भक्तपुरको चाँगुनारायण नगरपालिका ९ ताथलीस्थित स्वेत भैरव फिक्स ईट्टा उधोगमा ईट्टा बनाउने मेसिनमा माटो मुछ्ने क्रममा खुट्टा मिक्सचर मेसिनमा पर्न गई दुवै खुटा काटिएका छन्।
रोल्पा नगरपालिका ६ घर भएको वर्ष २२ को विशाल परियारको दुबै खुट्टा उक्त मिक्सचर मेसिनमा परी दुवै खुटा घुडामुनि काटिएको (पेलिएको) प्रहरीले जनाएको छ।
घटनापछि घाइतेको उपचारको लागी बि एण्ड वि अस्पताल ललितपुर लगेको भक्तपुर प्रहरी परिसरले जनाएको छ। परिसरका एसपी प्रजित केसीले घाइते बोल्न सक्ने अबस्थामा रहेको जनाए। तर दुवै घुडामुनिको खुटा काटिएको (पेलिएको) उनले जनाए। घाइतेको उपचारमा साहु र आफन्त सलग्न रहेको जनाइएको छ।
घटनास्थल प्रभाग सुडालबाट प्रहरी वरिष्ठ नायब निरीक्षक सुरेश के.सी. को टोली खटिएको छ। घटनास्थल वृत जगाती बाट ५ कि.मि.उत्तर पूर्वमा पर्दछ।