रुकुम पश्चिमको आठबीसकोट ४ र जाजरकोटको तल्लो बगर जोड्ने भेरी नदीमा बन्दै गरेकाे निर्माणाधीन बेलिब्रिज भाँचिएको छ।
हिमशिखर खड्का कृष्ण जेभिले ३ करोड ८४ लाखमा ठेक्का लिएको पुल निर्माणाधीन अवस्थामै भाँचिएको हो। बेलिब्रिज भाँचिदा चार जनाको मृत्यु भएको छ। भने ७ जना घाइते भएका छन्।
घाइतेहरु मध्य तीन जनाको अवस्था गम्भीर रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। घाइते सबै अन्य जिल्लाबाट कामदारका रुपमा आएका जनाइएको छ।
प्रहरीका अनुसार घाइते हुनेहरू गोरख नाथ, संजय गौतम, सोनी चमार, गोपाल चमार, धर्मेन्द्र गौतम हर्जम चमार, मैकु बहादुर गौतम, प्रसान्त राजकुमार र राजकुमार हर्जम चमार रहेका छन्। क्रेन चालकको नाम भने खुलेको छैन।
उनीहरूलाई हेलिकप्टरबाट उपचारको लागि ल्याउने तयारी भएको रुकुम पश्चिमका प्रहरी प्रमुख नवराज भट्टराईले बताए।