विमानस्थल सुरक्षा भगवान् भरोसा
२३ पौष २०७३
•
१० मिनेट पाठ
विमानस्थल सुरक्षा भगवान् भरोसा
नेपालगन्ज- थरिथरिका भिआइपी, तिनलाई भेट्नेको थामिनसक्नु भीड। न त भिआइपीमाथि शंका गर्न मिल्ने, न भेट्न आउनेलाई रोकटोक गर्न सकिने। नेपालगन्ज विमानस्थलको सुरक्षा जिम्मेवारी समालेका सई पे्रमबहादुर भण्डारीका लागि सबैभन्दा ठूलो चुनौती यही हो। उनको विचारमा सुरक्षामामिलामा सबैभन्दा जोखिमपूर्ण स्थान नै भिआइपी कक्ष बनेको छ।

मध्य तथा सुदूरपश्चिमको सबैभन्दा व्यस्त नेपालगन्ज विमानस्थलमा सई थापाले भनेझैं भिआइपी व्यवस्थापन ठूलो चुनौती बनेको छ। दैनिक करिब पाँच सय यात्रु ओहोरदोहोर गर्ने विमानस्थलमा यात्रुमाथि सुरक्षा निगरानी गर्न जति सहज छ, दैनिक सरदर दुई–तीनजनाको संख्यामा आउने भिआइपीका कारण उत्पन्न सुरक्षा चुनौती चिर्न भने उत्तिकै कठिन छ। 'मन्त्री वा नेता आउनेबित्तिकै अनेकखालका मान्छे ह्वारह्वार्ती भिआइपी कक्षभित्र पस्छन्, रोक्न खोज्यो भने उल्टै पुलिसलाई धकेल्छन्,' भण्डारीले भने, 'यस्तो अवस्थामा हामीसँग निरीह भएर हेर्नुको विकल्प हुँदैन।' कहिलेकाहीं त कार्यकर्ता यति धेरै आउँछन् कि भिआइपीलाई बस्ने सोफासमेत हुँदैन। बसेका मान्छेलाई 'उठ्' भन्न नसक्दा अर्को कुर्सी ल्याएर राख्नुपर्छ।

विशिष्ट व्यक्ति सुरक्षा निर्देशिका, २०७१ अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा विभिन्न पदाधिकारीलाई भिआइपी सुविधा दिएको हुन्छ। यसबाहेक स्थानीयस्तरमा सम्बन्धित विमानस्थलले विमानस्थल सुरक्षा समिति र जिल्ला प्रशासन कार्यालयको सिफारिसमा भिआइपीलाई सुरक्षा सुविधा दिन्छन्। नेपालगन्ज विमानस्थलमा भने यी मापदण्ड लागू भएको देखिँदैन। 'भिआइपी भनेर नतोकिएका व्यक्तिमात्र होइन, उनीहरूका श्रीमती–छोराछोरीसमेत जबरजस्ती भिआइपीकक्ष प्रयोग गर्छन्,' विमानस्थलमा खटिएका एक सुरक्षाकर्मीले भने, 'यस्तो बेला भिआइपी रुपमा बसेका भन्दा हामी हेर्नेलाई लाज लाग्छ।'

भिआइपी सुविधा दुरुपयोग र भिआइपी भेट्ने बहानामा हुने भीड नियन्त्रणका लागि विमानस्थलमा बलियो सुरक्षा व्यवस्था आवश्यक पर्छ। तर, सईको कमान्डमा परिचालित प्रहरी जनशक्ति अत्यन्तै न्यून छ। अहिले त्यहाँ ३४ प्रहरी कार्यरत छन्। 'एकातिर जनशक्ति कम, अर्कोतिर भिआइपीसँग जोडिएका व्यक्तिको बलजफ्ती प्रवेश,' सई भण्डारीले भने, 'सुरक्षा कायम गर्न निकै कठिन छ, धन्न अहिलेसम्म त्यस्तो अप्रिय घटना भएको छैन।'

दक्ष सुरक्षाकर्मी अभाव र अनुभवी प्रहरी फेरबदल भइरहने समस्या पनि अर्को चुनौती हो। विमानस्थलमा खटिने प्रहरीका लागि एकसाताको अभिमुखीकरणसँगै प्रिबोर्ड प्यासेन्जर स्त्रि्कनिङ (पिपिएस) ट्रेनिङ, एयरपोर्ट सेक्युरिटी ट्रेनिङ, एयरपोर्ट सेक्युरिटी म्यानेजमेन्ट टे्रेनिङ, एयरपोर्ट सेक्युरिटी लेबल–४, एयरपोर्ट सेक्युरिटी पिपिएस, फेक डकुमेन्ट आइडेन्टिफिकेसन ट्रेनिङ, सेक्युरिटी थे्रट म्यानेजमेन्टलगायत तालिम लिनुपर्ने हुन्छ। तर, काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै तालिमप्राप्त प्रहरी जनशक्ति अभाव भइरहेको अवस्थामा नेपालगन्जमा तालिमप्राप्त प्रहरीको संख्या 'छैन' भन्दा पनि हुन्छ। मध्यपश्चिम क्षेत्रीय प्रहरीप्रमुख डिआइजी माधव नेपाल तालिम दिने जिम्मेवार निकाय नागरिक उड्डयन प्राधिकरणलाई तालिमको व्यवस्था गर्न अनुरोध गरिएको बताउँछन्। 'तालिमप्राप्त जनशक्ति अभावमा आठ घन्टा ड्युटी गर्नुपर्ने प्रहरीले २४ घन्टासम्म खटिनुपरेको अवस्था छ,' उनले भने, 'प्राधिकरणले जति धेरै र छिटो तालिम व्यवस्था गर्छ, त्यत्तिकै मात्रामा विमानस्थल सुरक्षा मजबुत हुन्छ।' तालिम अभावमा समेत प्रहरीले स्थानीय विमानस्थलमा प्रभावकारी सुरक्षा प्रदान गरेको उनले बताए।

विमानस्थल सुरक्षासँग जानकारका अनुसार तालिम लिइसकेका प्रहरीलाई कम्तीमा पाँच वर्षसम्म सोही ठाउँमा खटाउनुपर्छ। नेपालगन्ज विमानस्थलमा भने दुई वर्षभन्दा बढी समय प्रहरी टिक्दैनन्। तालिमबिना गएका प्रहरीको त विमानस्थलबारे राम्ररी नबुझ्दै सरुवा भइसक्छ। 'यसले पनि एयरपोर्ट सेक्युरिटीलाई फितलो बनाइरहेको छ,' एक प्रहरी अधिकृतले भने, 'एयरपोर्ट सेक्युरिटी बलियो बनाउने हो भने सीप–सुविधा र प्रविधियुक्त छुट्टै प्रहरी दस्ता बनाएर परिचालन गर्नुपर्छ।'

प्रविधि प्रयोग नहुनु नेपालगन्ज विमानस्थलको अर्को सुरक्षा चुनौती हो। विमानस्थलमा यात्रुको हातेझोला जाँच गर्ने ह्यान्ड व्यागेज एक्स–रे मेसिन नभएको होइन। तर, उक्त मेसिन चलाउने तालिमप्राप्त प्रहरी नहुँदा आठ महिनादेखि त्यत्तिकै थन्किएको छ। करिब दुई करोड रुपैयाँ मूल्यको उक्त मेसिन प्रयोगमा नआउँदा प्रहरीले विमानभित्र प्रवेश गर्ने यात्रुको झोला सामान्य छामछुम गरेरै पठाउँछ। झोला जाँच गर्ने क्रममा यात्रुले पाउने सास्ती झन् उदेकलाग्दो छ। 'नेपालगन्जमात्र होइन, मध्यपश्चिमका विभिन्न एयरपोर्टमा कसैले बदमासी गर्न खोज्यो भने सहजै सक्ने अवस्था छ,' निजी एयरलाइन्स कम्पनीमा दुई दशकदेखि कार्यरत कमल गौतम भन्छन्, 'विमानस्थल सुरक्षा त भगवान् भरोसामा भइरहेको छ भन्दा पनि फरक पर्दैन।' तालिमप्राप्त प्रहरी र प्रविधि अभाव, भिआइपी सुविधाको दुरुपयोग, रनवेसम्मै व्यक्तिको पहुँच पुग्नुजस्ता कारणले विमानस्थल सुरक्षालाई जटिल बनाएको उनले बताए।

नेपालगन्ज विमानस्थल प्रशासन सुरक्षा चुनौती र कमजोरीबारे जानकार नभएको होइन। तर, मौनता साँधेर बसिरहेको छ। प्राधिकरणले तालिम व्यवस्था नगरेकै कारण आठ महिनादेखि ह्यान्ड व्यागेज एक्स–रे मेसिन थन्किएर बसेको छ। तालिमका लागि प्रहरीको नाम गए पनि प्रक्रिया अझै सुरु भएको छैन। भिआइपी सुविधा व्यवस्थापनका लागि पनि प्रभावकारी कदम चालिएको छैन। 'नागरिक उड्डयन प्राधिकरणले चाह्यो भने यी सम्पूर्ण काम एक महिनाभित्रै हुन्छन्,' एक प्रहरी अधिकृतले भने, 'तर हामीले जति अनुरोध गरे पनि जिम्मेवारी अधिकारीले मतलबै गर्दैनन्।

प्राधिकरणका नेपालगन्ज प्रमुख प्रतापबाबु तिवारी भने सुरक्षा प्रणालीमा देखिएका कमजोरी पहिचान गरी सुधार प्रयास भइरहेको बताउँछन्। उनका अनुसार भिआइपी कक्षबाट हुने सुरक्षा जोखिम न्यूनीकरणका लागि स्थानीय राजनीतिक दल र जिल्ला प्रशासन कार्यालयसँग बसेर मापदन्ड बनाउने काम भइरहेको छ। 'भिआइपी मापदन्ड कार्यान्वयनमा दलका कार्यकर्ता इमानदार भइदिने हो भने धेरै समस्या हल हुन्छन्,' उनले भने, 'हामीले त्यही भएर दलका जिल्लास्तरीय नेतृत्वसँग बसेर छलफल गरिरहेका छौं।' भिआइपी सुविधा दुरुपयोग र भिआइपी भेट्न आउनेको भीड विमानस्थल सुरक्षामा एक प्रमुख चुनौती देखिएको उनले बताए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
३ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस