात्रा पनि पिएम २.५ को जस्तै वृद्धि भएको देखिन्थ्यो,' डा. अर्यालले भने, 'अर्कोतिर श्वासप्रश्वाससम्बन्धी समस्याले अस्पताल भर्ना हुने बिरामीमध्ये अधिकांश दीर्घ श्वासप्रश्वास सम्बन्धी समस्याका (३९.४९) थिए।'

अध्ययनले बालबालिका ०–९ वर्ष र वयश्क ५० भन्दा माथिलाई वायुप्रदूषणको उच्च जोखिम रहने देखिएको छ। १० माइक्रोमिटर प्रतिघनमिटर प्रदूषण बढ्दा एकदेखि पाँच प्रतिशतसम्म श्वासप्रश्वाससम्बन्धी समस्याबाट अस्पताल भर्नादर वृद्धि हुने अध्ययनले देखाएको हो।

प्रदूषण गराउने कारकतŒवमा मुख्य गरेर गाडीको धुवाँ, इँटाभट्टा र जेनेरेटरले निकाल्ने धुँवा नै भएको अन्तर्राष्ट्रिय स्तरमा स्थापित भए पनि यहाँ राज्य र सर्वसाधारणको यसप्रति गम्भीर चासो नगएको डा. अर्यालले बताए।

'सरकारले काठमाडौं उपत्यकामा वायुप्रदूषण रोकथाम र नियन्त्रण गर्न नीतिनियम प्रभावकारी ढंगले गराउन जरुरी छ,' अर्यालले भने, 'अन्यथा सरकारले जनस्वास्थ्य समस्यामा ठूलो धनराशि खर्चनुपर्छ।'

वरिष्ठ जनरल प्राक्टिसनर डा. डिपी सिंहका अनुसार धुलोका कारण श्वासप्रश्वास, दम, बोङकाइटिस्ट मात्र होइन, पेट, मुटु, मानसिक, आँखा र छालाका बिरामीको संख्यासमेत उत्तिकै बढिरहेका छन्। विज्ञका अनुसार धुलो र धुवाँमा रहेका मसिना कण श्वासनली हुँदै फोक्सोमा पुगेपछि श्वास लिन र फाल्न कठिन हुन्छ। यसले श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग नभएकामा समेत बोङकाइटिस, दम, मुटु समस्या देखिने खतरा रहन्छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस