पछिल्लो ६ महिना वर्षा नभएको कारण यस वर्ष देशभरि वन तथा निकुञ्ज क्षेत्रभित्र डढेलोको घटना बढेको छ, जसको कारण काठमाडौं उपत्यका वायु प्रदुषणको हिशाबबाट विश्वमा सबैभन्दा बढी वायु प्रदुषित सहरहरूको सूचीमा पहिलो स्थानमा पुगेको छ।
वातावरणविद्हरू काठमाडौं प्रदूषित सहर हुनुमा काठमाडौ उपत्यकाका वरिपरि लागेको डढेलो नै प्रमुख कारण रहेको बताएका छन्। उनीहरूका अनुसार बारा, पर्सा, चितवनलगायतका जिल्लाबाट बागमती कोरिडोर हुँदै प्रदुषण काठमाडौं उपत्यका आइपुगको छ। तर उपत्यका भित्रिएका प्रदूषित हावा उपत्यकाबाहिर जान नसकिै उपत्यकामै थुप्रिएको छ।
वन तथा भूसंरक्षण विभाग वन व्यवस्थापन महाशाखाका अनुसार २०७८ चैतको तुलनामा २०७९ चैतमा झण्डै दोब्बर डढेलोको घटना बढेको छ। महाशाखाका अनुसार २०७८ चैतमा २ सय ६७ वटा डढेलाका घटना भएका थिए भने २०७९ चैतमा ५ सय ४० वटा डडेलोका घटना भएका छन्।
महाशाखाका अनुसार यही मंसिर १ गतेदेखि हालसम्म (वैशाख २ गतेसम्म) देशभरि १ हजार ७सय ५२ ठाउँमा डढेलोको लागेको छ। वैशाख २ गते २८ र वैशाख १ गते १सय १२ वटा डढेलो लागेको छ। वैशाख २ गते चितवन राष्ट्रिय निकुञ्जमा १, पर्सा राष्ट्रिय निकुञ्जमा १, बर्दिया राष्ट्रिय निकुञ्जमा ४, शुक्लफाँट राष्ट्रिय निकुञ्जमा २, उदयपुरमा ३, ओखलढुंगामा ३, खोटाङमा ३, डडेलधुरामा १, भोजपुरमा २, मकवानपुरमा १, मोरङमा १, सिन्धुलीमा २ वटा ठाउामा डढेलोको घटना भएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार वैशाख १ गते चितवन राष्ट्रिय निकुञ्जमा १७, पर्सा राष्ट्रिय निकुञजमा ९, बर्दिया राष्ट्रिय निकुञ्जमा ५, शुक्लफाट राष्ट्रिय निकुञ्जमा २ वटा डढेलोको घटना भएको छ। यसैगरी वैशाख १ गते प्युठान, पाल्पा, दाङ, अर्घाखाँची, डोटी सिन्धुली, डडेलधुरा, भोजपुर, गुल्मी, जाजरकोट, तनहुँ, नवलपुर, पर्सा, रूपन्देहीलगायतका २६ वटा जिल्लामा ७९ वटा डढेलाको घटना भएको महाशाखाले जनाएको छ।
वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक रवीन्द्र महर्जनले गत २०७९ असोजदेखि चैत महिनासम्म वर्षा नभएको कारण यस वर्ष पोहर सालको तुलनामा डढेलोको घटना बढेको बताए। ‘लामो समयसम्म वर्षा नहुँदा ज्वलनशील पात पतिंगर, सुखेका हाँगा, सतहमा जम्मा हुँदै जान्छन्। भूइँ घाँस पनि सुकेर सतहमै जम्मा हुन्छ,’महर्जनले भने, ‘वर्षा नहुँदा जमिन पनि सुख्खा हुन्छ, यस्तो अवस्थामा डढेलोको घटना बढ्ने गर्छ।’बाँसको घर्षण भइ पडकिँदा या चट्याङ लागेर पनि डढेलो हुन सक्ने उनको भनाइ छ। उनले भने, ‘तर धेरैजसो डढेलोको घटना भने मानव सिर्जित हुन्छ। बाटोमा हिँड्दा चुरोटको ठुटो फ्याँक्ने, तर कुनै ठाउँमा जानीजानी डढेलो लगाइदिने गरेको पनि पाइएको छ।’ डढेलोको घटनाबारेमा वन व्यवस्थापन महाशाखाअन्तर्गत भौगलिक सूचना प्रणाली तथा नक्सांकन शाखाले देशभरि विवरण संकलन गर्ने गरेको छ। महाशाखाले हरेक दिन डढेलोको विवरण संकलन गर्ने गरेको छ। विवरण आउने वित्तिकै उक्त सूचना प्रणालीले एसएमएस गरी सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा पु¥याउने गर्छ। डढेलोको घटना सुरु हुनुअघि नै वन तथा वातावरण मन्त्रालयले देशभरि रहेका ८४ वटा डिभिजन वन कार्यालयलाई परिपत्र गरी चैत १ गते देखि ७ गतेसम्म डढेलो नियन्त्रण सप्ताह मनाउन परिपत्र गरेको थियो। उपमहानिर्देशक महर्जनले डढेलोको घटना नियन्त्रण गर्न सचेतना सबैभन्दा प्रभावकारी उपाय भएको बताए। यसका लागि स्थानीय सरकार तथा उपभोक्ता समिति बढी जिम्मेवार हुनुपर्ने उनको भनाइ छ। महाशाखाका अनुसार डढेलो नियन्त्रण संघीय सरकारले बजेट छुट्टयाएको छैन। ‘तर पनि हामीले विवरण संकलन गर्ने, जिल्लालाई परिपत्र गर्ने, निर्देशन गर्ने, समन्वय गर्नेलगायतका कामहरू गरीरहेका छौं,’महर्जनले भने। पहिले नै खुख्खा पात पतिंगर जम्मा गरी नष्ट गर्ने हो भने डढेलाको घटना नियन्त्रण हुने उनको भनाइ छ।