घुस मागेको अडियो सार्वजनिक भएपछि चौदण्डीगढी नगरपालिकामा तालाबन्दी
०३ वैशाख २०८०
•
३ मिनेट पाठ
घुस मागेको अडियो सार्वजनिक भएपछि चौदण्डीगढी नगरपालिकामा तालाबन्दी
चौदण्डीगढी नगर प्रशासकीय भवन।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई स्वास्थ्य मन्त्री बनाउने आश्वासन दिँदै २ करोड घुस मागेको पुष्टि भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले पद र पार्टी सदस्यताबाटै हात धुनु परिरहेकै बेला डेढ लाख घुस मागेको घट्नाले उदयपुरको चौदण्डीगढी नगपालिका चर्चामा छ।




नगर स्वास्थ्य शाखाले खोलेको अनमी भर्नाको आवेदकसँग डेढ लाख घुस मागेको विरोधमा आइतबार स्थानीयले नगरपालिकामा ताला लगाएका हुन्। कर्मचारी भर्नाको विज्ञापनमा घुस मागेको अडियो रेकर्ड सार्वजनिक भएपछि चौतर्फी आलोचना खेपिरहेको नगरपालिकामा आइतबार मध्यान्ह ताला लागेको हो। लगभग डेढ २ सय हाराहारी संख्यामा आएको स्थानीयको समूहले ताला लगाएको स्थानीय राजेन्द्र दुष्टले बताए।

प्रत्यक्षदर्शी अनुसार ताला लगाउन आउने समूहमा नेकपा (एमाले) बाहेक सबै राजनीतिक दलसँग आबद्ध स्थानीयहरु सहभागी थिए। नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (नसपा) मा आबद्ध नेता कार्यकर्ता तथा नागरिक अगुवाहरू बुद्धहाङ राई, टीकाराम श्रेष्ठलगायत ठूलो समूहले आएर ताला लगाएको हो। मेयरका स्वकीय सचिव देवप्रकाश राईले आवेदकको दाजुसँग सोझै घुस मागेको भन्दै स्थानीयहरुले नगरप्रमुख कालुमान तामाङ र प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईँको कार्यकक्षमा ताला लगाएका हुन्।

नगरपालिका आएका सेवाग्राहीलाई बाहिर निकालेर उनीहरूले ताला लगाएका थिए । तर, ताला लग्दा मेयर तामाङ र हाकिम गुरागाईँ भने कार्यकक्षमा थिएनन्। कार्यालयमा ताला लगाउने टोली नगरपालिका आउँदै गरेको सुईको पाएपछि उनीहरू अलगअलग भएर बसेको स्थानीयले बताएका छन्। ताला लगाएपछि स्थानीयहरुको समूह बेलटार बजारमा कोणसभामा परिणत भएको थियो। 

नगरवासीलाई सहज सेवा सुविधा दिने उद्देश्यले ‘गाउँ गाउँमा सिंहदरबार’ को नारा चरितार्थ गर्दै स्थापित सङ्घीयता र गणतन्त्रको धज्जी काढ्ने काम भएकाले साङ्केतिक विरोध स्वरूप ताला लगाइएको माओवादी चौदण्डीगढीका नेता दिनेश बायुङ राईले बताए।

जनप्रतिनिधिहरूले जनतालाई छिटोछरितो सेवा प्रवाह गर्नुका साथै पारदर्शिता, सुशासन र जनमैत्री काम गर्नुपर्नेमा मेयरकै स्वकीय सचिवले घुसको डिल गरेको घटना अत्यन्त दुःखद भएको भन्दै यस्तो प्रवृत्तिको अन्त्य गर्न माओवादी लागी पर्नेमा जोड दिए। उनले नगरपालिकाको घुस काण्डबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउँदै कानुनी कारबाही नभएसम्म ताला खोल्न नदिने बताए। दिन दाहाडै घुस मागेर ठाडो भ्रष्टाचारको नमुना प्रदर्शन गरेको भन्दै त्यस्ता जनप्रतिनिधिमाथि छानबिन गरी कारबाही गर्न अख्तियारले कदम चाल्नुपर्ने उनको माग छ।

०७९ वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट निर्वाचित मेयर तामाङ सुरुवाती चरणदेखि आलोचित हुँदै आएका छन्। यसअघि बिना वातावरणीय परीक्षण स्थानीय खोलामा उत्खनन गरेको पाएपछि विरोधमा उत्रिएका स्थानीय र पत्रकारमाथि ९ नं. वडाध्यक्षले कुटपिट गर्दा बचाउ गरेको तथा सुरुदेखि नै कर्मचारी भर्नामा एक्लौटी गर्दै आएको जन-गुनासो लगायत विभिन्न आरोप उनीमाथि लाग्दै आएको छ। मेयर तामाङमाथि हरेक कुरामा एमालेकरण गर्ने गरेको आरोप लाग्दै आएको छ। एकपछि अर्को गल्ती गर्दै लाने तर, सच्चिन नचाहने प्रवृत्तिविरुद्ध मेयर तामाङलाई सचेत गराउन ताला लगाउनु परेको जसपाका स्थानीय नेता गोपाल राईले बताए। यो साङ्केतिक विरोध मात्र भएको भन्दै राईले जनप्रतिनिधिहरू नसुध्रिए अर्को चरणमा सशक्त सङ्घर्ष गर्ने चेतावनी पनि दिए।

नगरपालिकामा लगाइएको ताला दिउँसो खुलेको थियो। प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले मध्यान्ह लगाएको ताला सुरक्षाकर्मीले केही घण्टापछि खोलेर कार्यालय सुचारु भएको बताए। सुरुमा ज्ञापन पत्र बुझाउने खबर आएकोमा निकै ठूलो समूह हुलहुज्जत गर्दै नगरपालिका प्रवेश गरेर आफ्नो र मेयरको कार्यकक्षमा ताला लगाएको उनले बताए।

तर, इलाका प्रहरी कार्यालय बेलटार र सशस्त्र प्रहरी बेसक्याम्प बेलटारको संयुक्त टोली आएर ताला फोडेर कार्यालय सुचारु गराएको गुरागाईँले बताए।
अर्को समाचार
शिवाई पुल भत्केको ठाउँमा अस्थायी संरचना बनाइने
२४ फागुन २०८०
•
४ मिनेट पाठ
शिवाई पुल भत्केको ठाउँमा अस्थायी संरचना बनाइने
भत्केको २ वर्षसम्म पुन: निर्माण या मर्मत भन्ने टुंगो नलाग्दा अलपत्र परेको शिवाई पुल। तस्बिर : महेश्वर
उदयपुरको चौदण्डीगढी नगरपालिका ५ शिवाईस्थित त्रियुगा नदीमा निर्माणाधीन पुल भत्किएको दुई वर्ष पुगेको छ। सम्पन्न हुनै लाग्दा बाढीका कारण भत्किएको पुलको मर्मत नभएपछि अस्थायी संरचना बनाउन लागिएको हो।




चौदण्डीगढीको बाक्लो बस्ती रहेको ५ नं वडाका शिवाई, बेल्हा र आसपासका ९ र १० वडाका हडिया र जोगीदहबासी आउजाउ गर्ने पुल अलपत्र परेका कारण नगरपालिकाले त्यहाँ अस्थायी संरचना बनाउन लागेको हो।

झन्डै डेढ दशकदेखि निर्माणाधीन पुल कछुवा गतिमा काम गर्दै सकिन लाग्दा ०७८ असारको बाढीले भत्काएको थियो। बाढीले एउटा फाउन्डेसन पिल्लर भत्काएपछि २ स्पान भाँचिएको १५ दिनपछि फेरि बाढीले अर्को पिल्लर पनि भत्काएर ३ स्पान भाँचिएको छ। तर पुल भत्केको यतिका दिन बितिसक्दा पनि पुल पुनर्निर्माण या मर्मत के गर्ने भन्ने टुंगो लागेको छैन।

३ वडाबासी स्थानीयलाई नगरपालिका केन्द्र बेलटार बजार आउजाउ गर्न सो नाका महत्वपूर्ण रहेको ठाउँमा ०६६ देखि १२ स्पानको पक्की पुल निर्माण थालिएको थियो, तर विभिन्न कारण देखाउँदै ढिला काम गरेको ठकेदारलाई चारतिरको दबाबपछि काम सुचारु गरेर सक्नै लाग्दा ०७८ असारमा बाढीले भत्काएको थियो।

भत्किएपछि पुलको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरी फर्केको भोलिपल्टै बाढीले अर्को पिल्लर पनि भत्कायो। अर्को प्राविधिक टोलीले पुल पुनर्निर्माण या मर्मत गर्ने भन्ने मन्त्रालयमा टुंग्याउन प्रतिवेदन बुझाए पनि अहिलेसम्म काम हुन नसक्दा आउँदो बर्खामा आउजाउमा ठूलो समस्या आउने छ।

वर्षौंदेखि पुलको आसपासमा रहेका स्थानीयलाई पुल बन्ने टुंगो नलागेपछि बर्खामा सहज बनाउन अस्थायी पुल निर्माण गर्ने तयारी गरेको नगर प्रमुख कालुमान लामाले बताए।

त्यसका लागि आवश्यक कदम चाल्न सबै पक्षसँग प्रारम्भिक छलफल थालेको बताउँदै उनले तत्काल पुल बन्ने नदेखिएकाले आवश्यकता टार्न अस्थायी संरचना बनाउन छलफल थालेको बताए। पूर्व मेयर खगेन्द्र राई, वडाध्यक्ष, स्थानीय राजनीतिक दल र नागरिक अगुवासँग छलफल गरेर अस्थायी पुल निर्माण गर्ने टुंगोमा पुग्न लागेको उनको भनाइ छ।  

छलफलमा सहभागीहरुको सुझावअनुसार अस्थायी पुल बनाएर आउँदो बर्खाको कहर टार्ने प्रतिबद्धता मेयर लामाले जनाएको बताइएको छ। पुल नहुँदा बर्खामा ५, ९ र १० नं वडावासी स्थानीय जोखिम मोलेर डुंगामार्फत नदी तर्नुपर्ने बाध्यतामा छन्। भत्केको पुलआसपासमै फलामे अस्थायी पुल बनाएरै भए पनि आउँदो बर्खाको कहर टार्न नगरपालिकाले प्राविधिक टोली खटाएर प्रक्रिया अघि बढाउने वाचा पनि मेयर लामाले दिएका छन्।

पुल हतपत बनिहाल्ने छेकछन्दै नदेखिएकाले तत्काल कामचलाउकै लागि पनि त्यहाँ अस्थायी संरचना बनाउनुपर्ने निष्कर्ष छलफलले निकालेअनुसार नगरपालिका अघि बढ्न लागेको हो। छलफलको निगकर्ष प्रदेश र संघीय सरकारलाई जानकारी गराउँदै भविष्यमा हुन सक्ने कानुनी अप्ठ्यारा सहज पार्न तत्काल शिवाई–बेल्हा जोड्ने अस्थायी संरचना निर्माण गर्ने निर्णय भएको छ।

मेयर लामाले संघीय सरकारले पुल बनाउन नसक्ने भनेर लिखित जानकारी स्थानीय सरकारलाई दिए नगरपालिको क्षमताले भ्याएसम्म आफैं बनाउने पनि बताएका छन्।

नगर प्रवक्ता तथा वडा नं ९ का वडाध्यक्ष प्रकाश राउत, वडाध्यक्ष तुलसीराम ढकाल, लुङ्गराज राई, नेपाली कांग्रेसका नगर सभापति राजेन्द्र पौडेल, नेकपा एमालेका कार्यवाहक नगर अध्यक्ष कृष्ण खत्री, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष दिनेश वायुङ्ग राई, रास्वपाका नगर सभापति रमेश विष्ट, राप्रपाका नगर अध्यक्ष रामकुमार खत्रीलगायतको उपस्थिति थियो।

छलफलमा नगर प्रमुख कालुमान लामाले नगरपालिकाले विभिन्न मन्त्रालयमा यसअघि पेस गरेका योजनाका बारेमा ब्रिफिङ गर्दै उक्त सबै योजना संघीय सरकारबाट प्राप्त गर्न सबैले साथ सहयोग दिन आग्रह गरेका थिए।

पहाडी जिल्ला खोटाङ र भोजपुरलाई उदयपुर हुँदै तराई जिल्लाका सहर बजारलाई प्रत्यक्ष जोड्ने उद्देश्यले निर्माणाधीन पुल निर्माण भएमा चौदण्डीगढीलाई मात्र नभएर सिंगो जिल्लाबासी लाभान्वित हुनेछन्। त्यहाँ पुल नबन्दा नगरपालिका केन्द्र आउजाउ गर्न तथा वर्षायाममा बिरामीलाई उपचारार्थ अस्पताल जान समस्या हुने गरको छ। खासगरी सर्पले डसेका बिरामीको समयमा उपचार गर्न नसक्दा ज्यान गुमाउनुपर्ने बाध्यता स्थानीयलाई छ।  

महालक्ष्मी–लोकप्रिय कन्स्ट्रक्सन जेभी काठमाडौंले लिएको ठेक्का समयमा काम नभएपछि चौतर्फी दबाबका कारण सकिन लागेको थियो। ३ सय ७ मिटर लामो र ५ मिटर चौडा पुल सकेर उद्घाटन मितिसमेत तोकिसकेको बेला भत्किएको हो। पुल भत्कनुमा माटो परीक्षणमा कमजोरी भएको तथा गुणस्तरीय काम नभएको निष्कर्ष प्राविधिकले निकालेको छ। पुल निर्माणस्थलको माटो परीक्षण बालाजुस्थित स्वाइल कन्सल्टेन्सी कम्पनी काठमाडौँले गरेको जनाइएको छ।

पुल निर्माणको रेखदेख गर्ने जिम्मा पाएको गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरका प्रमुख (डिई) सञ्जीवकुमार मिश्रले सकिनै लाग्दा बाढीले भत्काएर अलपत्र परेको पुल पूरा गर्न पटकपटक मन्त्रालयलाई आग्रह गर्दै आएको बताए। त्यहाँको वस्तुस्थितिअनुसार कार्यालयको तर्फबाट पुल छिटो बनाइसक्न विभाग र मन्त्रालयसँग आवश्यक बजेट माग गरिरहेको पनि डिई मिश्रले बताए।
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस