अर्घाखाँची र गुल्मीमा तुवाँलोको मार, १७ सय हेक्टर बढी वनमा आगलागी
०७ वैशाख २०८०
•
३ मिनेट पाठ

अर्घाखाँची र गुल्मीको आकाशमा यती बेला धुवाँ नै धुवाँ छ। चर्को गर्मीसँगै यहाँको मौसम धमिलो छ। कुहिरो लागे झैँ जताततै धुम्म छ। मौसम सफा नै रहे पनि तुवाँलोले यहाँको वातावरण नै कुरूप देखिएको छ। कारण हो डढेलो र आगलागी।

अर्घाखाँची र गुल्मीका अधिकांश वन तथा जंगलहरुमा आगलागीका घटनाले हैरान पारेको छ। हिंउद सुरु भएसँगै पछिल्लो दुई सातादेखी अर्घाखाँची र गुल्मीका विभिन्न स्थानमा आगलागी हुँदा स्थानीयले सास्ती खेप्नु परेको छ। स्थानीय बासिन्दासँगै सुरक्षा निकायले समेत हैरानी व्यहोर्नु परेको हो।

अर्घाखाँची र गुल्मीका १ हजार ७ सय हेक्टर भन्दा बढी क्षेत्रफलमा आगलागी भइरहेको छ। अर्घाखाँचीको भुमिकास्थान नगरपालिका, पाणिनी गाउँपालिका, मालारानी गाउँपालिका र सन्धिखर्क नगरपालिकाका विभिन्न क्षेत्रमा भीषण आगलागी भयो। जिल्लामा रहेको एउटा दमकल र सुरक्षा निकायलाई बस्ती जोगाउन र आगलागी नियन्त्रण गर्ने हम्मे हम्मे पर्‍यो।

जिल्लाका सबै स्थानियतहमा आगलागी भए पनि केही क्षेत्रमा आगलागीको स्वरूप भयावह थियो। एक पटक होइन पटक–पटक, एक वर्ष होइन प्रत्येक वर्ष आगलागी नियन्त्रणका लागि सुरक्षा निकाय परिचालित हुनुपर्ने अवस्था छ। हरेक वर्ष आगलागीका घटनाले भौतिक तथा जनधनको क्षति व्यहोर्नु परेको छ।

बस्तीमा आगो लाग्ने, जनधनको क्षति हुने, पर्यावरणीय असर पुग्नुका साथै वातावरण सम्म धमिलो भएको छ।

जंगलमा लागेको आगो बस्तीमा आउन नदिन विभिन्न उपाय अपनाउनु पर्ने हुन्छ। दमकल जान सक्ने बाटोमा सदरमुकामबाट पठाइएको छ भने बाँकी ठाउँमा मानवीय प्रयासबाट नै आगो नियन्त्रण गर्नुपर्ने बाध्यात्मक अवस्था छ। डिभिजन बन कार्यालय अर्घाखाँचीका अनुसार जिल्लामा यो वर्ष मात्र ४२ ठाउँमा आगलागी भएको छ। यस वर्ष अर्घाखाँचीका १ हजार ६६ हेक्टर क्षेत्रफलमा आगलागी भएको सहायक बन अधिकृत मोतीराम पौडेलले जानकारी दिए।

आगलागीले चार ओटा घर तथा ३ वटा गोठ जलेर नष्ट भएका छन्। मानवीय क्षति नभए पनि भौतिक तथा जनधनको क्षति भएको छ। अत्यधिक गर्मी र तीव्र हावा चल्ने भएकाले सीमित श्रोत साधनले आगो नियन्त्रण गर्न सकस छ। जंगल क्षेत्र भएकाले अधिकांश क्षेत्रमा दमकल जाने बाटो छैन।

बन क्षेत्र नजिकका बासिन्दा आगो लाग्छ कि भन्ने डरले सुत्न सकेका छैनन्। नजिकको वनमा दिनहुँ डढेलो बढेसँगै बस्तीका बासिन्दा आगलागीको डरले राति सुत्न नसकेका हुन्।

‘कति बेला आगो आएर सखाप बनाउने हो भन्ने डरले रातभर निन्द्रा पर्दैन,‘भुमिकास्थान ९ का नारायण घिमिरेले भने, ‘घर नजिकै बन रहेकाले अत्यन्त जोखिम छ।’
अधिकांश बनमा सल्लोका रुखहरू भएकाले आगो छिटो टिप्ने डर हुन्छ। सल्लो प्रजातीका रुखहरू विस्थापन गरेर अन्य प्रजातीका बिरुवा रोप्नु पर्ने बताउँछन् पाणिनी ८ पालीका वडाध्यक्ष रोम बहादुर पाण्डे क्षेत्री। उनका अनुसार सल्लोले न जमिन पक्का गराउँछ, न धेरै उत्पादन नै दिन्छ। त्यसैले सल्लो विस्थापित गरेर अन्य आयआर्जन दिने बिरुवा रोप्नु पर्छ।

अहिले अर्घाखाँचीको ढिकुरा, पानडाँडा, किमडाँडा, जालकाँडा, कुर, पाली लगायतका क्षेत्रमा डढेलो लागेको छ। मानवीय लापरबाहीका कारण आगलागी भएको डिभिजन बन कार्यालयको निष्कर्ष छ। सबै प्राय मानिसकै चेतनाको कमीले आगलागी भएका छन्। जम्मा भएको फोहोरमा आगो लगाउँदा, चुरोट खाएर जथाभाबी फाल्दा र विभिन्न प्रलोभनमा परेर आगो लगाउँदा त्यसले भयावह रूप लिएको डिभिजन बन कार्यालयले जनाएको छ।

गुल्मीका अधिकांश क्षेत्रमा अहिले आगो फैलिरहेको छ। गुल्मीको ६ सय भन्दा धेरै हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ। डिभिजन वन कार्यालय गुल्मीका पंकज कुमार ठाकुरका अनुसार जिल्लाका ३९ वनमा डढेलो लागेको छ। गुल्मीको इस्मा, रेसुंगा क्षेत्र र अर्जुनडाँडा, मुसिकोट तथा धुर्कोटका विभिन्न क्षेत्र आगलागीको उच्च जोखिममा रहेका छन्।

इस्मा गाउँपालिकामा आगोले दुई घर र ३ गोठ जलेर नष्ट भएका छन्। आगलागीमा परेर गुल्मीमा पछिल्लो तीन महिनामा ३ जनाले ज्यान गुमाएका छन्।

कारण थाहा भए पनि आगो लगाउने मानिस पक्राउ परेको वा कारबाहीमा परेको भने छैन। आगलागी नियन्त्रणमा आएसँगै घटना सेलाउने गरेको बिगतले देखाएको छ। दोषी पत्ता लगाएर कारबाही गर्दा आगलागीका घटना कम हुने भए पनि आगो सेलाएसँगै घटना पनि सेलाउँदा बर्सेनि डढेलोका घटना बढिरहेका छन्।
अर्को समाचार
अर्घाखाँची र गुल्मीमा तुवाँलोको मार, १७ सय हेक्टर बढी बनमा आगलागी

डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ

२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ

‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस