रौतहटको गढीमाई नगरपालिका–८ धोबिनिया गाउँमा सडक बनाउने विषयमा दुई पक्षबिच झडप भएर गोली चल्दा पाँच जना घाइते भएका छन्।
धोबिनिया गाउँमा स्थानीय रामइश्वर राय र राजकुमार यादव पक्षबिच सडक चौडिकरण गर्ने विषयमा विवाद हुँदा राजकुमार पक्षधरले ढुङ्गा मुढा गर्न थालेपछि राम इशवर राय यादव पक्षले गोली चलाएको थियो।
राम इशवर पक्षले चलाएको गोली लागेर राजकुमार राय यादव र निरज यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी वीरबहादुर बुढामगरले बताएका छन्।
टाउकोमा गोली लागेर गम्भीर घाइते भएका राजकुमारलाई गरुडामा सामान्य उपचार पश्चात् थप उपचारको लागि वीरगन्ज पठाइएको र निरजको खुटामा गोली लागेकोले गरुडामै उपचार भइरहेको एसपी बुढामगरले बताए।
झडपमा ढुङ्गा लागेर स्थानीय राम प्रताप यादव, कपिलदेव राय यादव सहित अन्य तिन जना घाइते भएका छन्। उनीहरूको गरुडा स्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले घटनामा संलग्न स्थानीय श्याम यादव, राम प्रताप यादव सहित ५ जनालाई नियन्त्रणमा लिएको छ भने एक थान १२ बोरको भरुवा बन्दुक समेत बरामद गरेको घटना स्थल पुगेका एसपी बुढामगरले बताए।