विमान चार्टर गरेर चिनियाँ पर्यटक नेपालमा
३० चैत्र २०७९
•
२ मिनेट पाठ
विमान चार्टर गरेर चिनियाँ पर्यटक नेपालमा
हिमालयन एयरलाइन्सको विमान चार्टर गरी एक सय ८० चिनियाँ पर्यटक नेपालमा भित्रिएका छन्। नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल विग माउण्टेन ट्राभलमार्फत आज बिहान चिनियाँ पर्यटकको टोली नेपाल आएको हो।




नेपालमा आएका चिनियाँ पर्यटक टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ, नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिईओ० डा धनञ्जय रेग्मीलगायतले स्वागत गरे।

स्वागतपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किराँतीले कोरोनापछि नयाँ वर्षको पूर्वसन्ध्यामा पहिलोपटक यति ठूलो सङ्ख्यामा चिनियाँ पर्यटकलाई स्वागत गर्नपाउँदा ज्यादै खुशी लागेको बताए। ‘पाहुना भनेको भगवान हुन्, हामी भगवान्को रुपमा सँधै विदेशी पाहुनाको स्वागत गर्दछौँ,’ उनले भने।

मन्त्री किराँतीले नेपाल चीन सम्बन्ध धेरै पुरानो भएकाले यसलाई थप मजबुद बनाउन यस्तो गतिविधिले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे। ‘चीनका महामहिम राष्ट्रपति नेपाल आएको बेलामा हामीलाई एशियाको सबैभन्दा मन पर्ने देश नेपाल हो भन्नुभएको थियो, हामी चीनमार्फत थप पर्यटन प्रवद्र्धन गर्न चाहन्छौँ,’ मन्त्री किराँतीले भने।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चीन सरकारको ठूलो भूमिका रहेको बताउँदै पोखरा विमानस्थललाई चीनसँग हवाईमार्फत प्रत्यक्ष  जोड्न चाहेको बताए। मन्त्री किराँतीले नेपालका कतिपय शहर चीनका विभिन्न सहरसँग मिल्दोजुल्दो रहेकाले चिनियाँ पर्यटकले नेपाललाई मन पराउने आशा व्यक्त गरे।मन्त्री किराँतीले विस २०८० को दशकलाई समृद्धि र पर्यटनको दशकका रुपमा नेपालले मनाउन चाहेको बताए।

नेपालका लागि चिनियाँ राजदूत छेन् सङले कोरोना नियन्त्रणमा आएसँगै विदेश जाने पर्यटकलाई चीनले खुला गरेको बताए। ‘चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्न पाउँदा साह्रै खुशी लागेको छ,’राजदूत सङले भने। उनले चिनियाँ पर्यटक नेपालमा भित्रिएसँगै नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत डा रेग्मीले सन् २०१९ देखि थला परेको नेपालको पर्यटन उद्योगमा चिनियाँ पर्यटकको आवागमनसँगै थप उत्साह जागेको बताए। नेपालले चिनियाँ र भारतीय पर्यटकलाई लक्षित गरेर पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने उनको भनाइ थियो।

नेपाल विग माउण्टेन ट्राभलका सञ्चालक एवम् युवा पर्यटन व्यवसायी सुदर्शन नेपालले कोरोनापछि चीनले नेपाललाई गत मार्च १० देखि गन्तव्यसूचीमा राखेर नेपालमा पर्यटक आउन थालेकोमा खुशी व्यक्त गरे।

उनले आगामी महिना झण्डै आठ सय चिनियाँ पर्यटक नेपालमा ल्याउन लागेको बताए। पर्यटन व्यवसायीले नेपालले चिनियाँ पर्यटकलाई नेपाल सुरक्षित गन्तव्यस्थल रहेको सन्देश दिनु जरुरी रहेको बताए।

एक साताका लागि नेपाल आएको चिनिया टोलीले काठमाडौँ उपत्यकाका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गर्नुका साथै पुनहिलसमेतको भ्रमण गर्ने कार्यक्रम रहेको पर्यटन व्यवसायी नेपालले जानकारी दिए।
अर्को समाचार
फर्किएन चिनियाँ पर्यटन बजार
२२ वैशाख २०८२
•
५ मिनेट पाठ
फर्किएन चिनियाँ पर्यटन बजार
नेपालमा सन् २०२४ मा ११ लाख ४७ हजार ५ सय ६७ जना विदेशी पर्यटक भित्रिँदा चिनियाँ पाहुनाको संख्या १ लाख १ हजार ८ सय ७९ (करिब नौ प्रतिशत) थियो। यसअघि सन् २०१९ मा नेपालमा सबैभन्दा बढी विदेशी पर्यटक भित्रिँदा त्योवर्ष नेपाल भित्रिने चिनियाँको संख्या १४ प्रतिशत (१ लाख ६९ हजार ५ सय ४३) थियो।  




नेपालको पर्यटन क्षेत्रले चिनियाँ पर्यटनबाट धेरै नै अपेक्षा गर्दै आएको छ। त्यही अनुसार बजारीकरणमा पनि जोड दिँदै आएको छ। तर, कोरोना भाइरस संक्रमण सुरु भएपछि चिनियाँ पाहुनाको आगमन बढी नै प्रभावित भएको थियो। कोरोना त्रासले ओरालो लागेको चिनियाँको आगमन उकासिने क्रममा सन् २०२४ मा बल्लतल्ल ९ प्रतिशतमा उक्लेको थियो। चिनियाँ पर्यटनबाट धेरै नै अपेक्षा गरिरहेको तर, त्यो अनुसार पाुहना नपाएको नेपालको पर्यटन क्षेत्रमा सन् २०२५ लाई चीनले ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरिदिएपछि केही आशा पलाएको थियो। तर, पर्यटन व्यावासायीले आशा गरे अनुरुप चिनियाँ पर्यटक भित्रिन सकेका छैनन्।  

चीनले सन् २०२५ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउँदै गर्दा नेपाल भित्रिने चिनियाँ पाहुनाको संख्या अघिल्लो वर्ष भन्दा पनि कमजोर रहेको तथ्यांकले देखाएको छ। पर्यटन बोर्डका अनुसार नेपालमा सन् २०१९ को सुरुका चारमहिना (जनवरी–अप्रिल)मा नेपाल भित्रिएका चिनियाँ पर्यटकको संख्या ५९ हजार ४ सय ३७ थियो। तर, कोरोनाका कारण २०१९ पछिका हरेक वर्ष आगमन खस्किएको थियो। जसोतसो पर्यटन क्षेत्र ब्यूतिँदै जाने क्रममा २०२४ को सुरुवाती चारमहिना (जनवरी–अप्रिल) मा नेपालमा ३८ हजार २ सय ९० जना चिनियाँ पाहुना भित्रिएका थिए।  

सन् २०२५ को सुरुको चारमहिनाको आगमन त अघिल्लो वर्षको भन्दा पनि कमजोर देखिएको बोर्डले बताएको छ। २०२५ को जनवरी–अप्रिलसम्म नेपालमा जम्मा ३६ हजार ९ सय ५४ जना मात्र चिनियाँ पाहुना भित्रिएका छन्। 

‘पोहोर भन्दा पनि योवर्ष चिनियाँ पाहुनाको आगमन कमजोर देखिएको छ। चीनले सन् २०२५ लाई नेपाल भ्रमण वर्ष मनाउँदै गर्दा विभिन्न गतिविधि भएका छन। तर, पर्यटक आगमन भने खस्कँदो छ,’ पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछाने भन्छन, ‘चीनमा नेपाल भ्रमण वर्ष मनाउँदै गर्दा पर्यटन क्षेत्र हौसिएको थियो। तर, अहिले सोचेजस्तो पाहुना नआउँदा व्यावसाय क्षेत्र खुसी छैन। अघिल्लो वर्षको चारमहिना अवधिमा भन्दा पनि यो वर्षको त्यही अवधिमा कम पाहुना आए । हाम्रो अपेक्षा यो होईन।’

चीनले नेपाल भ्रमण मनाउँदै गर्दा पोखरामा विभिन्न पर्यटकीय गतिविधि भएका थिए। ती गतिविधिले चिनियाँ पर्यटकलाई पोखरासम्म ल्याउने आधार तय भएको थियो। त्यसबाहेक चिनियाँ पर्यटकलाई सहजै पोखरा ओराल्ने गरि पोखराबाट चीनको छेन्दु र ल्हासासम्म चार्टर र सेड्यूल उडान पनि सुरु भएका थिए। ती उडानले चिनियाँ पर्यटकलाई सिधै पोखरा ओराल्ने योजना अनुरुप चिनियाँ बजारमा प्रवद्र्धनात्मक गतिविधि पनि गरिएका थिए। तरपनि चिनियाँ पाहुानाको आगमन उत्साहजनक हुन नसकेको लामिछानेले बताए।  

‘पोखराबाट छेन्दु र ल्हासा उडान सुरु हुँदै गर्दा पर्यटन क्षेत्र निकै नै उत्साही बनेको थियो। पर्यटक भित्रिने माहोल पनि बनेको थियो। तरपनि ती उडानमा सोचेजति चिनियाँ पाहुना आएनन,’ उनले भने, ‘चीनमा बजारीकरण नभएको भन्न मिल्दैन। तर, चिनियाँ पाहुना नेपाल फर्किन सकेनन्।’ 
चैत पहिलो साताबाट सुरु भएको चार्टन उडानबाट गरेको अपेक्षा पनि नमिलेको उनले बताए। पोखरा–छेन्दु तीनवटा र छेन्दु–पोखरा १० वटा उडानको बुक भएको र ती उडान निरन्तर हुने भनिएपनि अपेक्षाकृत पाहुना नभित्रिएको लामिछानेले बताए।  

पोखरा–छेन्दु चार्टर उडान सुरु गर्दा पोखरामा १० वटा उडानमार्फत कम्तिमा १२ सय चिनियाँ पाहुना भित्रिने भनेर पर्यटन क्षेत्रले बताएको पनि थियो। ‘नेपालका दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल (पोखरा र काठमाडौं) सँग चिनियाँ सहरको सिधा हवाई सञ्जाल बिस्तार हुँदा समेत सोचेजति चिनियाँ पाहुना नेपाल आएनन,’ लामिछानेले भने, ‘चिनियाँका लागि बजारीकरणको अभाव होईन। चिनियाँ पाहुना तान्नेगरि कार्यक्रम भएका हुन । तरपनि पाहुना भित्रिएनन्।’

लामिछानेको अनुमानमा पर्याप्त चिनियाँ पाहुना भित्रिन नसक्नुमा कोभिडपछिको आर्थिक मन्दी मुख्य कारण हो। ‘चिनियाँ अर्थतन्त्र कमजोर भएकैले पाहुना घुम्न निस्कन नसकेको हाम्रो अनुमान हो। चिनियाँ पाहुनाको घुम्न जाने पुरानो ट्रेन्ड अहिले घटेको छ। नेपालमा मात्र नभई अन्य मुलुकमा पनि चिनियाँको उपस्थिति कोरोना अघिको जस्तो छैन,’ लामिछानेले भने, ‘चिनियाँहरु पहिलेजस्तो ठुलो आकारमा घुम्न निस्किएनन। त्यसको असर नेपालमा पनि राम्रैसँग परेको हो। नत्र पोखरासँग सिधा हवाई सञ्जाल बिस्तार हुँदा पनि सोचेको आकारमा चिनियाँको आगमन भएको छैन।’

पोखराले चिनियाँ बजारसँग अपेक्षा गरे अनुसार पाहुना भित्रिन नसकेको व्यावसायीको गुनासो छ। होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन, ‘कोरोनापछि चिनियाँको आगमन उकालो लाग्न सकेको थिएन। यो वर्ष पर्याप्त चिनियाँ पाहुना भित्रिने हाम्रो अपेक्षा हो। तर, त्यो अनुसार आएनन्। चिनियाँ पाहुना उकालो लाग्न नसक्दा पर्यटन क्षेत्र निराश छ।’ उनका अनुसार चिनियाँ पाहुना भित्रिन नसक्नुमा मुख्य कारण नेपालसम्मको महंगो हवाई भाडा हो। नेपालसम्म आउजाउको हवाई भाडाले चिनियाँ पर्यटक अन्य गन्तव्य घुमेर पनि फर्किन सक्ने अवस्था भएपछि चिनियाँ नेपाल आउन नचाहेको उनको भनाई छ।  

‘नेपालले आफ्नै वायुसेवा कम्पनिका जहाजबाट चिनियाँ बजारसम्म सस्तो प्याकेजमा उडान गर्न सकेको भए बल्ल चिनियाँ पाहुना भित्रिन्थे। विदेशी हवाई कम्पनिका भरमा पर्यटकको आश गर्नु उपयुक्त हुँदैन,’ उनले भने, ‘हाम्रो आफ्नो एयरलाइन्स नहुँदा चिनियाँ  बजारसम्म पहुँच पुगेन। त्यो नभएपछि पर्यटक भित्रिन सकेनन। नेपाल एयरलाइन्ले सस्तो प्याकेजमा पर्यटक ल्याउन सक्नेगरि उडान गर्ने हो भने पाहुना आउँछन।’ चीनले सन् २०२५ लाई नेपाल भ्रमण वर्ष भनेपनि त्यो अनुसार चिनियाँ पाहुनालाई ल्याउनका लागि कार्यक्रममा आकर्षण थप्न नसकेको उनले बताए। ‘पोखरा आएका चिनियाँको रोजाइमा प्याराग्लाइडिङ थियो। तर, त्यो पनि ओझेलमा छ। अब नयाँ गतिविधि गर्न सक्नुपर्छ, जसले पर्यटकलाई तान्न सकोस,’ उनले भने। 
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस