सोमबार रत्नपार्कको शान्तिवाटिकामा प्रहरी र मिटर ब्याज पीडितबीच झडप भयो। मिटर ब्याज पीडितहरुको शान्तिवाटिका हुँदै भद्रकालीसम्म शान्तिपूर्ण धर्ना दिने पूर्वनिर्धारित कार्यक्रम थियो तर प्रहरीले मिटर ब्याज पीडितहरुलाई हिड्नै रोकेपछि झडप भएको थियो।
मिटर ब्याज तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष शिवशंकर महत्तो आफूहरुले गृह मन्त्रालयलाई शान्तिपुर्ण आन्दोलन गर्ने पहिले जानकारी गराएपनि प्रहरीले आन्दोलनस्थलबाट बाहिरै निस्कन नदिएको बताउँछन्।
उनले भने, ‘शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी गृह मन्त्रालयललाई पहिले नै गराएका थियौं। प्रहरीले आन्दोलनस्थलबाट बाहिर निस्कन नदिएपछि आक्रोश पोखेका हौं।,ʼ
उनका अनुसार प्रहरीको आक्रमणमा परि दुई जना मिटर ब्याज पीडितको हात भाचिएको छ भने एक दर्जन बढीको टाउकोमा चोट लागेको छ। त्यस्तै ३ दर्जन बढी मिटर ब्याज पीडितलाई गिरफ्तार गरेको पनि उनले बताए।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...