गर्भवती खोज्न गाउँ चाहार्दा ...
२८ पौष २०७३
•
१२ मिनेट पाठ
गर्भवती खोज्न गाउँ चाहार्दा ...
नुवाकोट चतुराले गाविसमा रहेको चतुराले स्वास्थ्य चौकीका प्रमुख जीवन भट्टराई महिलाको स्वास्थ्य परीक्षण गर्दै । तस्बिर: रासस
विष्णु नेपाल




चतुराले (नुवाकोट)- गर्भवती महिला सुत्केरी भएपछि आउने रगत, पिपलगायतका फोहरले भिजेका कपडा सफा गरिदिने पनि सरकारी स्वास्थ्यकर्मी होलान् ?

अनि उनीहरुलाई आफूले सुत्केरी गराएका स्थानको आफैँले सफा गर्ने कमैको मात्र बानि होला ! तर यहाँस्थित चतुराले स्वास्थ्य चौकीका प्रमुख सिनियर अहेब जीवन भट्टराई आफैले सुत्केरी गराएको स्थान र सुत्केरी महिलाले लगाएका लुगासमेत धोइ समाजलाई परिवर्तन गर्ने प्रयास गरेका छन्।

“मेरो पहिलो काम स्वास्थ्य चौकीमा सुरक्षित रुपमा प्रसूति सेवा (सुत्केरी गराउनु) प्रदान गर्नु हो । सुत्केरी गराउन गर्भवती महिलालाई यहाँ ल्याउने बेला हतारहतार हुँदो होला, कतिपयले फेर्ने कपडा समेत लिएर आउन भ्याएका हुँदैनन् । यस्तो अवस्थामा सुत्केरीका कपडा सफा गरिदिनुको अर्काे विकल्प रहेन ।” अहेब भट्टराईले भने ।

अर्काेतर्फ यस स्वास्थ्य चौकीमा सातजनाको दरबन्दी भए पनि उनीसहित एकजना कार्यालय सहयोगी मात्र कार्यरत छन् । “कतिपय त सुत्केरी गराउन ल्याउने सुत्केरी भएपछिका रगत, पिपलगायतका फोहरले भिजेका कपडा देखेर घिन मान्ने गर्दछन् । उनीहरुलाई सिकाउन म नै उदाहरण बन्ने गरेको छु । आफैँ लुगाधुन अघि सर्छु र धोइदिन्छु । आफ्नो स्वास्थ्य संस्था त सफा राख्न प¥यो ।” उनले भने।

अहेब भट्टराई चतुराले आएपछि हालसम्म लगभग एक हजार ३०० भन्दा बढी गर्भवती महिलालाई सुत्केरी गराउन सेवा प्रदान गरिसकेकामा अहिलेसम्म सुत्केरी आमा र नवजात शिशुको अकालमा मृत्यु नभएको बताए।

पाँचवर्षमा आठ प्रमुख फेरिए तर अहेब भट्टराई निरन्तर

विसं २०५१ देखि यस स्वास्थ्य संस्थाले स्थानीय जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेको हो । विसं २०५१ देखि २०५६ सम्मपाँच वर्षको अन्तरालमा आठजना हेल्थपोस्ट प्रमुख(इन्चार्ज) परिवर्तन भए तर अहेब भट्टराईले विसं २०५६ देखि निरन्तर रुपमा स्वास्थ्य चौकीको प्रमुखको रुपमा नेतृत्व दिइरहेका छन्।

गाविसमा क्रियााशील राजनीतिक संयन्त्रले पनि पटकपटक उनलाई अन्यत्र सरुवा नगर्न जिल्ला तथा केन्द्रीय तहमा आग्रह गर्दै आएको छ । उसो त सोही वर्ष यस स्वास्थ्य चौकी पक्की भवनमा सरेको थियो । “विस २०५६ को सुरुमै यहाँ आएको हुँ,  आएको केही महिनापछि नै गुन्द्री ओछ्याइ, सुत्केरी सेवाका सामग्रीबाट सुत्केरी सेवा दिन सुरु गरेको हुँ । तर सुरुका दिन त गर्भवती महिलालाई स्वास्थ्य संस्थामा ल्याउन र उनीहरुलाई खोज्न नै धौधौ प¥यो ।” उनले भने।

प्रमुख भटृराईले भने,“तपाईका घरमा गर्भवती महिला हुनुहुन्छ ? भनेर गाउँका पुरुषलाई सोध्यो चिकित्सक भएर स्वास्थ्य चौकीमा बसेर ट्याबलेट बाड्नु नि, किन चाहियो खोजीनिती भन्ने जवाफ दिए । तपाई त गर्भवती हुनुभएजस्तो छ, पेट बढेछ नि भनेर महिलाई सोध्दा खुलेर भन्न नचाहने तर हरेस खाइन् । भेटघाट हुनेसित गर्भवती भएपछि आउने जटिलता, यसबाट शिशुमा पर्नसक्ने असर, पोषणको महत्व, स्वास्थ्य संस्थामा नै सुत्केरी गराउँदा आमा र नवजात शिशुको स्वास्थ्यमा देखिने समस्याबारे जनचेतना जगाउनमै दिन बिताए । अरु सेवालाई भन्दा प्रजनन स्वास्थ्यलाई ध्यान दिएँ । प्रमुख समस्या र चुनौती पनि यही थियो ।”

पहिलो वर्थिङ सेन्टर

प्रजनन् उमेर, गर्भवती भएपछि कम्तीमा चारपटक स्वास्थ्य परीक्षण, दक्ष स्वास्थ्यकर्मीबाट नै सुत्केरी सेवा, नवजात शिशुलाई सङ्क्रमणबाट जोगाउने विषयमा गाउँमा ज्ञान र चेतनाको स्तर बढेपछि वर्थिङ सेन्टर स्थापनाको माग आयो ।

विसं २०६३ पछि सरकारले आमा सुरक्षा कार्यक्रमअन्तर्गत वर्थिङ सेन्टरको अवधारणालाई कार्यान्वयनमा ल्यायो । जिल्लास्तरमा त्रिशूली जिल्ला अस्पतालमा वर्थिङ सेन्टर स्थापना भयो । “त्यसपछि मैले आफ्नो स्वास्थ्य संस्थामा वर्थिङ सेन्टर राख्न आग्रह गरेँ, यस कार्यमा गाविसवासीले साथ र ऊर्जा दिए । विसं २०६४ मा स्वास्थ्य चौकीमध्ये पहिलो वर्थिङ सेन्टर यहाँ स्थापना भयो ।” अहेब भट्टराईले भने।

वर्थिङ सेन्टरको पहिलो सेवा लिनेमा चतुराले गाविस–८ कि चन्द्रा तामाङले भएकी थिइन् । उनीले विसं २०६४ भदौ १० गते वर्थिङ सेन्टरमा छोरीलाई जन्म दिइन् । “गर्भवती चन्द्रालाई सुत्केरी गराउन स्वास्थ्य चौकीमा ल्याउन ९ गते उनको घरमा गएको थिए ।” उनले भने।

“श्रीमान्, बाजे, बज्यैले मानिरहनु भएको थिएन, डाक्टर साहेब आफैँ घर आउनुभयो । उहाँले कस्तो छ ? भनेर सोधिरहनु हुन्थ्यो । घरमा बाजेले झाँक्रीलाई बोलाइसक्नुभएको थियो । डाक्टर साहेब आफैँ घर आएपछि हुन्छ भन्दिए । हिँडेरै गएँ ।” चन्द्रा तामाङले सुनाइन् ।

यस गाविसमा आमा सुरक्षा कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलालाई प्रोत्साहनबापत दिइने रु एक हजार लिने उनी पहिलो महिला समेत बनिन् ।

पहिलो प्रसूति गृह भवन

स्वास्थ्य चौकीमा प्रसूति सेवा लिन आउनेको सङ्ख्या वृद्धि भएपछि स्वास्थ्य मन्त्रालयले छुट्टै प्रसूति गृह भवनसमेत निर्माण गरिदिएको छ । जिल्ला अस्पतालपछि पहिलो प्रसूति गृह भवन हो ।

पक्की दुई कोठे सो भवनमा सुरक्षित प्रसूति सेवाका लागि आवश्यक उपकरण, शैया, सुत्केरीपछि बस्ने सुविधा समेत रहेको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्रमले प्रसूति सेवाका लागि आवश्यक उपकरण, शैयालगायत सुत्केरीपछि बस्नका लागि आवश्यक ३९ प्रकारका अत्यावश्यक सामग्री सहयोग हस्तान्तरण गरेको छ ।

जिल्लाका कार्यक्रम संयोजक शारदा खतिवडाले समग्र स्वास्थ्य सेवा विशेष गरी सुरक्षित प्रसूति सेवालाई थप सुदृढ बनाउन र संस्थागतरुपमा स्वास्थ्य चौकीकमा प्रसूति सेवा लिन आउनका लागि उत्प्रेरणा दिन कार्यक्रमले सहयोग गरेको जानकारी दिए।

पछिल्लो जनगणना अनुसार यस गाविसको जनसङ्या चार हजार ४०० छ, जनसङ्ख्याको अनुपातमा गर्भवती महिलाको सङ्ख्या ६० देखि ६५ हुनुपर्ने थियो तर ५२ गर्भवती महिलाले मात्र सेवा लिइरहेका अहेब भट्टराईले जानकारी दिए ।

आँटे पुग्छ

अहेब भट्टराईको काम गर्ने इच्छा र जागर देखेर यहाँका बासिन्दाले उहाँलाई अन्यत्र सरुवा भएर जान दिएका छैनन् । समाजसेवी ज्ञानबहादुर तामाङ भन्छन्, “उहाँको सेवा भावको लगाव अत्यन्तै अनुकरणीय छ, यसैले हामीले उहाँलाई यही बस्न प्रेरित गरिरहेका छौँ ।”

अहेब भट्टराईले पनि आफूलाई आवश्यक पर्ने भौतिक एवम् अन्य सामग्रीका लागि आफैँले स्रोत जुटाइरहेका छन्। उनको कार्यशैलीका कारण जिल्ला जनस्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटीको भूकम्प प्रतिरोध कार्यक्रम र सेभ दि चिल्ड्रेनबाट पनि आर्थिक एवम् प्राविधिक सहयोग प्राप्त भएको छ ।

अहेब भटृराईकै माग बमोजिम महिला स्वयम्सेविकालाई नवजात शिशु जन्मेपछि आमा स्वयम्ले शिशुको स्वास्थ्य परीक्षण गर्न पाइताला नाप्ने कार्ड उपयोग गर्न, नाभी मलमको प्रयोग गर्न सेभ दि चिल्ड्रेनबाट तालिम प्रदान गरिएको थियो । हाल यस गाविसमा २० महिला स्वयम्सेविकाले सो सेवा प्रदान गरिरहेका छन् । अहेब भट्टराईले आफूले नै पाउने सुविधाबाट महिला स्वयम्सेविकालाई स्वास्थ्य चौकीमा गर्भवती महिलालाई स्वास्थ्य परीक्षण गर्न ल्याएबापत् रु १०० दिने समेत गरिरेका छन्।

पहिलो पूर्ण खोप गाविस

अर्काेतर्फ नुवाकोट जिल्लामा चतुराले गाविसलाई पहिलो पूर्ण खोप गाविससमेत घोषणा गरेको र यसका लागि नेपाल रेडक्रस सोसाइटीको भूकम्प प्रतिकार्य कार्यक्रमले आर्थिक एवम् प्राविधि सहयोग उपलब्ध गराएको थियो । अहिलेपनि सोसाइटीका स्वयंसेवकहरु घरघरमा गइ प्रसूति शिक्षा र खोपको महत्वबारे जनचेतना जगाउँदै आएका छन् ।

हाल यस गाविसमा पाँच वर्षमुनिका २९३ बालबालिकाले खोप सेवा लिइरहेका छन् । “मेरो लक्ष्य भनेको शून्य होम डेलिभरी गाविस घोषणा गर्ने हो, यो कार्य छिट्टै पूरा हुँदैछ ।” रासस
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
६ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस